स्वर्भानु
| स्वर्भानु | |
|---|---|
| आबद्ध | असुर, राहु र केतु |
| वासस्थान | पाताल |
| ग्रह | उत्तर र दक्षिण चन्द्र खण्ड |
| लिङ्ग | पुरुष |
| वंशावली | |
| अभिभावकहरू |
|
| सन्तानहरू | प्रभा (आयुसकी पत्नी र नहुषकी आमा) |
स्वर्भानु (संस्कृत: स्वर्भानु, शाअ 'तेजको चमक')[१] एक असुर हुन् जसलाई वैदिक पौराणिक कथाहरूमा परम्परागत रूपमा सूर्यग्रहण र चन्द्रग्रहणका लागि जिम्मेवार मानिन्छ। यो नाम पौराणिक कथाहरूमा असुर राहु र केतुको एक विशेषणको रूपमा पनि प्रयोग गरिन्छ,[१] जो सूर्य ग्रहण र चन्द्र ग्रहणसँग सम्बन्धित छन्।
स्वर्भानुका पिता विप्रचित्ति हुन्। उनी एक शक्तिशाली दानव राजा र कश्यप ऋषिका छोरा थिए। विप्रचित्ति दानवहरूका सेनापति पनि हुन् भने र उनलाई धेरै शक्तिशाली भएको मानिन्छ। उनकी माताको नाम सिंहिका हो। सिंहिका दक्ष प्रजापतिकी छोरी र कश्यप ऋषिकी पत्नी दितिको सन्तान थिइन् (केही स्थानमा उनलाई विप्रचित्तिकी पत्नी र हिरण्यकशिपुकी बहिनीको रूपमा पनि वर्णन गरिएको छ)।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]ऋग्वेदको पारिवारिक पुस्तकहरूमा स्वर्भानुलाई दुई पटक असुरको रूपमा वर्णन गरिएको छ।[२] स्वर्भानुले सूर्यमाथि प्रहार गरी सूर्यलाई अन्धकारले ढाकेको वर्णन गरिएको छ।[३] स्टेला क्राम्रिसले यो कार्यलाई स्वर्भानुलाई सूर्यभन्दा पनि महान् देवताको रूपमा चित्रण गरेको मान्दछन्।[१] ऋग्वेदमा अगाडि वर्णन गरिएअनुसार, त्यसपछि स्वर्गका राजा इन्द्रले स्वर्भानुलाई प्रहार गरेर ढाल्छन् र ऋषि अत्रिले लुकेको सूर्यलाई फेला पारी आकाशमा पुनः स्थापित गर्छन्।[२][४] स्वर्भानु पुनः यजुर्वेद र ब्राह्मण ग्रन्थहरूमा देखा पर्दछन्।[२] 'ब्राह्मण' ग्रन्थहरूका अनुसार, स्वर्भानुले आदित्य (सूर्य) लाई अन्धकारले छेडेका थिए, जसलाई देवताहरूले स्वर (उच्चारण) को माध्यमबाट मुक्त गराएका थिए।[५]
शुक्र का एक सहायकको रूपमा स्वर्भानु असुरहरूका गुरु पनि थिए। उनले छलकपटपूर्ण तरिकाले मोहिनीद्वारा अर्पण गरिएको अमृत पिए, जसका कारण तुरुन्तै शिरच्छेदन गरिए तापनि उनी दुई जीवको रूपमा अमर भए: उनको टाउको राहुको रूपमा र उनको शरीर केतुको रूपमा रहन पुग्यो।[६][७] हिन्दु ज्योतिष शास्त्रमा स्वर्भानुको विभाजित रूप राहु र केतु लाई छायाग्रह मानिन्छ। यिनीहरूको भौतिक अस्तित्व नभएतापनि यिनीहरूले मानव जीवन र पृथ्वीमा गहिरो प्रभाव पार्ने विश्वास गरिन्छ। पौराणिक कथाहरूमा स्वर्भानुको टाउको काटिनु र अमर हुनुको गहिरो दार्शनिक अर्थ पनि छ जसमा राहुले कहिल्यै तृप्त नहुने इच्छा, सांसारिक मोह र बुद्धिको प्रतिनिधित्व गर्दछ भने केतुले मोक्ष, वैराग्य र आध्यात्मिक ज्ञानको प्रतिनिधित्व गर्दछ।
महाभारतका अनुसार, सूर्यदेवलाई "स्वर्भानुको शत्रु" को रूपमा पनि वर्णन गरिएको छ।[८][९] स्वर्भानुले सूर्य र चन्द्रमा दुवैलाई वाणले प्रहार गर्ने गर्थे भनिन्छ र ती आकाशीय पिण्डहरूलाई ऋग्वेदमा जस्तै अत्रि ऋषिले पुनर्जीवित गर्दथे।[४]
हरिवंश पुराणका अनुसार,[१०] स्वर्भानुले कालनेमीलाई ब्रह्माण्डको यात्रा गराएका थिए। एक पुराणमा स्वर्भानुलाई देवी सिंहिका (बिरालो वा सानी सिंहिनी) को छोरोको रूपमा वर्णन गरिएको छ।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 Kramrisch, Stella; Burnier, Raymond (१९७६), The Hindu temple 2, Motilal Banarsidass Publ., पृ: 325–6, आइएसबिएन 978-81-208-0224-7।
- 1 2 3 Wash Edward Hale (१९८६), Ásura- in early Vedic religion, Motilal Banarsidass, पृ: 63–6, आइएसबिएन 978-81-208-0061-8।
- ↑ Mitchiner 1982, p. 258
- 1 2 Antonio Rigopoulos, Dattātreya: the immortal guru, yogin, and avatāra, पृ: 3–4।
- ↑ Jaiminīya Brāhmaṇa 2:386; Maitrāyaṇi Brāhmaṇa 4:5:2
- ↑ Chander 2000, p. 2
- ↑ B S Shylaja, H R Madhusudan (१९९९), Eclipse, Universities Press, पृ: 2, आइएसबिएन 978-81-7371-237-1।
- ↑ "Sambhava" parvan, Section LXVII अभिलेखिकरण २०१२-०३-०१ वेब्याक मेसिन
- ↑ Johannes Adrianus Bernardus van Buitenen (१९८१), The Mahabharata 2, University of Chicago Press, पृ: 242, 784, आइएसबिएन 978-0-226-84664-4।
- ↑ 1:47:52
- ↑ Kāla-Sarpa Yoga अभिलेखिकरण २०१५-१०-२१ वेब्याक मेसिन