हटबोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हटबोट
साइटको प्रकार
वेब खोजी इञ्जिन, ब्लग
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकहटबोट क्यानडा निगम
युआरएलwww.hotbot.com
अलेक्सा क्रमNegative increase ३,२६,२६७ (१४ मे २०१९ सम्मको)[१]

हटबोट एक निजी स्वामित्वको वेब खोज इञ्जिन तथा एक गोपनीयता ब्लग सेवा हो। 

इतिहास[सम्पादन गर्नुहोस्]

हटबोटलाई मे १९९६ मा हटवायर्डले खोज नतिजा प्रदान गर्नका लागि इङ्कटोमी डाटाबेसको उपकरणद्वारा सुरू गरेको थियो।[२] खोज इञ्जिनलाई इङ्कटोमी र क्यालिफोर्निया विश्वविद्यालयका विद्यार्थीहरूद्वारा चार महिनाको मेहनत पछि संयुक्त रूपमा विकसित गरेका थिए। हटबोटले बजारीकरणको एक "नयाँ सूत्र" रणनीति अपनाएको थियो जसले सम्पूर्ण वेब साप्ताहिक अनुक्रमणिकाको लागि दाबी गरेको थियो। यसले प्रायः अल्टाभिष्टा जस्ता प्रतिस्पर्धीहरूले भन्दा बढीले सो कार्य गरेको थियो।[३] यसको वेबसाइटमा सङ्ग्रहित ५४ मिलियन कागजातहरूको साथ यसले "अनलाइनको सबैभन्दा पूर्ण वेब अनुक्रमणिका" भएको दावी गरेको छ।[४] यसको रङ्गीत दृश्य तथा प्रभावशाली सुविधाहरूले गर्दा (उदाहरणका लागि कुनै प्रविष्ट शब्द, वा सम्पूर्ण वाक्यांशसँग खोजी गर्न सक्षम हुनु) यसले प्रयोगकर्ताहरूबाट प्रशंशा प्राप्त गरेको थियो भने यो अझ बढी लोकप्रिय बन्दै गएको थियो।[५]

यसको लागि नतीजा मूलत: लुकस्मार्ट र त्यसपछि सन् १९९९ को बीच देखि डिएमओजेटद्वारा प्रदान गरिएको थियो।[६] हटबोटले फेब्रुअरी १९९९ को अवधिमा प्रत्यक्ष प्रविधिहरूबाट खोज नतिजाको पनि प्रयोग गरेको थियो।[७] इङ्कटोमीको स्मार्टक्रोल प्रविधिले १ करोड वेब पृष्ठहरूलाई साप्ताहिक रूपमा खोजिएका शब्दहरूलाई भण्डारण गर्न अनुमति दिन्छ। उक्त प्रविधिलाई  मार्च १९९७ मा हटबोटमा समावेश गरिएको थियो।[८] हटबोट सन् १९९८ मा वेब ट्राफिकको आधारमा १९अौँ  सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो। [९]

लाइकोसले अक्टोबर १९९८ मा वायर्ड पत्रिकाको अधिग्रहणको एक भागको रूपमा हटबोटलाई अधिग्रहण गरेको थियो र यो लाइकोसको पहिला देखिनै अवस्थित खोज इञ्जिनको सहकार्यमा छुट्टै सञ्चालन गरिएको थियो। यस पछि , हटबोट सीमित विकास र गिर्दो बजार सेयरको साथ कमजोर बनेको थियो।[१०][११] हटबोट नियोप्लानेट ब्राउजर पनि जारी गरिएको थियो जसले हटबोट, वायर्ड र लाइकोसका सूत्रहरूलाई एकीकृत गरेको थियो। 

सन् २००२ को अन्त्यमा, हटबोटलाई बहु विकल्प खोजी उपकरणको रूपमा पुन: सुरुवात गरिएको थियो, जसले प्रयोगकर्ताहरूलाई फाष्ट, गुगल , इङ्कटोमी वा टियोमा डाटाबेसहरूमा खोजी गर्ने विकल्प प्रदान गरेको थियो।[१२]

मार्च २००४ मा, लाइकोसले एक नि: शुल्क उपकरण खोज उत्पादन, लाइकोस हटबोट डेस्कटपलाई परीक्षण संस्करणमा सार्वजनिक गरेको थियो जुन कम्पनीले बताए अनुरूपको "ब्राउजर भित्र वेब खोजीको साथ परम्परागत डेस्कटप खोजीलाई एकीकृत गर्ने पहिलो उत्पादन हो।[१३] हटबोट डेस्कटपले इङ्कटोमी, माइक्रोसफ्ट आउटलुक वा आउटलुक एक्सप्रेसको लागि इ-डाँक फोल्डर, र हार्ड ड्राइभमा भण्डार गरिएको प्रयोगकर्ताहरूको कागजातहरूको प्रयोग गरी इण्टरनेटमा खोजी गर्न सक्दछ। 

सन् २०११ देखि २०१६ सम्मको हटबोटको लोगो

जुलाई २०११ मा हटबोटलाई यन्त्रमानवको जस्तो नयाँ लोगो, र आधुनिक साइट बनावटका साथ पुन: सुरुवात गरिएको थियो।[१४]

परीक्षण संस्करणमा, हटबोट पोर्टलमा परिणत भयो र यसले वेब खोजी परिणामहरू मात्र प्रदर्शित नगरि समाचार, किनमेल र वेदर जम्बी जस्ता विभिन्न लाइकोसका वेबसाइटहरूबाट पनि खोज गरी नतिजाहरूको प्रदर्शन गर्दछ। पोर्टलको उक्त दृश्य करीव ६ महिनासम्म चलेको थियो, र यी सुविधाहरूको सट्टामा सन् २०१२ लाइकोसले आफ्नो वेबसाइटलाई पुन: सङ्गठित गरेको थियो जसले हटबोटलाई सरलीकृत खोज दृश्यमा फर्काएको थियो।

अक्टोबर २०१६ मा, लाइकोसले नाम नभएको खरीददारलाई हटबोट डटकम डोमेन नाम १५५,००० अमेरिकी डलरमा बेचेको थियो। पछि, हटबोट किनमेल, यात्रा र पैसा खोजी साइटमा रूपान्तरण हुँदै नयाँ लोगोको सार्वजनिक गरिएको थियो।

अप्रिल २०१८ मा, परम्परागत हटबोटको दृश्य र बनावटलाई पुनः फर्काइएको थियो र यो गोपनीयता-केन्द्रित खोज इञ्जिनमा परिणत भएको थियो।

मे २०१९ मा, हटबोटले साइटलाई एक खोज इन्जिनको सट्टा एक गोपनीयता ब्लगको रूपमा सृजना गरेको थियो। परिवर्तनलाई प्रतिबिम्बित गर्दै यसले नयाँ लोगो हटबोट ब्लगको सुरुवात गरेको थियो। सानो खोज इञ्जिन फारम पृष्ठको फेदमा फेला पार्न सकिन्छ, यद्यपि यो राम्रोसँग मर्मत गरिएको छैन।

जून २०१९ मा, हटबोटले कालो पृष्ठभूमिको साथ बिङद्वारा समर्थित, खोज इन्जिनको रूपमा साइटलाई पुनर्गठित गरिएको थियो। ब्लग खण्डमा सेतो पृष्ठभूमि भएको पुरानो विषयवस्तुहरू समावेश छन्। यो हाल हटबोट क्यानडा निगमको स्वामित्वमा रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हटबोट डटकम", अलेक्सा इण्टरनेट  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  2. "INKTOMI OFFERS PARALLEL PROCESSING-BASED NET SEARCH ENGINE", Computer Business Review (अङ्ग्रेजीमा), १९९६-०६-११, अन्तिम पहुँच २०१९-०२-१३ 
  3. Weise, Elizabeth, "New Search Tool Hits the Web", AP NEWS, अन्तिम पहुँच २०१९-०२-१३ 
  4. "Where Are They Now? Search Engines We've Known & Loved", Search Engine Watch (अङ्ग्रेजीमा), २००३-०३-०४, अन्तिम पहुँच २०१९-०२-१३ 
  5. Crum, Rex (१९९९-०३-२२), "Direct Hit gets searches on target with HotBot", American City Business Journals, अन्तिम पहुँच २०१९-०२-१३ 
  6. "Inktomi Powers Advanced Information Indexing", tech-insider.org, अन्तिम पहुँच २०१९-०२-१३ 
  7. Bump, Philip (२०१०-०३-२३), "Flashback From 1998: When Altavista, Lycos, And Blue Mountain Arts Ruled the Web", www.themarysue.com, अन्तिम पहुँच २०१९-०२-१३ 
  8. "Website Design, e-Commerce Websites and Content Managed Website Designs.", www.uk192.com, अन्तिम पहुँच २०१९-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२९ मिति
  9. "The HotBot Neoplanet Browser", web.archive.org, २०००-०२-२९, अन्तिम पहुँच २०१९-०२-१३ 
  10. "Search engine rankings on HotBot: a brief history of the HotBot search engine", www.websearchworkshop.co.uk, अन्तिम पहुँच २०१९-०२-१३ 
  11. "The return of HotBot", Geek.com (अङ्ग्रेजीमा), २००२-१२-१७, अन्तिम पहुँच २०१९-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-१४ मिति
  12. Quint, Barbara; Price, Gary (२००४-०३-२२), "Lycos HotBot Offers Free DeskTop Toolbar", newsbreaks.infotoday.com, अन्तिम पहुँच २०१९-०२-१३ 
  13. एलिमेन, एण्ड्र्यु (अक्टोबर ४, २०१६), "Lycos sells HotBot.com for $155,000", Domain Name Wire। 
  14. "हटबोट डटकमको निती र गोपनीयता", हटबोट डटकम, अन्तिम पहुँच २०१९-०६-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]