हम्पी
हम्पी
ಹಂಪೆ हम्पे | |
---|---|
शहर | |
विरूपाक्ष मन्दिर, हम्पी, कर्नाटक | |
देश | भारत |
राज्य | कर्नाटक |
जिल्ला | बेल्लारी |
संस्थापक | हरिहारा र बुक्कार्य |
उन्नतांश | ४६७ मिटर (१५३२ फिट) |
भाषाहरू | |
• आधिकारिक | कन्नड भाषा |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
नजिकको शहर | हस्पेट |
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सांस्कृतिक: (i)(iii)(iv) |
सन्दर्भ | २४१ |
सूचीकृत | १९८६ (१०औ सत्र) |
सङ्कटग्रस्त | १९९९–२००६ |
हम्पी (कन्नड: ಹಂಪೆ Hampe) एउटा गाउँ हो जुन भारतको कर्नाटक राज्यको उत्तरमा रहेको छ । हम्पी मध्यकालीन हिन्दू राज्य विजयनगर साम्राज्यको राजधानी थियो । तुङ्भद्रा नदीको तटमै स्थित यो नगर अब हम्पी (पम्पाबाट नामाकरण) नामले जानिन्छ र अब यहाँ मात्र जिर्ण अवशेष मात्र बाँकी रहेका छन् । यो अहिले पनि महत्त्वपूर्ण आस्थाको केन्द्र रहेको छ जस मध्ये सबैभन्दा महत्त्वपूर्ण विरूपाक्ष मन्दिर रहेको छ साथै यस प्राचीन शहरमा विभिन्न धरोहरहरू रहेका छन् । यिनलाई हेर्दा यस्तो लाग्छ की कुनै समयमा यहाँ एउटा समृद्धशाली सभ्यता निवास गर्दथ्यो । भारतको कर्नाटक राज्यमा स्थित यो नगरको जिर्ण धरोहरहरूलाई युनेस्कोद्वारा सन् २००६ मा विश्व सम्पदा क्षेत्र मा सामेल गरेको छ ।[१] प्रत्येक वर्ष यहाँ हजारौंको सङ्ख्यामा पर्यटक तथा तिर्थ यात्री आउने गर्छन । सन् २०१४ को एउटा तथ्याङ्क अनुसार कर्नाटक राज्यको एतिहासिक स्थानहरूमा हम्पी, इन्टरनेट खोज साइट गुगलमा सबैभन्दा बढी खोजिएको स्थानमा परेको थियो ।[२]
इतिहास[सम्पादन गर्नुहोस्]
दृश्यहरू[सम्पादन गर्नुहोस्]
हम्पी चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
-
अन्जनेयाद्री पहाडबाट देखिएको दृश्य
-
भूमिगत मन्दिरको छेउमा रहेको ट्यांक
-
या मन्दिर
-
घडी टावर
-
नर्सिम्हा भिग्रहा
-
जनाना
-
नन्दी साँढेको प्रतिमा
-
हम्पीमा रहेको तुङ्भद्रा नदी
-
हेमकुट पहाडमा रहेको गणेशा मन्दिर
-
हेमकुट पहाडमा रहेको गणेशा
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "Group of Monuments at Hampi", World Heritage, अन्तिम पहुँच २००६-१२-२०।
- ↑ "Hampi most searched historical place in Karnataka on Google", economictimes.indiatimes.com, अन्तिम पहुँच २०१४-०८-२६।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

