हरिप्रसाद 'गोर्खा' राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हरिप्रसाद 'गोर्खा' राई (सन् १९१४ - सन् २००५) भारतमा बसोबास भएका नेपाली भाषासेवी हुन्। उनी हरेक सन्दर्भमा नेपाल र नेपाली भाषाको कुरा उठाउँथे। ओखलढुंगाबाट बाजे पुस्तामा नागाल्यान्ड गएका हरिप्रसादले आफू गोर्खाली भएको चिनाउन 'गोर्खा'को जोडेका हुन्।

जीवनी[सम्पादन गर्ने]

राईको जन्म बाबु धनराज राई र आमा यशोदा राईका सुपुत्रका रूपमा कोहिमा, नागाल्याण्ड, भारतमा सन् १९१४ जुलाई १५ तारिखका दिन भएको हो। उनको निधन ९२ वर्षको उमेरमा सन् २००५ नोभेम्बर १४मा भएको थियो। सन् १९५९ आकाशवाणी गुहाटीबाट नेपाली सेवा सुरु गर्ने श्रेय गोर्खा राईलाई जान्छ।

कृतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचना सन् १९३३मा शारदामा प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः

  • बाबरी (कवितासंग्रह, वि.सं. २०३४)
  • यहाँ बदनाम हुन्छ (कथासंग्रह, वि.सं. २०३१)
  • मनचरीको बोली (कवितासंग्रह, वि.सं. २०३५)
  • हरिप्रसाद 'गोर्खा' राईका कथाहरू (कथासंग्रह)

उनीद्वारा सम्पादित, अनूदित र फुटकर कृतिहरूः

  • कल्याणी (अर्द्ध वार्षिक)
  • इन्द्रेनी (वार्षिक हस्तलिखित)
  • मुखपत्र (डिमापुर साहित्य-सभा)
  • कोहिमा साहित्य सभाको मुखपत्र
  • पशुपति (हस्तलिखित)
  • कोपिला (हस्तलिखित)
  • सरस्वती (हस्तलिखित)
  • वाणी (हस्तलिखित, सम्पादन)
  • विभिन्न पत्रपत्रिकाहरूमा कथा, कविता, लेख, निबन्ध आदि

पुरस्कार[सम्पादन गर्ने]

छ दशकभन्दा बढी समयदेखि अविच्छिन्न रूपले नेपाली भाषा र साहित्यको संवर्द्धनका निमित्त विभिन्न माध्यमबाट उल्लेखनीय सेवा प्रदान गरिरहेबापत उनलाई २०५२ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। त्यसबाहेक उनले पदकप्रसाद ढुंगाना स्मृति पुरस्कार, सिक्किमबाट सन् १९९५मा भाषिक मान्यता पुरस्कार पाएका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]