सामग्रीमा जानुहोस्

हरिहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिहर
हरिहरको चित्र, लगभग १८२५।
अन्य नामहरूशङ्करनारायण

हरिहर हिन्दु देवताहरू विष्णु (हरि) र शिव (हर) को संयुक्त स्वरूप हो। हरिहरलाई शङ्करनारायण ("शङ्कर" भन्नाले शिव र "नारायण" भन्नाले विष्णु) भनेर पनि चिनिन्छ।

हरिहर शब्द कहिलेकाहीँ विष्णु र शिवलाई एउटै परम् सत्य वा ब्रह्मको विभिन्न पक्षहरूको एकता बुझाउन दार्शनिक शब्दको रूपमा पनि प्रयोग गरिन्छ। विभिन्न देवताहरूको समानता र "सम्पूर्ण अस्तित्वको एकात्मकता" को यो अवधारणालाई अद्वैत वेदान्तका ग्रन्थहरू र हिन्दु दर्शनको वीरशैव जस्ता शैव शाखाहरूमा हरिहरको रूपमा चर्चा गरिएको छ।[]


आधा भाग विष्णु र आधा भाग शिवको भएका हरिहरका प्रारम्भिक मूर्तिहरू भारतका जीवित गुफा मन्दिरहरूमा फेला परेका थिए भने छैठौँ शताब्दीका बादामी गुफा मन्दिरहरूका गुफा १ र गुफा ३ मा यस्ता मूर्तिहरूलाई देख्न सकिन्छ।[][]

विष्णु (दायाँ, सुदर्शन चक्र समातेका) र शिव (बायाँ, त्रिशूल समातेका) हरिहरको रूपमा, यस स्वरूपलाई शिवकेशव र हर्यधामूर्ति पनि भनिन्छ।

हिन्दु धर्मभित्रको विविधताले विभिन्न प्रकारका विश्वास र परम्पराहरूलाई प्रोत्साहन दिन्छ जसमध्ये विष्णु र शिवसँग सम्बन्धित दुई महत्त्वपूर्ण र ठूला परम्पराहरू छन्। केही शाखाहरूले विष्णुलाई (रामकृष्ण जस्ता उनका अवतारहरू सहित) सर्वोच्च भगवानका रूपमा मान्छन् भने अन्यले शिवलाई (महादेव र पाशुपत जस्ता उनका विभिन्न अवतारहरू सहित) केन्द्रमा राख्छन्। पुराणहरू र विभिन्न हिन्दु परम्पराहरूले शिव र विष्णु दुवैलाई एउटै ब्रह्मका विभिन्न पक्षहरूको रूपमा व्यवहार गर्छन्। हरिहर यसै विचारको प्रतीकात्मक प्रतिनिधित्व हो। हिन्दु धर्ममा यस्तै प्रकारको अर्को अवधारणालाई अर्धनारीश्वर वा 'नरनारी' भनिन्छ, जसले पुरुष र स्त्री देवताहरूलाई एकै र समान प्रतिनिधित्वको रूपमा जोड्दछ।[]

कुन धर्मशास्त्र (र अनुवाद) उद्धृत गरिएको छ भन्ने आधारमा विभिन्न तर्कहरूलाई समर्थन गर्ने प्रमाणहरू उपलब्ध छन्। धेरैजसो अवस्थामा यदि एउटा व्यक्तित्वलाई अर्कोभन्दा उच्च मानिए तापनि दुवैका उपासकहरूद्वारा विष्णु र शिव दुवैलाई उत्तिकै सम्मान गरिन्छ (उदाहरणका लागि, शिवको मात्र पूजा गर्ने शैवहरूले पनि विष्णुलाई सामान्य जीवको स्तरभन्दा माथि र 'सर्वश्रेष्ठ पाशुपत' को रूपमा सम्मान गर्छन्)।[]

स्वामीनारायण सम्प्रदायले विष्णु र शिव एउटै भगवानका विभिन्न पक्ष हुन् भन्ने मान्यता राख्दछ[][][]

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]

हरिहरको सबैभन्दा प्रारम्भिक उल्लेख सम्भवतः हरिवंशको 'विष्णु पर्व'मा पाउन सकिन्छ जहाँ मार्कण्डेयले यस स्वरूपको बारेमा चर्चा गरेका छन्।[]

एउटा पौराणिक कथा अनुसार, जब विष्णु शिवको अगाडि मोहिनीको रूपमा प्रकट हुन्छन तब उनीप्रति मोहित भई शिवले अङ्गालो हाल्ने प्रयास गर्छन्। त्यही क्षणमा, मोहिनी पुनः विष्णुको वास्तविक स्वरूपमा फर्किन्छन् र त्यसै बेला दुवै देवताहरू मिलेर एकै स्वरूप 'हरिहर' बन्छन्।[१०]

स्कन्द पुराणका अनुसार, शिवका भक्तहरू र विष्णुका भक्तहरूबीच आफ्ना आराध्य देवको सर्वोच्चतालाई लिएर विवाद भएको थियो। यस विवादलाई समाधान गर्न शिव र विष्णु दुवै मिलेर एकै स्वरूप 'हरिहर' बनेका थिए।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. David Leeming (2001), A Dictionary of Asian Mythology, Oxford University Press, आइएसबिएन ९७८-०१९५१२०५३०, page 67
  2. Alice Boner (1990), Principles of Composition in Hindu Sculpture: Cave Temple Period, Motilal Banarsidass, आइएसबिएन ९७८-८१२०८०७०५१, pages 89-95, 115-124, 174-184
  3. TA Gopinatha Rao (1993), Elements of Hindu iconography, Vol 2, Motilal Banarsidass, आइएसबिएन ९७८-८१२०८०८७७५, pages 334-335
  4. Ellen Goldberg (2002), The Lord who is half woman: Ardhanārīśvara in Indian and feminist perspective, SUNY Press, आइएसबिएन ०-७९१४५३२५१, pages 1-4
  5. "A Śaiva Happy Ever After: Viṣṇu as Pāśupata Ascetic—Studies in the Skandapurāṇa X" from Skandapurāṇa v. 121.20
  6. अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन, जुन उनीहरूको धर्मशास्त्र शिक्षापत्रीको श्लोक ४७ र ८४ मा अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन उल्लेख छ। नारायणशिवको एकात्मकतालाई वेदहरूले दुवैलाई ब्रह्मरूप वा ब्रह्मको स्वरूप अर्थात् सगुण ब्रह्मन् भनेर वर्णन गरेका छन् जसले विष्णु र शिव एउटै भगवानका भिन्न रूपहरू हुन् भन्ने सङ्केत गर्दछ।"
  7. Swaminarayan Satsang – Scriptures अभिलेखिकरण १६ जुलाई २०११ वेब्याक मेसिन
  8. http://www.swaminarayansatsang.com/library/scriptures/scriptureexplanation.asp?IDProduct=762&idcategory=2=[स्थायी मृत कडी]
  9. Suresh, K. M. (१९९८), Sculptural Art of Hampi (अङ्ग्रेजीमा), Directorate of Archaeology and Museums, पृ: 68।
  10. Coulter, Charles Russell; Turner, Patricia (२०२१-१२-०६), Encyclopedia of Ancient Deities (अङ्ग्रेजीमा), McFarland, पृ: 204, आइएसबिएन 978-0-7864-9179-7
  11. www.wisdomlib.org (२०२१-०१-१९), "Greatness of Aśvattha Tree [Chapter 247]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-२९