हर्क बहादुर सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हर्क बहादुर सिंह

डोटी, क्षेत्र नं.१ बाट निर्वाचित ५१ वर्षीय हर्कबहादुर सिंह नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०३२ सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध रहेका सिंह २०४५ सालदेखि प्रत्यक्ष राजनीतिमा संलग्न हुनुहुन्छ। हाल एमाले डोटी जिल्ला कमिटी सचिव रहेका सिंह यस अघि जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो। राजनीतिमा लागे वापत उहाँ तीन पटक जेल परिसक्नुभएको छ। उहाँ २०५६ सालमा भएको संसदीय निर्वाचनमा पनि डोटी क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार हुनुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर सिंह २०३७ देखि २०५५ सालसम्म प्राध्यापनमा संलग्न हुनुहुन्थ्यो। यसै अवधिमा उहाँ डोटी क्याम्पसका क्याम्पस प्रमुख समेत रहिसक्नुभएको छ। समाजसेवा र खेलकुदमा विशेष रुचि भएका सिंह नेपाल रेडक्रस र नेपाल परिवार नियोजन संघमा पनि सक्रिय हुनुहुन्छ। उहाँका लेख रचना विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुदै आएका छन् र उहाँले मानव अधिकार सम्वन्धी थुप्रै कार्यपत्र तयार पार्नुभएको छ। जनताले खोजेको परिवर्तनको साथीका रूपमा लिएर आफूलाई संविधानसभामा विजयी बनाएको उहाँको आकलन छ। सभासद सिंहले संविधानसभामा राज्यको पुनः संरचना गर्दा सुदूर पश्चिमलाई राज्यका अन्य सुविधासम्पन्न क्षेत्र सरह भौतिक सुविधाले भरिपूर्ण हुने गरी व्यवस्थित गर्ने मुद्दा प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]