हलेसी तुवाचुङ नगरपालिका
हलेसी तुवाचुङ नगरपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°१०′N ८६°३५′E / 27.17°N 86.59°E | |
| देश | |
| प्रदेश | कोशी |
| जिल्ला | खोटाङ |
| सरकार | |
| • नगरप्रमुख | विमला राई (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | रमेशकुमार राउत (नेपाली काङ्ग्रेस) |
| क्षेत्रफल | |
| • जम्मा | २८०.१७ किमी२ (१०८.१७ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २७,०७८ |
| • घनत्व | ९७/किमी२ (२५०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०३६ |
| केन्द्र | साविकको दुर्छिम गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
हलेसी तुवाचुङ नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा रहेको खोटाङ जिल्लामा अवस्थित छ। नेपाललाई सङ्घीय स्वरूपमा लगेर पुनर्संरचना गर्ने उदेश्य अनुरुप स्थापना गरिएको कोशी प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा छ । यस प्रदेशमा समावेश १४ जिल्लाहरू मध्यको खोटाङ जिल्लाको पश्चिम भेगमा रहेका ११ गाउँ विकास समितिहरू समावेश गरिएका छन् । यसलाई नगरपालिका घोषणा गर्दा गाविस बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले तथा राजापानी समेटिएका हुन्। यस हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम गाउँ विकास समितिको कार्यालय रहेको ठाउँ छापडाँडालाई बनाइएको छ। यसको सीमाना पूर्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावा बेसी गाउँपालिका पश्चिममा ओखलढुङ्गा र उदयपुर जिल्ला उत्तरमा रावा बेसी गाउँपालिका र ओखलढुङ्गा जिल्ला तथा दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।[२][३]
नामाकरण
[सम्पादन गर्नुहोस्]हलेसी नेपालको एक प्रसिद्ध हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको तीर्थस्थल र संगमस्थलको नाम ‘हलेसी’ हो । जहाँ हलेसी महादेवको मन्दिर अवस्थित छ । अहिले यो नगरपालिकाको ७ नम्बर वडा मा पर्दछ । यस्तै नगरपालिका को १० नम्बर वडा अर्खौले मलाथुम्की डाँडाको शिरमा अवस्थित तुवाचुङ किराँत संस्कृतिको उद्गम स्थल वा आदिमभूमि मानिन्छ जसलाई तुवाचुङ जायजुम भनिन्छ। यीनै हलेसी र तुवाचुङ मिलाएर हलेसी तुवाचुङ नगरपालिकाको नामाकरण गरिएको हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कुल जनसङ्ख्या २७,०७८ रहेको छ भने यहाँ ६,०३५ घरधुरी रहेका छन्।[१]
| नयाँ वडा | समावेश साविकका गाविसहरू | जनसङ्ख्या | क्षेत्रफल (वर्ग कि.मी.) | जनघनत्व (व्यक्ति/वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | बाहुनीडाँडा | २,६६५ | २६.५८ | १००.२६ |
| २ | डिकुवा | २,९१० | ३४.४ | ८४.५९ |
| ३ | च्यास्मिटार | २,९५८ | २१.७१ | १३६.२५ |
| ४ | बडहरे | १,२९९ | १२.०१ | १०८.१६ |
| ५ | दुर्छिम | ३,३६९ | ३३.१६ | १०१.६० |
| ६ | मङ्गलटार | १,९७४ | ११.६ | १७०.१७ |
| ७ | महादेवस्थान | ३,०९२ | १४.८७ | २०७.९४ |
| ८ | धितुङ | २,१५० | ३२.२१ | ६६.७५ |
| ९ | सल्ले | १,१९५ | १६.०७ | ७४.३६ |
| १० | अर्खौले | २,७८३ | २४.४८ | ११३.६८ |
| ११ | राजापानी | २,६८३ | ५३.०७ | ५०.५६ |
| जम्मा | २७,०७८ | २८०.१६ | ९६.६५ | |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७। अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन