सामग्रीमा जानुहोस्

हलेसी तुवाचुङ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हलेसी तुवाचुङ नगरपालिका
हलेसी तुवाचुङ नगरपालिका मा पर्दछ कोशी प्रदेश
हलेसी तुवाचुङ नगरपालिका
नेपालको नक्सामा हलेसी तुवाचुङ नगरपालिका
हलेसी तुवाचुङ नगरपालिका मा पर्दछ नेपाल
हलेसी तुवाचुङ नगरपालिका
हलेसी तुवाचुङ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / 27.17°N 86.59°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी
जिल्लाखोटाङ
सरकार
  नगरप्रमुखविमला राई (नेपाली काङ्ग्रेस)
  उपप्रमुखरमेशकुमार राउत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२८०.१७ किमी (१०८.१७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२७,०७८
  घनत्व९७/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रसाविकको दुर्छिम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हलेसी तुवाचुङ नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा रहेको खोटाङ जिल्लामा अवस्थित छ। नेपाललाई सङ्घीय स्वरूपमा लगेर पुनर्संरचना गर्ने उदेश्य अनुरुप स्थापना गरिएको कोशी प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा छ । यस प्रदेशमा समावेश १४ जिल्लाहरू मध्यको खोटाङ जिल्लाको पश्चिम भेगमा रहेका ११ गाउँ विकास समितिहरू समावेश गरिएका छन् । यसलाई नगरपालिका घोषणा गर्दा गाविस बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले तथा राजापानी समेटिएका हुन्। यस हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम गाउँ विकास समितिको कार्यालय रहेको ठाउँ छापडाँडालाई बनाइएको छ। यसको सीमाना पूर्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकारावा बेसी गाउँपालिका पश्चिममा ओखलढुङ्गाउदयपुर जिल्ला उत्तरमा रावा बेसी गाउँपालिकाओखलढुङ्गा जिल्ला तथा दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।[][]

हलेसी नेपालको एक प्रसिद्ध हिन्दू, किरातबौद्ध धर्मावलम्बीको तीर्थस्थल र संगमस्थलको नाम ‘हलेसी’ हो । जहाँ हलेसी महादेवको मन्दिर अवस्थित छ । अहिले यो नगरपालिकाको ७ नम्बर वडा मा पर्दछ । यस्तै नगरपालिका को १० नम्बर वडा अर्खौले मलाथुम्की डाँडाको शिरमा अवस्थित तुवाचुङ किराँत संस्कृतिको उद्गम स्थल वा आदिमभूमि मानिन्छ जसलाई तुवाचुङ जायजुम भनिन्छ। यीनै हलेसी र तुवाचुङ मिलाएर हलेसी तुवाचुङ नगरपालिकाको नामाकरण गरिएको हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कुल जनसङ्ख्या २७,०७८ रहेको छ भने यहाँ ६,०३५ घरधुरी रहेका छन्।[]

हलेसी तुवाचुङ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बाहुनीडाँडा२,६६५२६.५८१००.२६
डिकुवा२,९१०३४.४८४.५९
च्यास्मिटार२,९५८२१.७११३६.२५
बडहरे१,२९९१२.०११०८.१६
दुर्छिम३,३६९३३.१६१०१.६०
मङ्गलटार१,९७४११.६१७०.१७
महादेवस्थान३,०९२१४.८७२०७.९४
धितुङ२,१५०३२.२१६६.७५
सल्ले१,१९५१६.०७७४.३६
१०अर्खौले२,७८३२४.४८११३.६८
११राजापानी२,६८३५३.०७५०.५६
जम्मा२७,०७८२८०.१६९६.६५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]