सामग्रीमा जानुहोस्

हल्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रुस ब्यानर
हल्क
एभेन्जर्स अएसेन्बल नामक टेलिभिजन धारावाहीकको एक प्रचारात्मक हल्कको चित्र
प्रकाशन जानकारी
प्रकाशकमार्भल कमिक्स
प्रथम उपस्थितिद इन्क्रिडेबल हल्क (कमिक्स पुस्तक) #१ (सन् १९६२ मे)
द्वारा सिर्जितस्टेन ली
ज्याक किर्बी
कथानक जानकारी
पूरा नाम
  • रोबर्ट ब्रुस ब्यानर[]
प्रजातिविशाल मानव []
सम्बद्ध टोलीहरूएभेन्जर्स
डिफेन्डर्स
हर्सम्यमन अफ आपोकलेप्स
फेन्टास्टिक फोर[]
प्यानथियोन
वारबाउन्ड
सिक्रेट एभेन्जर्र
सहकार्यसि-हल्क
उल्लेखनीय उपनामहरूद इन्क्रेडेबल हल्क, जो फिक्सइट, वर्ल्ड-ब्रेकर, राक्षस हल्क, जेड राक्षस,[] डक ग्रिन, गिल्ट हल्क, वार
क्षमताहरू
सूची हेर्नुहोस्
  • ब्रुस ब्यानरको रूपमा:
    • प्रतिभाशाली बौद्धिक क्षमता
    • दक्ष वैज्ञानिक र इन्जिनियर
    हल्कको रूपमा:
    • अतिमानवीय शक्ति भएको, द्रुतगतिमा दौडन सक्ने, अब्बल क्षमता भएको, अधिक प्रतिक्रियाशक्ति भएको, सहनशीलता, धैर्य र दीर्घायु
    • पराजित गर्न नसकिने
    • क्रोध सशक्तिकरण
    • पुनर्जन्म
    • धेरै माथिसम्म उफ्रन सक्ने
    • घात तरङ्ग पैदा गर्न सक्ने
    • ऊर्जा अवशोषण गर्न सक्ने
    • गामा किरण उत्सर्जन र नियन्त्रण
    • पानीभित्र सास फेर्न सक्ने, अन्तरिक्षमा सास फेर्न र भूत तथा अन्य अध्यात्मिक प्राणीहरू देख्न सक्ने क्षमता भएको


हल्क मार्भल कमिक्सद्वारा प्रकाशित अमेरिकी कमिक पुस्तकमा देखिने एक सुपरहिरो हो। लेखक स्ट्यान ली र कलाकार ज्याक किर्बीद्वारा सिर्जित यस पात्र पहिलोपटक 'द इन्क्रेडिबल हल्क' (मे १९६२) को पहिलो अङ्कमा देखा परेको थियो। हल्क बहुव्यक्तित्व विकार भएको काल्पनिक पात्र हो। हल्कलाई विशाल आकार, हरियो छाला भएको, हृष्टपुष्ट शारीरिक बनावट र अत्यधिक शारीरिक शक्ति भएको पात्रको रूपमा वर्णन गरिएको छ भने अर्कोतर्फ उसको वास्तविक परिचय वा अर्को नाम डा रोबर्ट ब्रुस बेनर हो, जो शारीरिक रूपमा कमजोर, सामाजिक रूपमा पिछडिएको र संयमित स्वभावको भौतिकशास्त्री हो। दुवैजनालाई एक-अर्काको अस्तित्वबारे अवगत रहन्छ। लेखक लिका अनुसार हल्कको सिर्जना फ्रेन्केन्स्टाइनको राक्षस र डाक्टर जेकिल र मिस्टर हाइडको संयोजनबाट प्रेरित भएको हो।[]

रिक जोन्सको ज्यान बचाउने क्रममा एउटा प्रयोगात्मक बमको विस्फोट हुँदा गामा किरणको आकस्मिक सम्पर्कमा आएपछि ब्यानर भावनात्मक तनावमा परेमा वा आफ्नो इच्छाविरुद्ध, शारीरिक रूपमा हल्कमा रुपान्तरित हुन्छन्। यो रूपान्तरण प्रायः विध्वङ्सकारी आतङ्क र सङ्घर्षतर्फ उन्मुख हुन्छ जसले ब्यानरको सामान्य जीवनलाई जटिल बनाउँदछ। हल्कको शक्ति स्तरलाई प्रायः उसको क्रोध स्तरसँगको अनुपातमा वर्णन गरिन्छ। सामान्यतया रिसाएको जनावरको रूपमा चित्रित गरिने हल्कलाई अन्य वैकल्पिक व्यक्तिगत रूपहरूसँग पनि प्रस्तुत गरिएको छ जसमा ग्याङस्टर (जो फिक्सिट), सम्मिलित व्यक्तित्व (मर्ज्ड हल्क), विनाशकारी शक्ति (वार), प्रतिभाशाली योद्धा (वर्ल्ड-ब्रेकर), आत्म-घृणित रक्षक (राक्षस हल्क), प्रतिभाशाली वैज्ञानिक (डक ग्रिन) र केही साना वैकल्पिक रूपहरू समावेश छन्।

हल्क लोकप्रिय संस्कृतिमा सबैभन्दा प्रतिष्ठित पात्रहरू मध्ये हो भने हल्क पात्रलाई विभिन्न प्रकारका कपडा र सङ्ग्रहणीय वस्तुमा देख्न पाइनुका साथै यसलाई विभिन्न सञ्चार माध्यमहरूमा प्रस्तुत गरिएको छ। ब्यानर र हल्कलाई एनिमेसन र भिडियो खेल अवतारहरूमा रूपान्तरण गरिएको पाइन्छ। यो पात्र पहिलोपटक सन् १९७८ को टेलिभिजन शृङ्खला द इन्क्रेडेबल हल्क र यसको पछिल्ला टेलिभिजन चलचित्रहरू द इनक्रेडिबल हल्क रिटर्न्स (सन् १९८८), द ट्रायल अफ द इन्क्रेडिबल हल्क (सन् १९८९) र द डेथ अफ द इन्क्रेडिबल हल्क (सन् १९९०) मा देखा परेको थियो। सन् २००३ मा सार्वजनिक गरिएको हल्क नामक चलचित्रमा एरिक बनाले यस पात्रको भूमिकामा अभिनय गरेका थिए। मार्भल सिनेम्याटिक युनिभर्स अन्तर्गत यस पात्रलाई पहिलोपटक एडवर्ड नर्टनको चलचित्र द इन्क्रेडिबल हल्क (२००८) मा चित्रित गरिएको थियो।

  1. मार्भल कमिक्समा, 'म्युटेट' शब्दलाई सङ्ज्ञा रूपमा प्रयोग गरिएको छ भने यी पात्रहरूले बाह्य स्रोतबाट अतिमानवीय शक्ति प्राप्त गरेका छन्

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Cronin, Brian (नोभेम्बर ३, २००५), "Comic Book Urban Legends Revealed #23", Comic Book Resources, मूलबाट अप्रिल २७, २०१५-मा सङ्ग्रहित। 
  2. Walt Simonson (w), Adams, Arthur (p), Art Thibert (i). "Big Trouble on Little Earth!" Fantastic Four 347 (December 1990)
  3. World War Hulk: Gamma Files #1
  4. DeFalco, Tom (२००३), The Hulk: The Incredible Guide, London, United Kingdom: Dorling Kindersley, पृ: २००, आइएसबिएन 978-0-7894-9260-9 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]