सामग्रीमा जानुहोस्

हाई डेफिनेसन टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिजोलुसनका विभिन्न ढाँचाहरूको तुलना, जसले रिजोलुसनमा वृद्धि हुँदै जाँदा छविमा देखिने स्पष्टतालाई देखाउँछ

हाई डेफिनेसन टेलिभिजन, एचडी टिभी वा उच्च विभेदन टेलिभिजन स्थलीय प्रसारण टेलिभिजन, तारद्वारा जडान गरिने टेलिभिजन र उपग्रह टेलिभिजन समावेश रहेको र अधिकांश प्रसारणहरूमा प्रयोग हुने एक मानक भिडियो ढाँचा हो। यसले यस्तो टेलिभिजन वा भिडियो प्रणालीलाई जनाउँछ जसले अघिल्लो पुस्ताका प्रविधिहरूको तुलनामा उल्लेखनीय रूपमा उच्च छवि स्पष्टता प्रदान गर्दछ। सन् १९३३ देखि प्रयोगमा आएको यस शब्दले हालको समयको स्ट्यान्डर्ड-डिफिनेसन टेलिभिजनपछि (एसडी टिभी) आउने पुस्तालाई जनाउँछ।[] हाई डेफिनेसन टेलिभिजन एक डिजिटल टेलिभिजन प्रसारण प्रणाली हो। यसको रिजोलुसन (छवि विभेदन) अन्य परम्परागत टेलिभिजन प्रणालीहरू जस्तै; मानक-विभेदन टेलिभिजन (एसडी टिभी) भन्दा उच्च गुणस्तरको र अधिक हुने गर्दछ। एचडीटिभीलाई डिजिटल रूपमा प्रसारण गर्न सकिने भएतापनि सुरुवाती अवस्थामा यसलाई एनालगद्वारा प्रसारित गरिन्थ्यो। हाई डेफिनेसनमा कमसेकम ७२० लाइनहरू हुनुका साथसाथै ७,७७,६०० पिक्सल वा यो भन्दापनि बढी २० लाख पिक्सल वा चित्रबिन्दु हुने गर्दछन्। १६:९ अनुपातको चौडाइ भएको स्क्रिनका लागि उपयुक्त हने एचडीटिभीमा प्रयोग हुने चित्रविन्दुद्वारा दर्शकहरूले सफा र स्पष्ट छवि तथा भिडियोहरू हेर्न सक्छन्।

एचडीटिभीका विभिन्न ढाँचाहरूमा उपलब्ध छ जसलाई तल दिइएको छ;

  • ७२० पि (१२८० × ७२०पि): ९,२१,६०० पिक्सेल
  • १०८०आई (१९२० × १०८०आई) १०,३६,८०० पिक्सेल (≈१.०४ एमपिएक्स)
  • १०८०पि (१९२० × १०८०पि) प्रोग्रेसिभ स्क्यान: २०,७३,६०० पिक्सेल (≈२.०७ एमपिएक्स)

जब प्रत्येक आकृतिलाई दुई मेगापिक्सेलमा प्रसारण गरिन्छ तब एचडीटिभीले एसडीको (मानक टेलिभिजन) भन्दा लगभग पाँच गुणा बढी पिक्सेल प्रदान गर्दछ भने वृद्धि गरिएको रिजोल्युसनले स्पष्ट र धेरै विवरणयुक्त चित्र निर्माण गर्दछ। यसको उच्च फ्रेम दरहरूले स्पष्ट छवि र छिटो गतिमा चित्रको राम्रो प्रस्तुतिलाई सुनिश्चित गर्दछ।[] सन् १९८९ मा जापानले हाई-भिजन एनालग प्रणाली अन्तर्गत आधुनिक एचडीटिभीको प्रसारण सुरु गरेको थियो।[] एचडीटिभी लाई सन् २००० को दशकको अन्त्यतिर विश्वव्यापी रूपमा अपनाइएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "BBC Television: Tests Through Ultra Short-Wave Transmitter", Evening Despatch (Birmingham): ९, १३ अक्टोबर १९३३ Newspapers.comद्वारा।
  2. Jones, Graham A. (२००५), A Broadcast Engineering Tutorial for Non-Engineers, Taylor & Francis, पृ: ३४, आइएसबिएन 9781136035210, अन्तिम पहुँच २ अगस्ट २०१७
  3. "The Evolution of TV – A Brief History of TV Technology in Japan", www.nhk.or.jp, मूलबाट २०१९-०८-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-२६ अभिलेखिकरण २०१९-०८-२५ वेब्याक मेसिन
  4. Smith, Kevin (३ अगस्ट २०१२), "10 Game-Changing Pieces of Tech From The 2000s", Business Insider, मूलबाट २७ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

इतिहास