हानेदा अन्तर्राष्ट्रिय विमानस्थल
हानेदा विमानस्थल (जापानी: 羽田空港), औपचारिक रूपमा टोकियो अन्तर्राष्ट्रिय विमानस्थल पनि भनिन्छ, जापानको सबैभन्दा व्यस्त र प्रमुख विमानस्थल हो। यो टोकियोको ओता क्षेत्रमा, टोकियो स्टेशनबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित छ र करिब १,५२२ हेक्टर (३,७६१ एकड) क्षेत्रफलमा फैलिएको छ।[१]

सन् १९३१ मा खुलिएको यो विमानस्थल १९७८ सम्म टोकियोको मुख्य अन्तर्राष्ट्रिय ढोका रहेको थियो। नारिता विमानस्थल खुलिएपछि हानेदाले मुख्यतः घरेलु उडानहरू व्यवस्थापन गर्दै आएको थियो। तर सन् २०१० मा नयाँ टर्मिनल र चौथो धावनमार्ग (D Runway) सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय सेवा फेरि सुरु गरियो।[२]
प्रारम्भिक इतिहास
[सम्पादन गर्नुहोस्]विमानस्थल निर्माणभन्दा अघि, हानेदा क्षेत्रको अनामोरी इनारी मन्दिर वरिपरि रहेका स्थानहरू स्थानीय तथा बाह्य यात्रुहरूका लागि महत्वपूर्ण पर्यटनस्थलका रूपमा चिनिन्थ्यो। त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक वातावरणले धेरै मानिसलाई आकर्षित गर्थ्यो, जसले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको थियो। सन् १९३१ अगस्ट १५ मा यहाँ करिब ३०० मिटर लामो धावनमार्गसहित प्रारम्भिक विमानस्थल निर्माण गरियो, जसले जापानको हवाई यातायातको विकासमा नयाँ अध्याय शुरु गर्यो। तर सन् १९५८ मा अमेरिकाले प्रशासनिक नियन्त्रणमा राख्यो तर केहि समय पछि सम्पूर्ण क्षेत्र जापानलाई फिर्ता गरिएको थियो। त्सपछि यहाँ पुनः विकास तथा विस्तारका कामहरू तीव्र रूपमा अघि बढेको थियो।[३]
विकास र आधुनिकीकरण
[सम्पादन गर्नुहोस्]जापान एयरलाइन्सले १९५१ मा यो विमानस्थलबाट घरेलु सेवा सुरु गरेको थियो। १९५५ मा पहिलो टर्मिनल र १९६३ मा अन्तर्राष्ट्रिय विस्तार पूरा भयो र १९६४ को ओलम्पिकका अवसरमा टोकियो मोनोरेल सञ्चालनमा आयो। १९७८ पछि नारिताले अन्तर्राष्ट्रिय सेवा दिएको हुदा, यो घरेलु कन्द्र बन्यो। त्यसपछि टोकीयो बे मा नयाँ भूमि बनाई धावनमार्गहरू (१९८८, १९९७, २०००) र टर्मिनलहरू (१९९३, २००४) बनाइएको थियो।
२००० दशकमा सियोल र शाङ्घाइ बीच “सहरदेखि सहर” उडान सेवा सुरु भयो। २०१० मा अन्तर्राष्ट्रिय टर्मिनल र चौथो धावनमार्ग पूरा भएपछि वार्षिक ६० हजार अन्तर्राष्ट्रिय उडान क्षमता पुगेको छ।
जापान सरकारले हानेदालाई “व्यवसायिक रुटको केन्द्र” र नारितालाई “मनोरञ्जन र सस्तो उडान केन्द्र” रूपमा विकास गरिरेको छ।[४]
हालको स्थिति
[सम्पादन गर्नुहोस्]स्काइट्राक्सका अनुसार सन् २०२० मा यो सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल पछि विश्वको दोस्रो र जापानको सर्वोत्तम घरेलु विमानस्थल रहेको थियो।[५]
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "stats"।
- ↑ "Haneda Airport Facts", dobohaku.com, अगस्ट २०१६, अन्तिम पहुँच अक्टोबर १७, २०२३।
- ↑ "Tokyo Haneda's new runway and terminal welcome more international services; almost 50 domestic routes served", anna.aero airline route news & analysis, २० अक्टोबर २०१०, मूलबाट ७ नोभेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०१०।
- ↑ Liu, Jim, "Skymark Airlines adds Shimojishima service from late-Oct 2020", Routesonline, मूलबाट २० अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २०२०।
- ↑ "Most On-Time Airlines and Airports of 2022 Unveiled by Cirium", Cirium (en-USमा), अन्तिम पहुँच २०२३-०२-२३।