सामग्रीमा जानुहोस्

हिट पम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिट पम्पको बाहिरी हिट एक्सचेन्जर
"मित्सुबिशी इलेक्ट्रिक" हिट पम्पको भित्री उपकरण

हिट पम्प भनेको उर्जाको उपयोग गरी एक ठाउँबाट अर्को ठाउँमा ताप स्थानान्तरण गर्ने उपकरण हो। सामान्यतया यान्त्रिक ऊर्जाको प्रयोग गरिन्छ, यद्यपि एब्जर्प्सन हिट पम्पमा तापीय ऊर्जा प्रयोग हुन्छ। यान्त्रिक हिट पम्पलाई कलेन इन्जिनको रूपमा पनि चिनिन्छ र यसमा ताप स्थानान्तरण गर्न कम्प्रेसनद्वारा विद्युतीय शक्ति प्रयोग हुन्छ। विशेष गरी, यसले हिट पम्प तथा रेफ्रिजेरेसन चक्रको माध्यमबाट तापीय ऊर्जा स्थानान्तरण गर्दछ, एउटा ठाउँलाई चिसो र अर्को स्थानलाई न्यानो बनाउँछ।[] जाडोमा, हिट पम्पले घरलाई न्यानो बनाउन बाहिरको चिसो ठाउँबाट भित्रतर्फ ताप सार्छ; गर्मीमा, यसले तापलाई घरबाट बाहिरको तातो स्थानमा स्थानान्तरण गर्छ। यसले ताप उत्पन्न गर्नुको सट्टा स्थानान्तरण गर्ने भएकोले, ग्यास बोइलरबाट तताउनु भन्दा हिट पम्पको प्रयोग बढी ऊर्जाको हिसाब-कुशल हुन्छ। []

१७४८
विलियम कलेनद्वारा कृत्रिम रेफ्रिजेरेसनको प्रदर्शन गरियो।[]
१८३४
जेकब पर्किन्सद्वारा डाइमिथाइल इथरको प्रयोग गरी व्यवहारिक रेफ्रिजेरेटरको डिजाइनको पेटेन्ट गरियो।[]

इन्टरनेसनल इनर्जी एजेन्सीको २०२१ को अनुमान अनुसार, भवनहरूमा जडान गरिएका हिट पम्पको कुल क्षमता १००० गिगावाट भन्दा धेरै छ। [] यसको उपयोग हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ (एचभिएसी) र घरेलु तातो पानीको लागि र टम्बल लुगा सुकाउन प्रयोग गर्न सकिन्छ।[]

कोठा तताउने तथा चिसाउने

[सम्पादन गर्नुहोस्]

पानी तताउने

[सम्पादन गर्नुहोस्]

पानी तताउने उपयोगितामा, हिट पम्पको प्रयोग पौडी पोखरी, घर वा उद्योगमा पानी तताउन प्रयोग गरिन्छ। प्रायः बाहिरी हावाबाट ताप निकालिन्छ र भित्री पानी ट्याङ्कीमा स्थानान्तरण गरिन्छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Heat Pump Systems", Energy.gov, अन्तिम पहुँच २०२४-०३-२६ 
  2. "Gas boiler vs heat pump: which is right for you? - British Gas", britishgas.co.uk, अन्तिम पहुँच २०२५-०१-१८ 
  3. "The often forgotten Scottish inventor whose innovation changed the world", The National, २०२२-०४-१०, अन्तिम पहुँच २०२४-०२-२१ 
  4. Bathe, Greville; Bathe, Dorothy (१९४३), Jacob Perkins, his inventions, his times, & his contemporaries, The Historical Society of Pennsylvania, पृ: १४९। 
  5. "Technology Report: The Future of Heat Pumps", इन्टरनेसनल इनर्जी एजेन्सी, नोभेम्बर २०२२, मूलबाट २०२३-०१-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०६  License: CC BY 4.0.
  6. "Heat Pump Systems", यु एस डिपार्टमेन्ट अफ इनर्जी, मूलबाट २०१७-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०५ 
  7. "How it Works — Heat Pump Water Heaters (HPWHs)", energystar.gov, अन्तिम पहुँच २०२४-०१-२२ 
  8. "Heat-pump hot water systems", Sustainability Victoria, अन्तिम पहुँच २०२४-०१-२२