सामग्रीमा जानुहोस्

हिनाता ह्युगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिनाताबाट अनुप्रेषित)
हिनाता ह्युगा
नारुतो पात्र
एक काल्पनिक किशोरी निन्जा
भाग १ (दायाँ), भाग २ (बीचमा) मा हिनाता ह्युगाको डिजाइन, र युवा वयस्क (बायाँ), द लास्ट: नारुतो द मुभी मा चित्रण गरिएको।
पहिलो उपस्थिति'नारुतो अध्याय ३४: (सन् २०००)
रचनाकारमासासी किसिमोतो
आवाज
निन्जा टोलीटोली ८/कुरेनाई युही

हिनाता ह्युगा (जापानी: 日向 ヒナタ) मासासी किसिमोतोद्वारा निर्मित एनिमेमङ्गा नारुतोमा रहेको एक काल्पनिक पात्र हुन्। हिनाता एक सुन्दरी कुनोइची र काल्पनिक गाउँ कोनोहाकी ह्युगा कुलकी पूर्व उत्तराधिकारी हुन्। उनी कुरेनाई टोलीको सदस्य पनि हुन्, जसमा उनी, किबा इनुजुका र उनको निन्जा कुकुर - अकामारु, सिनो अबुरामे र टोली नेता कुरेनाई युही समावेश छन्। शृङ्खलाको सुरुमा, हिनातालाई मुख्य नायक - नारुतो उजुमाकी प्रति गहिरो प्रशंसा छ, जुन कथा अगाडि बढ्दै जाँदा अन्ततः वास्तविक प्रेममा परिणत हुन्छ। हिनाता शृङ्खलाका चलचित्रहरूमा धेरै पटक देखा परेकी छिन्, विशेष गरी द लास्ट: नारुतो द मुभी (सन् २०१४), जुन नारुतोसँगको उनको सम्बन्धको वरिपरि घुम्छ। उनी यससँग सम्बन्धित अन्य मिडियामा पनि उपस्थित छिन्, जसमा भिडियो गेमह, मौलिक भिडियो एनिमेसन, र मङ्गा र एनिमे उत्तरकथा बोरुतो: नारुतो नेक्स्ट जेनेरेसन्स (सन् २०१६) समावेश छन्, जसमा उनी नारुतोका तीन बच्चाहरूकी आमा बनेकी छिन् र अहिले उनको नाम हिनाता उजुमाकी राखिएको छ।[]


शृङ्खलाको निर्माणको क्रममा, किसिमोतोले हिनाताले उनीसँग (नारुतोसँग) विवाह गर्ने निर्णय गरिसकेका थिए; यद्यपि, उनीहरूको प्रेम सम्बन्धको कथा पटकथा लेखक मारुओ क्योकुजाद्वारा तयार पारिएको थियो। पात्रको वृद्धिलाई सुहाउँदो बनाउन किसिमोतोले फ्रेन्चाइजको कथाभरि हिनाताको डिजाइनमा परिमार्जन गर्दै आएका छन्। उनलाई मूल एनिमेटेड शृङ्खलामा नाना मिजुकीले र अङ्ग्रेजी रूपान्तरणमा स्टेफनी से ले स्वर दिएका छन्। यस पात्रको बारेमा समालोचकहरूको प्रतिक्रिया प्रायः सकारात्मक रहेको छ, विशेष गरी शृङ्खलामा उनको भूमिका र द लास्ट चलचित्रमा उनको ठूलो भूमिकाका कारण—नारुतोसँगको उनको संवाद र चलचित्रको खलनायकसँगको द्वन्द्वमा उनको संलग्नताको प्रशंसा गरिएको छ। हिनाता नारुतो का पाठकहरूमाझ पनि निकै लोकप्रिय छिन् र केही सर्वेक्षणहरूमा उनले उच्च स्थान हासिल गरेकी छिन्। हिनातामा आधारित व्यापारिक सामग्रीहरू पनि सार्वजनिक गरिएका छन्।

सिर्जना र अवधारणा

[सम्पादन गर्नुहोस्]
एक काल्पनिक किशोरी निन्जाको चित्रण गर्ने तस्वीर
भाग १ मा हिनाता ह्युगाको डिजाइन
हिनाताको बायकुगान

हिनाता ह्युगाको सिर्जना गर्दा, मासासी किसिमोतोले सुरुमा एउटा खेस्रा तयार पारेका थिए जुन उनले आफ्ना एक सहायकलाई देखाएका थिए। यस स्केचमा हिनाता निन्जा थिइनन् र उनले फेसनदार पहिरन लगाएकी थिइन्। किसिमोतोले हिनाताको फरक व्यक्तित्व होस् भन्ने चाहना राख्दै रमाइलोका लागि यो डिजाइन बनाएको बताएका थिए। यद्यपि, अन्तिम डिजाइनमा व्यापक परिवर्तन गरिएको थियो, जसमा हिनाता एकैसाथ निन्जा र आधुनिक केटी दुवैको रूपमा देखा परेकी थिइन्।[]

सन् २०१७ को एक अन्तर्वार्तामा, किशिमोतोले नारुतो उजुमाकी र हिनाताको विवाह हुने कुरा मङ्गाको सुरुवाती चरणमै तय गरिसकेको बताएका थिए। हिनाताले सुरुदेखि नै नारुतोलाई समर्थन गर्दै आएकी कारण उनीहरूको सम्बन्ध विस्तार हुने भनेर लेखिएको थियो। यद्यपि, यस कुराले किसिमोतोकी श्रीमतीलाई भने रिस उठाएको थियो, किनभने उनी नारुतोको जोडी साकुरा हारुनोसँग बनोस् भन्ने चाहन्थिन्।[][][] हिनाताको लोकप्रियता बढ्दै गएपछि, किसिमोतोले अन्तिम अध्यायहरूमा उनलाई ठूलो भूमिका दिने निर्णय गरेका थिए।[] यसैको परिणाम स्वरूप, उनले हिनाताका दाजु नेजी ह्युगालाई मार्ने अवधारणा बनाएका थिए र फलस्वरुप नेजीले मर्ने बेलामा नारुतोको रक्षा गर्ने र हिनाताले नारुतोलाई भावनात्मक सहारा दिन दिने अवधारणा बनाइएको थियो। []

चलचित्र द लास्ट: नारुतो द मुभी (सन् २०१४) मा, हिनाताले नारुतोका लागि रातो स्कार्फ बुन्छिन्। यो किसिमोतोकी श्रीमतीले वास्तविक जीवनमा उनका लागि स्कार्फ बुनेको घटनामा आधारित थियो।[] पटकथा लेखक मारुओ क्योकुजाले यस चलचित्रमा नारुतो, हिनाता र तोनेरी ओत्सुत्सुकी बीचको त्रिकोणात्मक प्रेम कथा देखाउन चाहेका थिए। यस चलचित्रमा हिनाताले आफ्नी बहिनी हानाबी ह्युगालाई बचाउनका लागि नारुतोप्रतिको आफ्नो भावनालाई थाती राखेर तोनेरीको प्रस्ताव स्वीकार गरेको देखाइएको छ।

शृङ्खलाको भाग २ का लागि, हिनातालाई सुन्दर तर शृङ्गार भन्दा लडाइँमा बढी ध्यान दिने महिलाको रूपमा डिजाइन गरिएको थियो। वयस्क भएपछि उनको उपस्थितिमा परिवर्तन गरिएको थियो। किसिमोतोलाई हिनाताको अनुहार सुन्दर र नारीसुलभ बनाउन गाह्रो भएको थियो, त्यसैले उनले यो कामको मुख्य जिम्मेवारी तात्सुया निसियोलाई दिएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Kishimoto, Masashi (२०१५), Naruto-ナルト- 秘伝・在の書 オフィシャルムービーBook, Shueisha, पृ: ३१। 
  2. Kishimoto, Masashi (२००२), Naruto―ナルト―キャラクターオフィシャルデータBook 秘伝・臨の書 (जापानीमा), Shueisha, पृ: २४१, आइएसबिएन 978-4-08-873288-6 
  3. "Masashi Kishimoto Talks About Boruto Manga, Naruto, Hinata & Sakura's Relationship [Full 2017 Interview]", मूलबाट जुन ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-१३ 
  4. "Viz Presents "Naruto" Author's Comments On Tone Of "Boruto", Hinata Marriage And More", Crunchyroll, जनवरी ३१, २०१७, मूलबाट फेब्रुअरी २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०१७ 
  5. "Jump Festa 2017 Interview – Masashi Kishimoto And The Future Of Boruto: Naruto Next Generations!", OtakuKart, जनवरी ३१, २०१७, मूलबाट जुन २०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०१७ 
  6. Aoki, Deb (अक्टोबर १४, २०१५), "Masashi Kishimoto at New York Comic-con The Anime News Network Interview", Anime News Network, मूलबाट अक्टोबर १९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २०१५ 
  7. Huang, Chengxi [@cekibeing] (डिसेम्बर ८, २०१४), "昨日はようやくthe last観に行った。物語の中でも、現実でも、この恋も十数年間続いてきた、ようやくこの二人は一緒なる。本当、本当感動しました。ありがとうございます!ナルトとヒナタ!岸本先生もありがとうございます!" (ट्विट), अन्तिम पहुँच जुन १०, २०२०ट्विटरद्वारा। 
  8. Loveridge, Lynzee (डिसेम्बर ४, २०१४), "Masashi Kishimoto desvela nuevos secretos sobre Naruto en una entrevista para televisión", Koi Nya, मूलबाट अक्टोबर १२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ११, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १२, २०१७ मिति
  9. "岸本斉史氏、15年連載ナルトへの思い語る", Nikkan Sports, मूलबाट डिसेम्बर ३०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३०, २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]