हिबतुल्लाह अखुन्दजादा
हिबतुल्लाह अखुन्डजादा | |
|---|---|
هبت الله اخندزاده | |
| चित्र:Hibatullah Akhundzada.jpg | |
| तालिबान तेस्रो प्रमुख नेता | |
| पदमा १५ अगस्ट २०२१ | |
| पूर्वाधिकारी | असरफ गनी (अफगानिस्तानको राष्ट्रपतिको रूपमा) |
| आधिकारिक कार्यालय २५ मे २०१६ | |
| तालिबानका उपप्रमुख |
|
| पूर्वाधिकारी | अख्तर मनसुर |
| तालिबानका प्रथम उपप्रमुख[१] | |
| पदमा २९ जुलाई २०१५ – २१ मे २०१६ | |
| नेता | अख्तर मनसुर |
| पूर्वाधिकारी | अख्तर मनसुर |
| उतराधिकारी | सिराजउद्दिन हक्कानी[२] |
| अफगानिस्तान इस्लामिक अमिरातको सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश | |
| पदमा अन्दाजी २००१ – २१ मे २०१६ | |
| अफगानिस्तान इस्लामिक अमिरातको सर्वोच्च नेता | मुहम्मद ओमर अख्तर मनसुर |
| पूर्वाधिकारी | नुर मोहम्मद साकिब |
| उतराधिकारी | अब्दुल इसाकाई |
| अफगानिस्तानको सर्वोच्च अदालतका न्यायाधीश | |
| पदमा अन्दाजी १९९६ – अ. २००१ | |
| नेता | मोल्ला ओमर |
| कन्दहार पुनरावेदन अदालतका प्रधानन्यायाधीश | |
| पदमा अन्दाजी १९९५ – अ. २००१ | |
| नेता | मोल्ला ओमर |
| व्यक्तिगत विवरण | |
| जन्म | अन्दाजी १९६१ – अ. १९६९ (उमेर ५६–६५) पञ्जाबी प्रदेश, अफगानिस्तान |
धर्म | सुन्नी इस्लाम |
राजनितीक युक्ति | तालिबान |
| सैन्य सेवा | |
| निष्ठा | अफगानिस्तान इस्लामी अमिरात |
| शाखा/सेवा | अफगान मुजाहिदीन (सन् १९९२ भन्दा पहिले) अफगानिस्तान इस्लामी सेना (सन् १९९६-२००१) |
| दर्जा | न्याय विभागको कर्मचारी |
| कमान्डहरू |
|
| लडाइँ/युद्धहरू | सोभियत–अफगान युद्ध अफगानी गृहयुद्ध (सन् १९९७-२००१) अमेरिकी–अफगानी युद्ध (सन् २००१–२०२१) |
हिबलुल्लाह अखुन्डजादा (जन्म:१९ अक्टोबर १९६७) एक अफगानी इस्लामिक विशेषज्ञ, धर्मगुरु र कानून व्यवसायी हुन् जो इस्लामी अमिरातका (तालिबान) वर्तमान र तेस्रो मुख्य अमिर पनि हुन्। उनी अफगानिस्तानको तालिबानको सर्वोच्च नेता हुन् भने उनी यो पदमा सन् २०१६ देखि कार्यरत छन्। सन् २०२१ मा काबुलको पतनपछि उनले अफगानिस्तानका वर्तमान नेता वा राष्ट्रप्रमुखका रूपमा काम गरिरहेका छन्। तालिबानका सदस्यहरूले उनलाई अमिरुल मुमिनिन (अनुवाद: विश्वास गर्नेहरूको नेता) भनेर सम्बोधन गर्छन्। उनी मौलवी र मोल्ला जस्ता नामहरूले पनि परिचित छन्।
तालिबानका विभिन्न विषयहरूमा निर्णय गर्ने कामका लागि अखुन्दजादालाई चिन्निन्छ। उनले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तान इस्लामिक अमिरातको (तालिबान) शरीयत न्यायालयमा इस्लामिक न्यायाधीशको भूमिकामा कार्य गरेका थिए। अन्य तालिबान नेता जस्तै उनी सैन्य पृष्ठभूमिबाट आएका होइनन्। सन् २०१६ को मे महिनामा पूर्व नेता अख्तर मनसूर अमेरिकी ड्रोन हमलामा मारिएपटि उनले तालिबानको नेताको रूपमा नियुक्त पाएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Murat, Sofuoglu (२७ सेप्टेम्बर २०२१), "How the Taliban governs itself", TRT World, मूलबाट २७ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।
- ↑ Jones, Seth G. (११ डिसेम्बर २०२०), "Afghanistan’s Future Emirate? The Taliban and the Struggle for Afghanistan", Combating Terrorism Center, मूलबाट ११ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२। अभिलेखिकरण ११ फेब्रुअरी २०२२ वेब्याक मेसिन