हिरा पराजुली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाली साहित्यिक क्षेत्रमा हिरा 'आकाश'को नाम बाट चिनिने साहित्यकार

झापा, शिवगञ्ज ८मा २०१० फागुन १० गते जन्मिनु भएका उहाँले झापालाई कर्मभूमि बनाउनुभयो |'वरुण' साप्ताहिकको सम्पादक, हिजोआज, साप्ताहिक विचार, विवेचना पत्रिकामा स्तम्भकारको रूपमा रहेर पत्रकारितामा आफ्नो संलग्नता देखाउनु भएका हिरा आकाशले सन् १९८७मा पराग समूह, कटुञ्जेद्वारा आयोजित राष्ट्रव्यापी कवि गोष्ठीमा तृतीय, सन् १९८५मा स्रष्टा पुरस्कार, सन् १९८६मा इन्दे्रणी परिवार, भद्रपुरद्वारा आयोजित कविगोष्ठीमा प्रथम, २०४४मा महानन्द पुरस्कार २०४५मा राष्ट्रिय कविता पुरस्कार (भक्तपुर), २०५०मा ललिता काव्य पुरस्कार, २०५७मा मोहन रेग्मी स्मृति सम्मान पुरस्कार आदि पाउनुभएको छ

'आगोका स्वरहरू' (२०५५) कविता सङ्ग्रह प्रकाशित गराउने हिरा आकाशले भानु मासिक, दुबो द्वैमासिकको सम्पादन गरेर साहित्यिक पत्रकारिता पनि योगदान गर्नुभयो। मन्थन झापाका संस्थापक अध्यक्ष, प्रगतिशील लेखक सङ्घ झापाको पहिलो तदर्थ समितिको सचिव, नेपाली साहित्य विकास समिति र महानन्द पुरस्कार समिति झापाको सदस्य, २०४० देखि २०४३ सम्म भोक कविता आन्दोलनमा सक्रिय उहाँ २०४५ देखि दर्जीवाद (प्रयोग कविता)मा लाग्नुभयो। उहाँका थप परिचय हुन् यी। वि.सं. २०२७-२८ सालतिरै लेखन सुरु गर्ने उहाँको पहिलो कविता 'युगज्ञान'मा २०२९ ताका छापियो। लेखन, साहित्यिक सङ्घसंस्थामा संलग्न रहने अनि काव्यिक आन्दोलन चलाएर सक्रिय रहने उहाँ कविताबारे भन्नुहुन्छ- कविता कहिलेकाहीँ कविताको भर्‍याङबाट ओर्लेर तल सडकमा जिन्दावाद र मुर्दावादको जुलुस पनि भएको छ। यसैले कविता निरङ्कुशताविरुद्ध समयको आवाज हो।"

उहाँको कविता लेखनबारे युवा साहित्यकार अच्युत घिमिरेले झापाली स्रष्टा र साहित्य -१)मा लेख्नुभएको छ। "...कवि आकाश गद्य कविताका राम्रो शिल्पकार मानिनुहुन्छ। एउटा चित्रकारले ढुङ्गा खोपेर आकर्षक मूर्ति बनाएजस्तै उहाँका कविता सुन्दर छन्। आकर्षक लेखनशैलीका हिरा आकाशका कविताले पाठकका मन हुन्छन्।"

उहाको २०६७ साउन ८ गते निधन भयो