सामग्रीमा जानुहोस्

हेटौँडा काठमाडौँ रोपवे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेटौँडा काठमाडौँ रोपवे
विवरण
प्रणालीसामान ढुवानी
देशनेपाल
अन्तिम स्टेसनमातातीर्थ
स्टेसन सं.
चालूवि.सं १९८२
सञ्चालन
मालिकश्री ५ को सरकार

हेटौँडा काठमाडौँ रोपवे मकवानपुरको हेटौँडा देखि काठमाडौँको मातातीर्थ जोड्ने ४२ किलोमीटरको रञ्जुमार्ग थियो। यसको स्थापना श्री ३ चन्द्र शमशेरको पालामा भएको थियो।[] यो नेपालको पहिलो रोप वे समेत थियो। "नेपाल रोपवे"को नामबाट यसको स्थापना भएको थियो।यसको संरचनामा ८ वटा टर्मिनल थिए भने ७ स्टेशन थिए।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थ सम्मको २२ किलोमिटरमा रोप-वे लाइन निर्माण गराएका थिए। सोही रोप-वेले धोर्सिङबाट काठमाडौँसम्म सामान ढुवानी गरेको थियो। यो रोप-वेलाई जुद्ध शम्शेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए र त्यसपछि यसको लम्बाई ४२ किलोमिटर हुन पुगेको थियो। वि.सं २०११ मा आएको बाढीले गर्दा धोर्सिङको पावर हाउसमा क्षती पुगेसँगै यो बन्द हुन पुगेको थियो। त्यसपछि सरकारले पहिलो पञ्चवर्षीय योजना (२०१३-२०१८) मा यो रोप-वे विस्तारको योजना बनाएको थियो। अमेरिकाको सहयोगमा वि.सं २०१६ सालबाट ६४ लाख अमेरिकी डलरमा यसको विस्तारको कार्य थालिएको थियो। वि.सं २०५४ सालमा रोप-वेको भैसेस्थित सबस्टेसनमा समस्या आएर ट्रान्सर्फमर बिग्रिएको थियो र रोपवे बन्द भएको थियो। वि.सं २०५९ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा रोप-वेको मन्त्रिपरिषद्बाट खारेजीको निर्णय भएको थियो।[]

रोपवेलाई यसअघि निजीकरण गर्न खोज्दा पनि सफल हुन सकेको थिएन। अर्थ मन्त्रालयले २०६१ सालमा मै मूल्याङ्कनकर्ता नियुक्त गरी निजीकरणको प्रयास थालेको थियो। २०६२ मा रोपवे सञ्चालन गर्न अर्थ मन्त्रालयले आशयपत्र मागेपछि तीनवटा कम्पनीले प्रस्ताव पेस गरे पनि कुनै निर्णय हुन सकेको थिएन।२०७६ माघ १३ मा बागमती प्रदेश सरकारद्वारा रोप-वे पुनः सञ्चालनमा ल्याउने भनेर निर्णय गरेको थियो। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "हेटौंडा काठमाडौं रोप–वे किन बन्द भयो ?", ज्योति खबर (नेपालीमा), अन्तिम पहुँच २४ फागनु २०८१
  2. "अमेरिकाले रोप-वे बनाइदियो, नेपालले अलपत्र पार्‍यो", थाह खबर (नेपालीमा), अन्तिम पहुँच २५ फागुन २०८१
  3. "हेटौंडा–काठमाडौं रोप–वेलाई पुनःनिर्माण गर्ने बागमती सरकारको घोषणा", खरब ब्रेक (नेपालीमा), अन्तिम पहुँच २५ फागुन २०८१