सामग्रीमा जानुहोस्

हेनरी डुनान्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेनरी डुनान्ट
१८६० मा अन्दाजी डुनान्ट
जन्मजिन-हेनरी डुनान्ट
(१८२८-०५-०८)८ मे १८२८
जेनेभा, स्विट्जरल्यान्ड
मृत्यु३० अक्टोबर १९१०(1910-10-30) (उमेर ८२)
हाइडेन, स्विट्जरल्यान्ड
राष्ट्रियतास्विस
नागरिकतास्विस
फान्सेली (सन् १८५९ देखि)[]
पेशासामाजिक अभियन्ता, लेखन
चिनारीको कारणरेडक्रसका सह-संस्थापक
पुरस्कारनोबेल शान्ति पुरस्कार (सन् १९०१)

हेनरी डुनान्ट (जन्म नाम जिन-हेनरी डुनान्ट; ८ मे १८२८ – ३० अक्टोबर १९१०, अङ्ग्रेजी: Henry Dunant), जसलाई हेन्री डुनान्ट भनेर पनि चिनिन्थ्यो, एक स्विस मानवतावादी, व्यवसायी, सामाजिक अभियन्ता तथा रेडक्रसका सह-संस्थापक थिए। उनको मानवतावादी प्रयासका लागि उनलाई सन् १९०१ मा पहिलो नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

डुनान्टको जन्म जिनेभामा एक कट्टर क्याल्भिनिस्ट परिवारमा भएको थियो। उनले फ्रान्सेली, अल्जेरियाट्युनिसियामा व्यापारिक चासो राख्ने गर्थे। सन् १८५९ मा, नेपोलियन तृतीयलाई निवेदन दिन जाँदै गर्दा, उनले इटालीको उत्तरी क्षेत्र सोल्फेरिनोको युद्धपछि उत्पन्न भयावह अवस्था देखेका थिए। घाइते सैनिकहरूको दुर्दशा र उपचारको अभाव देखेर मर्माहित भएका डुनान्टले स्थानीय जनतालाई संगठित गरी घाइते सैनिकहरूलाई सहयोग पुर्‍याउने पहल गरे। जेनेभा फर्केपछि, उनले आफ्नो अनुभव "ए मेमोरी अफ सोल्फेरिनो" पुस्तकमा लिपिबद्ध गरेका थिए। उक्त पुस्तकमा उनले युद्धको समयमा घाइतेहरूलाई निष्पक्ष रूपमा राहत प्रदान गर्ने संस्थाको आवश्यकताको वकालत गरेका थिए। फेब्रुअरी १८६३ मा, डुनान्ट पाँच सदस्यीय समितिमा सामेल भए, जसले उनको योजनालाई कार्यान्वयन गर्ने पहल गर्‍यो। यसै समितिबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिको स्थापना भयो। एक वर्षपछि, उनले स्विस सरकारले आयोजना गरेको कूटनीतिक सम्मेलनमा भाग लिए, जसबाट पहिलो जेनेभा महासन्धिमा हस्ताक्षर भएको थियो।

तर, १८६७ मा डुनान्ट व्यापारिक घोटालामा फसेका थिए, जसका कारण उनले दिवालियापन भोग्नु पर्यो र उनलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिबाट हटाइयो। त्यसपछि उनले दशकौं गरीबीमा बिताए र युरोपभर विभिन्न ठाउँमा भौतारिए, अन्ततः स्विट्जरल्यान्डको हाइडेन गाउँमा बसोबास गरेका थिए। सन् १८९५ मा, एक पत्रकारले उनलाई फेरि प्रकाशमा ल्याए, जसपछि उनलाई नयाँ समर्थन र सम्मान प्राप्त भयो। सन् १९०१ मा, उनलाई फ्रेन्च शान्तिवादी फ्रेडरिक पासीसँगै पहिलो नोबेल शान्ति पुरस्कार प्रदान गरियो। हेनरी डुनान्टको सन् १९१० मा हाइडेनमै निधन भयो।



सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Durand, Roger: "Un Français de coeur, passion d’Henry Dunant pour sa nouvelle patrie" in Durand Roger/Dunant Christiane: "Henry Dunant citoyen de Culoz, français de cœur". Société Henry Dunant and Ville de Culoz, 2003, p. 159