हेमन्त शर्मा (पत्रकार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेमन्त शर्मा
हेमन्त शर्मा एक समाचार कार्यक्रममा
जन्म (1962-09-27) २७ सेप्टेम्बर १९६२ (उमेर ६१)
वाराणसी, उत्तर प्रदेश, भारत
मातृ शिक्षाप्रतिष्ठानवनारस हिन्दु विश्वविद्यालय, वाराणसी
पेशापत्रकार
कार्यकालसन् १९८३–हाल
मातापितामनु शर्मा, पद्मश्री पुरस्कार विजेता [१]
पुरस्कारयश भारती पुरस्कार
वेबसाइटhemantsharma.in

हेमन्त शर्मा एक वरिष्ठ भारतीय पत्रकार, लेखक र भारत टिभी च्यानलका पूर्व समाचार निर्देशक हुन्। हाल उनी टिभी ९ भारतवर्ष न्यूज च्यानलमा समाचार निर्देशकको रूपमा कार्यरत छन्।[२] उनी अयोध्याका चश्मदिद र युद्द मे अयोध्या (अनुवादित = युद्धमा अयोध्या) पुस्तकका लेखक हुन्।[३]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

हेमन्त शर्माको जन्म २७ सेप्टेम्बर १९६२ मा वाराणसी, उत्तर प्रदेशमा भएको थियो।[४] पद्मश्री पुरस्कारद्वारा सम्मानित उनका बुबा, मनु शर्मा उर्फ ​​हनुमान प्रसाद शर्मा प्रख्यात हिन्दी लेखक थिए जसले आठ खण्डहरू समाविष्ट सबैभन्दा ठूलो हिन्दी उपन्यास कृष्ण की आत्मकथा (अनुवादित = कृष्णको आत्मकथा) लेखेका थिए।[५] उनका बुबालाई प्रधानमन्त्रीले नरेन्द्र मोदीले स्वच्छ भारत अभियानका लागि नवरत्न मध्ये एकमा मनोनित गरेका थिए। हेमन्तको शिक्षा वाराणसीमा भएको थियो। उनले कलामा स्नातकोत्तर र विद्यावारिधी हासिल गरेका छन्। उनले वनारसबाट हिन्दु विश्वविद्यालय, वाराणसीबाट विद्यावारिधी हासिल गरेका थिए।[६] हेमन्त शर्माले सन् १९८३ मा धेरै कलिलो उमेरमा पत्रकारको रूपमा आफ्नो कार्यकाल सुरु गरेका थिए।

कार्यकाल[सम्पादन गर्नुहोस्]

हेमन्त शर्माले आफ्नो पत्रकारिता इन्डियन एक्सप्रेस लिमिटेडद्वारा प्रकाशित हिन्दी दैनिक जनसत्ताबाट सुरु गरेका थिए। उनका महाकुम्भ सम्बन्धी प्रतिवेदनहरू बेलायती समाचार पत्र लन्डन टाइम्समा प्रकाशित भएको थियो।[७] हेमन्त शर्मा भारत टिभीमा आउनु अघि जनसत्ताका विभागका प्रमुखको रूपमा कार्यरत थिए। उनले सन् २००६ मा यसको निर्देशकको रूपमा भारत टिभीमा सामेल भएका थिए। यद्यपि उनले सन् २०१७ मा सङ्गठन छोडेका थिए।[८] हेमन्त शर्माले सन् २०१९ मा टिभी९ भारतवर्ष नामक दूरदर्शनमा यसको समाचार निर्देशकको रूपमा सेवा दिन सुरु गरेका थिए।

प्रकाशित कार्यहरू[सम्पादन गर्नुहोस्]

  • तमाशा मेरे आगे, प्रभात प्रकाशन, दिल्ली[९]
  • द्वितीयोनास्ती, प्रभात प्रकाशन, दिल्ली[१०]
  • अयोध्याका चश्मादिद, प्रभात प्रकाशन, दिल्ली[११]
  • युद्ध मे अयोध्या (युद्धमा अयोध्या), प्रभात प्रकाशन, दिल्ली [१२]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • यश भारती पुरस्कार, सन् २०१६ [१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सिंह, रोहिनी; वनुगोपाल, यशोधा (१६ फेब्रुअरी २०१५), "How owner and face of India TV became one of India’s most powerful editors", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१९ 
  2. "Hemant Sharma takes sabbatical from India TV", अफकास, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  3. "For this new Hindi channel, 6 Indian armed forces veterans are turning journalists", theprint.in, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  4. "Padma Shri awardee author Manu Sharma passes away", indiatoday.in, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  5. "हिन्दी में सबसे बड़ा उपन्यास लिखने वाले साहित्यकार मनु शर्मा का निधन", khabar.ndtv.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  6. "Yash Bharti awardee", अन्तिम पहुँच १४ जुलाई २०१९  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१९ मिति
  7. "Hemant Sharma steps down as News Director, India TV", exchange4media.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  8. "TV9 Bharatavarsh launched", indiantelevision.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  9. "जहां मार्क्स से चार सदी पहले कबीर ने आबोहवा में समाजवाद घोला था", hindi.firstpost.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  10. "द्वितीयोनास्ति और कई नई किताबें", navbharattimes.indiatimes.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  11. "Have "Faith" Ram Temple Fight Will Be "Victory For Culture": Amit Shah", ndtv.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  12. "Ram Temple In Ayodhya Should Be Constructed Without Delay: Mohan Bhagwat", ndtv.com, अन्तिम पहुँच १४ जुलाई २०१९ 
  13. "IndiaTV news director Hemant Sharma gets Yash Bharti Award from CM Akhilesh Yadav", indiatvnews.com, अन्तिम पहुँच १४ जुलाई २०१९