हेल्प नेपाल नेटवर्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेल्प नेपाल नेटवर्क
चित्र:Help Nepal Network logo.png
आदर्श वाक्यएक महिनामा एक डलर
गठन१९९९
संस्थापकरबीन्द्र मिश्र
लक्ष्यहेल्प नेपाल नेटवर्क नेपाली जनसमुदाय माझ दान गर्ने संस्कारको प्रबर्धन गर्ने काम गर्दछ।
स्थान
  • Nepal
तरिकादान
मालिकहेल्प नेपाल नेटवर्क
राजश्व
दान मार्फत
Endowmentप्रशासनिक कोष र बंदोबस्ती कोष अपील
वेबसाइटwww.helpnepal.net

हेल्प नेपाल नेटवर्क “एक महिनामा एक डलर” कोषको स्थापना गर्ने नेपालीहरूको पहिलो अन्तर्राष्ट्रिय सङ्गठनिक संजाल हो। यस् संस्था नेपालका दुर्गम क्षेत्रका बाल बालीकाको शिक्षा तथा श्वास्थक्षेत्र उत्थानका लागि दत्त चित्त भयर लागीपरेको छ। बाह्र वटा देशमा च्याप्टरहरू रहेका यस् संस्थाले आफ्ना आजका दिन सम्म अनेकौ क्रियाकलाप गरेर रास्ट्रको शिक्षा तथा श्वास्थक्षेत्र  ।

उदेश्य[सम्पादन गर्नुहोस्]

हेल्प नेपाल नेटवर्क नेपाली जनसमुदाय माझ "दिने" संक्रृतीको प्रबर्धन गर्ने काम गर्दछ। उद्हारणका लागि बिदेसमा रहेका हेल्प नेपाल नेटवर्क का सदस्यहरूले त्यहाँ बस्ने नेपाली जनताहरूलाई महिनामा एकचोटी आफ्नो आर्जनबाट थोरै रकम अनुदान दिनका लागि प्रोत्साहन गर्दछन्। नेपालमा हेल्प नेपाल नेटवर्कका सदस्यहरूले बारुद मासिक एक प्लेट मो:मोबाइल कम खाने गरे अथवा केही कप चिया कम पियौ र त्यो बचत कतै दान गरे भनेर आफ्नो कार्यक्रम सञ्चालन गर्दछन।

स्थापना[सम्पादन गर्नुहोस्]

नेपाल द्वन्दकालबाट गुज्रिदै गर्दा जनताहरु अन्योलमा थिए। नेपालको आर्थिक, राजनीतिक, सामाजीक उतारचढाबलाई लिएर विश्वसमुदायमा धेरैनै कौतोहलता सृजना भईरहेको थियो। त्यही समुहबीच बिदेशमा बस्ने नेपालीहरु माझ नेपाललाई हेर्ने फरक द्रिस्टिकोण भएको एक समूह बनेको थियो। आफ्नो मातृभूमी अन्योलमा परेको बेलामा दुख अनि समबेदनाको भावनाभन्दा, देशका  राजनीति, राजनितिज्ञ, बिकाशका पुर्बधरहरूको अभाब जस्ता नराम्रो पक्ष्यलाई औल्याउदै खेद गर्ने गर्दथिए ।

संस्थाको स्थापना १२ जना स्दश्यको समायोजन भएको थियो भने अरुण सिंह बस्नेत नेपालका लागि  संयोजक थिए। आजको मिती सम्म यस् संस्थाको १२ राष्ट्र (अस्ट्रेलिया, अष्ट्रीया, क्यानाडा, डेनमार्क, आयरल्यान्ड,  नेपाल,न्युजील्याण्ड, कतार, रसिया, साउदी अरेवीया, दक्षिण कोरिया, स्विडेन, युनाईटेड किङ्गडम् र संयुक्त राज्य अमेरीका)मा संजाल स्थापना भईसकेको छ। आफ्नो १७औ बसन्त पार गरी, यस् संस्थाले राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइसकेको छ ।

हेल्प नेपाल नेटवर्क सन १९९९मा “एक महिनामा एक डलर” कोषको स्थापना गर्ने नेपालको पहिलो अन्तर्राष्ट्रिय सङ्गठनिक संजाल हो।[१][२] यस् संस्थाले नेपालका दुर्गम क्षेत्रमा रहेका बालबालीकाको शिक्षा तथा श्वास्थक्षेत्र उत्थानका लागि दत्त चित्त भएर लागीपरेको छ। बाह्र वटा देशमा च्याप्टरहरू रहेका यस् संस्थाले आजका दिनसम्म अनेकौ क्रियाकलाप गरेर रास्ट्रको शिक्षा तथा श्वास्थक्षेत्रमा योगदान पुर्‍याएको छ।

कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

सन् २००२मा हेल्प नेपाल नेटवर्कले १२०० पाउंडको आर्थिक सहयोग प्रदान गरी  प्युठानको सरस्वती प्राथमिक बिद्यालयको दुइवटा भवन पुनर्निर्माण गर्न सफल भएको थियो। त्यही साल दांग र डोल्पामा दुई बिध्यलयाको भवन निर्माण र पुस्तकालय सुधारमा करिब २८०० पाउंड सहयोग पुर्याओ।[२] सन् २००३मा आवहान समूह, चाबहिलको सहकार्यमा हेल्प नेपाल नेटवर्कले ६०० पाउन्डको सहयोग गरी काठमाडौँको कपनमा हेपाटाईटीष बी खोप सिबीर सञ्चालन गरेको थियो। साथसाथै खोटांग जिल्लाको दिप्सुंग गबिसा मा ११४० अमेरिकी डलरको लागतमा रेनुका निम्न माध्यमिक बिद्यालयको छत मर्मत गर्न सहयोग पुर्‍याएको थियो।[२] यसरी नै हरेक वर्ष यस् संस्थाले शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउदै आएको छ।

हेल्प नेपाल नेटवर्क एल.टि.एस्.पी ई-लाईब्ररी प्रोजेक्ट[सम्पादन गर्नुहोस्]

शिक्षा र स्वास्थ्यको दिगो बिकाश गर्न सूचना प्रबिधी अंगाल्दै यस् संस्थाले “हेल्प नेपाल नेटवर्क एल.टि.एस्.पी ई-लाईब्ररी प्रोजेक्ट चलाउदै आएको छ। “एउटा जिल्लामा कम्तिमा पनि एउटा ई-लाईब्ररी” यस् प्रोजेक्टको मूल नारा हो ।

इ-लाइब्रेरी[सम्पादन गर्नुहोस्]

परम्परागत पुस्तकालयको आधुनीक रुप हो इ-लाइब्रेरी। इ-लाइब्रेरी लाई  इलेकट्रोनिक-लाइब्रेरी पनि भनिन्छ। हजारौको संख्यामा शैक्षिक सामग्री जस्तै किताब, डिक्सनेरी, लेख, गेम्स, गीत, भिडियो जस्ता शैक्षित र मनोरंजनात्मक सामग्रीहरूलाई कम्प्युटरमा सङ्ग्रह गर्ने प्रविधि हो इ-लाइब्रेरी।

इ-लाइब्रेरीको स्थापना[सम्पादन गर्नुहोस्]

पुल्चोक क्याम्पसका केहि बिद्यार्थीहरूले सेमेस्टर ब्रेकमा लगिने भारत भ्रमण नगई क्याम्पसका पुराना र प्रयोग नगरिएका कम्प्यूटरमा ओपन सौर्स सफ्टवएर स्थापना गरी इ-लाइब्रेरी सेटअप गरेका थिए। हेल्प नेपाल नेटवर्क ले त्यश अभियानलाई निरन्तरता दिदै आजको मिति सम्ममा ३५भन्दा बढी जिल्लामा इ-लाइब्रेरीको  स्थापना गरिसकेको छ।[२] फस नेपालका स्वयम्सेबकहरूले बिगतका दिनमा इ-लाइब्रेरीको स्थापना, मर्मत, समस्याहरूको निवारण र उपयोग गर्नका लागि बिद्यालयका बिद्यार्थी र शिक्षकलाई तालीम दिने गर्दथिए। फस नेपालका स्वयम्सेबकहरूले काठमाडौँ विश्वबिद्यालय स्थित काठमाडौँ विश्वबिद्यालय ओपन सोर्स कम्युनिटीका स्वयम्सेबकहरूले ज्ञान आदान प्रदान गरेपछी अहिले इ-लाइब्रेरीको सम्पूर्ण क्रियाकलाप के.यु.ओ.एस्.सीले संयोजन गर्दछ। सन २०१४मा  हेल्प नेपाल नेटवर्कले काठमाडौँ  विश्वबिद्यालयको कम्प्युटर साईनस् तथा ईन्जीनरिङ्ग बिभागसँग समझौता पत्र हस्ताक्ष्यर गरेको थियो। हेन नेपालका सदश्य रोशेन्द्र ध्वज खड्काले  के.यु.ओ.एस्.सीसँग समन्वय गरी इ-लाइब्रेरीको कार्यक्रम सञ्चालन गर्ने गर्दछन।

ज्ञान आदान प्रदानको सिलसिला जारी राख्न र इ-लाइब्रेरीको क्रियाकलाप द्रुतगतिमा लैजाने उदेश्यले अहिले के.यु.ओ.एस्.सीले पुल्चोक क्याम्पसका स्वयम्सेबक हरूलाई  यस अभियानमा हातेमालो गरिरहेको छ।

इ-लाइब्रेरी स्थापना गर्न चाहिने पुर्बाधारहरु[सम्पादन गर्नुहोस्]

इ-लाइब्रेरी स्थापना गर्न चाहिने पुर्बाधारहरु निम्न प्रकारका छन्:

  1. प्रथम त एउटा १० देखी १५ वटा कम्प्युटर राख्न सकिने फराकिलो कोठा चाहिन्दछ।
  2. हेल्प नेपाल नेटवर्कले स्थापना गरेको प्रत्यक  इ-लाइब्रेरीमा (एउटा सर्भर, एउटा स्विच, १० वटा थिन क्लायन्ट( अर्थात् सरल भासामा भन्नु पर्दा १० वटा कम्प्युटरहरु) हुन्छ)

यी सबै पुर्बधार किन्नु परेमा सरकारी विद्यालयलाई अतिनै महँगो हुन जान्छ। त्यशैले तपाईहरूले हेल्प नेपाल नेटवर्क मा आफ्नो बिद्यालयलाई किन इ-लाइब्रेरीको खाचो छ भन्ने कारण देखाएर एउटा प्रस्ताब आवेदन लेखी पठाउनु पर्नेछ। संस्थाले सोही  आबेदनहरु हेरी आफ्नो बर्सिक इ-लाइब्रेरी स्थापनाका  लागी प्राप्त अनुदान अनुसार केहि बिद्यालय सुचित गर्द छ। सुचित बिद्यालयहरूमा के.यु.ओ.एस्.सी का स्वयंसेवकहरूले हेल्प नेपाल नेटवर्कको अफिस देखि इ-लाइब्रेरी स्थापना गर्न चाहिने सबै सामग्री लगी इ-लाइब्रेरी स्थापना गरिदिनेछन। सोही समयमा बिद्यार्थी र शिक्षक लाई तालिम पनि दिनेगर्छन।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Handover of the flood victim relief fund to Help Nepal Network", Everest Uncensored, २००७-०९-२८, अन्तिम पहुँच २०१९-०८-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१८ मिति
  2. २.० २.१ २.२ २.३ "Help Nepal Network – One Dollar a Month Fund for Nepal", अन्तिम पहुँच २०१९-०८-१८ 

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

पत्राचारका लागि सम्पर्क ठेगाना: हेल्प  नेपाल नेटवर्क, चुचेपाटी, चाबहिल, काठमाडौँ ७ ,नेपाल फोन न: ९७७-०१४४९८३२८ इमेल ठेगाना: [[१]], [nepal@wlink.com.np|help_nepal@wlink.com.np]