ह्याकर (कम्प्युटर सुरक्षा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामान्यरूपमा भन्नु पर्दा कुनै ह्याकर एउटा यस्तो व्यक्ति हुन्छ जो सामान्यत: प्रशासकीय नियन्त्र सम्म पुगेर कम्प्युटर सुरक्षा प्रणालीलाई तोडदछ । ह्याकर्स शब्दको अर्थ प्रायजसो कम्प्युटरसँग समर्थित हुन्छ । यिनीहरु अवैध माध्यमको प्रयोगको प्रति लापरवाह हुन्छन र यिनीहरूको उपज राजनीतिक अथवा सामाजिक कारणले हुन्छ भनि अड्कल गरिएको छ । ह्याकर शब्दको अन्य अर्थ (कम्प्युटर प्रोग्रामर र घरेलु कम्प्युटर शौकिन) पनि यस भित्र रहेको छ , जुन कि कम्प्युटर सुरक्षासँग सम्बन्धित हुदैनन, तर प्रमुख समाचार माध्यमहरुद्वारा यिनीहरूलाई कहिले पनि ह्याकर भनिएको छैन । तर कसै-कसैद्वारा यो तर्क पनि दिईएको छ कि जुन कुनै व्यक्ति विशेषलाई ह्याकर मानिन्छ ,त्यो ह्याकर हैन किनकि कम्प्युटरमा अवैधरूपमा प्रवेश गर्ने व्यक्तिलाई मेडियाद्वारा ह्याकर उपनाम दिइनुभन्दा पुर्व नै ह्याकर समुदाय बिध्यमान रहेको देखिन्छ । यो समुदाय त्यस मानिसहरूको हो जसले कम्प्युटर प्रोग्रामिंगमा प्राय उनीहरू द्वारा लेखिएएको सफ्टवेयरको क्रम संख्या (सिरियल कोड)लाई मानिसहरु बिच बिना कुनै रोकटोक सार्वजनिक गरिदिन्छन । अब यो समुदायका मानिस क्र्याकर्सका रूपमा पनि चिनिने गरेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

ह्याकर समुह[सम्पादन गर्नुहोस्]

नेपालमा पनि विभिन्न ह्याकर समूहहरू छन् जस्तै यानोनीमस नेपाल,अर्ध पागल, स्वस्थीका। विश्वको सबैभन्दा ठूलो ह्याकर समूह अनोनीमस् ग्रुप हो।

ह्याकर दृष्टिकोण[सम्पादन गर्नुहोस्]

व्हाइट ह्याट:[सम्पादन गर्नुहोस्]

व्हाइट ह्याट ह्याकर भनेर यस्तो व्यतिलाई भनिन्छ जो विभिन्न यन्त्र र नेटवर्क(प्राय: कम्प्युटर)लाई तिनीहरूको सुरक्षा लागि सुरक्षा प्रणाली तोडेर तिनीहरूलाई नियन्त्रण गर्ने गर्छन। कम्प्युटर र कम्प्युटर नेटवर्क जहाँ अलि कम्जोर जस्तो देखिन्छ, त्यो कमजोरीलाई हटाई कम्प्युटर र कम्प्युटर नेटवर्कलाई मजबुत बनाउने काम व्हाइट ह्याट ह्याकरले गर्छन।

ग्रे ह्याट[सम्पादन गर्नुहोस्]

ग्रे ह्याट भन्नाले दुबै व्हाइट ह्याट र ब्ल्याक ह्यट दुबै पक्षलाई जनाउँछ।

ब्ल्याक ह्याट[सम्पादन गर्नुहोस्]

यस प्रकारका ह्याकरले प्रविधिलाई अनुमति बिना ह्याक गर्ने अथवा हानि गर्ने गर्छन्।

आक्रमण[सम्पादन गर्नुहोस्]

सुरक्षा शोषण[सम्पादन गर्नुहोस्]

ह्याकरले हजुरहरूको अकाउन्ट मात्र हैन गाडी,कम्प्युटर मोबाइल देखी विभिन्न प्रविधिहरूलाई ह्याक गर्न सक्छन्। ह्याकरबाट पूर्ण रूपमा सुरक्षित त हुन सक्दैन तैपनि निम्न कुराले हजुरको खाता सामान्यता सुरक्षित गर्न सकिन्छ;

  • पासवर्ड कम्तिमा २० वटा नम्बर अथवा नम्बर र शब्दको मिक्ष्रणबाट बनेको हुनुपर्छ।
  • नचिनेको ईमेल को मेल नहेर्ने।
  • पासवर्ड अरूले थाहापाउने खालको राख्नुहुन्न।

सीप[सम्पादन गर्नुहोस्]

ह्याकर बन्न धेरै सजिलो हुन्न ह्याकर कोई सिप भएको हुन्छन् कोही हुन्नन्। ह्याकर बन्नको लागि विभिन्न वेबसाईटहरूले तालीम प्रदान गर्छन्।जस्तै cybrary.it | ह्याकिङको तालीम मुख्य तह व्वाईट ह्याटको हुन्छ।