१८४८ को क्रान्तिहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Revolutions of 1848
Barricade on the rue Soufflot,[१] an 1848 painting by Horace Vernet. The Panthéon is shown in the background.
अन्य नामहरू:Spring of Nations, Springtime of the Peoples, Year of Revolution
सहभागी:People of France, the जर्मन राज्य, the Austrian Empire, the Kingdom of Hungary, the Italian states, Denmark, Wallachia, पोल्याण्ड, र अन्य
स्थान:पश्चिममध्य युरोप
मिति:23 February 1848 – early 1849
परिणाम:
  • थोरै राजनैतिक परिवर्तन
  • महत्वपूर्ण सामाजिक तथा सांस्कृतिक परिवर्तन

१८४८ को क्रान्ति १८४८ मा यूरोपभरि फैलिएको राजनीतिक उथलपुथलको श्रृंखला थियो। यो युरोपेली इतिहासको सबैभन्दा व्यापक क्रान्तिकारी लहर हो।

क्रान्तिहरू प्रजातान्त्रिकउदार प्रकृति थिए। यसको उद्देश्य पुरानो राजतन्त्रवादी संरचनाहरूलाई हटाएर स्वतन्त्र राष्ट्र-राज्य निर्माण गर्ने थियो । फ्रान्समा फेब्रुअरीमा प्रारम्भिक क्रान्ति सुरु भएपछि युरोपभर क्रान्तिहरू फैलियो। ५० भन्दा बढी देशहरू प्रभावित भए, तर क्रान्तिकारीहरू बीच कुनै महत्वपूर्ण समन्वय वा सहयोगको साथ थिएन।

क्रान्ति सुरु हुनुको केही प्रमुख कारक तत्वहरूमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि, सरकार र लोकतन्त्रमा बढी सहभागिताको माग, प्रेस स्वतन्त्रताको माग, मजदुर वर्गले गरेका अन्य मागहरू, राष्ट्रवादको उत्थान र स्थापित सरकारी शक्तिहरूको पुनर्गठन थिए। [२]

विद्रोहको नेतृत्व सुधारवादी, मध्यम वर्ग ("बुर्जुवा वर्ग") र मजदुरहरूको अस्थायी गठबन्धनले गरेको थियो। [३] यद्यपि यो गठबन्धनले लामो समयसम्म सँगै टिक्न सकेन। धेरै क्रान्तिहरू छिट्टै दमन गरियो; दस हजारौं मानिस मारिए र धेरै मानिसहरू निर्वासिट हुन बाध्य बनाइए। महत्वपूर्ण स्थायी सुधारहरूमा अस्ट्रिया र हंगेरीमा सर्फडम (सामन्तवाद) को उन्मूलन, डेनमार्कमा निरपेक्ष राजतन्त्रको अन्त्य र नेदरल्याण्ड्समा प्रतिनिधिमुलक प्रजातन्त्रको शुरूवात समावेश थियो।

क्रान्तिहरू फ्रान्स, नेदरल्याण्ड, इटाली, को अष्ट्रीया साम्राज्य र जर्मन कन्फडरेशन का राज्यहरू, जसले १९ औँ शताब्दीको उत्तरार्ध र बीसौं शताब्दीको पूर्वार्धमा जर्मन साम्राज्य बनाए, मा सबैभन्दा महत्त्वपूर्ण थिए।

उत्पत्ति[सम्पादन गर्ने]

प्राविधिक परिवर्तनले श्रमिक वर्गको जीवनमा क्रान्ति ल्याइरहेको थियो। एक लोकप्रिय प्रेसले राजनीतिक जागरूकता विस्तार गर्‍यो, र लोकप्रिय उदारवाद, राष्ट्रवादसमाजवाद जस्ता नयाँ मूल्य र विचारहरू देखा पर्न थाले। केही इतिहासकारहरू गम्भीर बालीनालीमा उत्पन्न समस्यालाई जोड दिन्छन्, विशेष गरी १८४६ को, जसले किसान र मजदुर शहरी गरीबहरूमाझ कठिनाई उत्पन्न गर्‍यो।

यसपछि ब्रसेल्समा कार्यरत कार्ल मार्क्सफ्रेडरिक एंगेल्सले, कम्युनिष्ट संघ लीग (जसमा मूलतः जर्मन मजदुरहरू मिलेर बनेको एउटा संस्था)को अनुरोधमा कम्युनिष्ट पार्टीको घोषणापत्र (२१ फेब्रुअरी १८४८ मा लण्डनमा जर्मन भाषामा प्रकाशित) लेखेका थिए। बर्लिनमा मार्च विद्रोह पछि, तिनीहरूले जर्मनीमा आन्दोलन गर्न थाले। उनीहरूले पेरिसबाट "जर्मनीमा कम्युनिष्ट पार्टीको मागहरू" मार्चमा जारी गरे; [४] उक्त पर्चाले जर्मनीको एकीकरण, विश्वव्यापी मताधिकार, सामन्त कर तथा अवरोधहरूको अन्त्य र समान मध्यमवर्गीय लक्ष्यलाई जोड दियो।

यसरी मध्यम र मजदुर वर्गले सुधारको चाहना साझा गरे र धेरै खास उद्देश्यहरूमा सहमति जनाए। यद्यपि क्रान्तिहरुमा उनीहरुको सहभागिताहरु फरक थिए । सुरुमा विद्रोहहरू शहरहरूमा सुरु भयो।

शहरी कामदारहरू[सम्पादन गर्ने]

ग्रामीण क्षेत्र[सम्पादन गर्ने]

विचारहरूको भूमिका[सम्पादन गर्ने]

क्रान्तिलाई तल राख्न, स्थापित र प्रतिक्रियावादी शक्तिहरूको बलपूर्वक र अक्सर हिंस्रक प्रयासहरूको बाबजुद, विघटनकारी विचारहरूले लोकप्रियता प्राप्त गरे: प्रजातन्त्र, उदारवाद, कट्टरपन्थी, राष्ट्रवादसमाजवाद[५] उनीहरूले संविधान, विश्वव्यापी सार्वभौमिक मताधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र अन्य प्रजातान्त्रिक अधिकार, नागरिक लडाकूको स्थापना, किसानहरूको स्वतन्त्रता, अर्थतन्त्रको उदारीकरण, ट्यारिफ अवरोधको अन्त्य र राजतन्त्रवादी शक्ति संरचनाको अन्त्यको र गणतान्त्रिक राज्यको स्थापना, वा कम्तिमा संवैधानिक राजतन्त्रको रूपमा राजकुमारको अधिकार प्रतिबन्ध माग गरेका थिए।

मुख्य घटनाहरूको अनुक्रम[सम्पादन गर्ने]

१८४८ को वसन्त : आश्चर्यजनक सफलता[सम्पादन गर्ने]

१८४८ को ग्रीष्म: सुधारकर्ताहरू बीच विभाजन[सम्पादन गर्ने]

फ्रान्समा मध्यम वर्ग सुधारवादीहरू र मजदुर वर्गका क्रान्तिकारीहरूको बीचमा रक्तपातपूर्ण सडक लडाईहरू विस्फोट भयो। जर्मन सुधारकर्ताहरूले उनीहरूको नतिजालाई अन्तिम रूप नदिई अविरल तर्क गरे। [६]

१८४८ शरद: प्रतिक्रियावादीहरू प्रति-क्रान्तिको लागि संगठित[सम्पादन गर्ने]

१८४८-१८५१: क्रान्तिकारी शासनहरूको पतन[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Mike Rapport (२००९), 1848: Year of Revolution, Basic Books, पृ: २०१, आइएसबिएन 978-0-465-01436-1, "The first deaths came at noon on 23 June." 
  2. R.J.W. Evans and Hartmut Pogge von Strandmann, eds., The Revolutions in Europe 1848–1849 (2000) pp. v, 4
  3. Edward Shorter, "Middle-class anxiety in the German revolution of 1848." Journal of Social History (1969): 189-215.
  4. "Demands of the Communist Party in Germany," Marx-Engels Collected Works, vol 7, pp. 3ff (Progress Publishers: 1975–2005)
  5. Charles Breunig, The Age of Revolution and Reaction, 1789–1850 (1977)
  6. Kranzberg, 1848: A Turning Point? (1962) p xii, xvii–xviii.