१९७५ क्रिकेट विश्वकप
| १९७५ प्रुडेन्सियल कप | |
|---|---|
प्रुडेन्सियल कप | |
| मिति | ७ जुन – २१ जुन |
| प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
| क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
| प्रतियोगिता प्रकार | राउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट |
| आयोजक(हरू) | इङ्ल्यान्ड |
| विजेता | |
| सहभागीहरू | ८ |
| खेल सङ्ख्या | १५ |
| उपस्थिति | १५८,००० (१०,५३३ प्रत्येक खेलमा) |
| अधिक रन | |
| अधिक विकेट | |
क्रिकेट विश्वकप १९७५ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ७ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । जसमा ६ वटा टेस्ट खेल्ने राष्ट्र तथा २ वटा गैह्र टेस्ट खेल्ने राष्ट्र रहेको थियो ।
म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो ।
स्वरूप
[सम्पादन गर्नुहोस्]टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।
पहिलो विश्वकप इङ्ल्यान्डको ७ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा १५ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो । [१]
सहभागी राष्ट्र
[सम्पादन गर्नुहोस्]यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिलो आयोजन इङ्ल्यान्डलेनै गर्ने भनी निर्णय गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो । भारतले तेश्रो विश्वकप आफुले आयोजन गर्ने भनी दावी पेश गरेको थियो तर आइसीसी द्वारा इङ्ल्यान्डलेनै आयोजना गर्ने भनी निर्णय गरेको थियो । आइसीसीको अनुसार दिन-रातको म्याच गर्न नसकिने भएकोले इङ्ल्यान्डमा जुनको महिनामा दिन लामो हुने भएकोले सोको आयोजन इङ्ल्यान्डलाई दिइएको थियो । म्याच दिनमै सम्पाप्त हुन सक्ने सम्भावना बढी थियो ।[२]
८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । श्रीलङ्का तथा पूर्वी अफ्रिका मात्र यस्तो टिम थियो जसले टेस्ट खेल्ने मान्यता पाएको थिएन ।
|
|
|
स्थान
[सम्पादन गर्नुहोस्]| लन्डन | Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/England" उपलब्ध छैन्. | लन्डन |
|---|---|---|
| लर्ड्स क्रिकेट ग्राउण्ड | द ओभल | |
| क्षमता: ३०,००० | क्षमता: २३,५०० | |
| बर्मिङगम | म्यानचेस्टर | |
| एजबेस्टन क्रिकेट ग्राउण्ड | ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड | |
| क्षमता: २१,००० | क्षमता: १९,००० | |
| नौटिङ्घम | लीड्स | |
| ट्रेन्ट ब्रिज | हेडिङ्ले स्टेडियम | |
| क्षमता: १५,३५० | क्षमता: १४,००० | |
समुह चरण
[सम्पादन गर्नुहोस्]समुह A
[सम्पादन गर्नुहोस्]| टिम | अंक | खेलेको | जित | हार | बेनतिजा | रन रेट |
|---|---|---|---|---|---|---|
| १२ | ३ | ३ | ० | ० | ४.९४ | |
| ८ | ३ | २ | १ | ० | ४.०७ | |
| ४ | ३ | १ | २ | ० | ३.२४ | |
| पूर्वी अफ्रिका | ० | ३ | ० | ३ | ० | १.९० |
७ जुन १९७५
|
v
|
इङ्ल्यान्ड २०२ रनले बिजयी
लन्डन,इङ्ल्यान्ड |
११ जुन १९७५
|
v
|
इङ्ल्यान्ड ८० रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड |
१४ जुन १९७५
|
v
|
न्युजिल्यान्ड ४ विकेटले बिजयी
ओल्ड ट्रयाफोर्ड,इङ्ल्यान्ड |
समुह B
[सम्पादन गर्नुहोस्]| टिम | अंक | खेलेको | जित | हार | बेनतिजा | रन रेट |
|---|---|---|---|---|---|---|
| १२ | ३ | ३ | ० | ० | ४.३५ | |
| ८ | ३ | २ | १ | ० | ४.४३ | |
| ४ | ३ | १ | २ | ० | ४.४५ | |
| ० | ३ | ० | ३ | ० | २.७८ |
७ जुन १९७५
|
v
|
अस्ट्रेलिया ७३ रनले बिजयी
लीड्स,इङ्ल्यान्ड |
७ जुन १९७५
|
v
|
वेस्ट इन्डिज ९ विकेटले बिजयी
ओल्ड ट्रयाफोर्ड,इङ्ल्यान्ड |
११ जुन १९७५
|
v
|
अस्ट्रेलिया ५२ रनले बिजयी
ओभल,लन्डन,इङ्ल्यान्ड |
११ जुन १९७५
|
v
|
वेस्ट इन्डिज १ विकेटले बिजयी
एजबेस्टन,इङ्ल्यान्ड |
१४ जुन १९७५
|
v
|
वेस्ट इन्डिज ७ विकेटले बिजयी
ओभल, लन्डन, इङ्ल्यान्ड |
१४ जुन १९७५
|
v
|
पाकिस्तान १९२ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड |
नक् आउट चरण
[सम्पादन गर्नुहोस्]| सेमिफाइनलहरू | फाइनल | ||||||
| १८ जुन – लीड्स | |||||||
| |
९३ | ||||||
| |
९४/६ | ||||||
| २१ जुन – लन्डन | |||||||
| |
२७४ | ||||||
| |
२९१/८ | ||||||
| १८ जुन – लन्डन | |||||||
| |
१५८ | ||||||
| |
१५९/५ | ||||||
सेमीफाइनल
[सम्पादन गर्नुहोस्]१९७५ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल न्युजिल्यान्ड तथा वेस्ट इन्डिज बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ४ विकेटले हराएको थियो भने बेस्ट इन्डिजले न्युजिल्यान्डलाई ५ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।
१८ जुन १९७५
|
v
|
अस्ट्रेलिया ४ विकेटले बिजयी
लीड्स,इङ्ल्यान्ड |
१८ जुन १९७५
|
v
|
वेस्ट इन्डिज ५ विकेटले बिजयी
ओभल, लन्डन, इङ्ल्यान्ड |
फाइनल
[सम्पादन गर्नुहोस्]फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले हराएको थियो । वेस्ट इन्डिजको तर्फबाट कप्तान क्ल्याब लोयडले तुफानी १०२ रन (८५ बल) बनाएका थिए । अस्ट्रेलियाका अग्रपंक्तिका खेलाडीहरु रन आउट भएकोले अस्ट्रेलियाले राम्रो मौका गुमाएको थियो । सन् १९७५ को क्रिकेट विश्वकपमा म्यान अफ द सिरिजको ब्यबस्था थिएन ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य लिंक
[सम्पादन गर्नुहोस्]- क्रिकेट विश्वकप १९७५ क्रिकइन्फोबाट
- प्रथम विश्वकप १९७५ वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-०२ मिति