२०१६ साल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


त्रिभुवन विश्वविद्यालयको स्थापना बि.सं. २०१६ सालमा भएको हो । जुन नेपलमा उच्च शिक्षा प्रदान गर्ने पहिलो तथा अग्रणी सस्था हो । ३०४२-५-२ रोपनी ( १५९.७७ हेक्टर) क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालयको केन्द्रिय प्रशासनिक कार्यालय र विश्वबिद्यालयको केन्द्रिय क्याम्पस काठमाण्डौको केन्द्रबाट करिव ५ किलोमिटरको दुरीमा रहेको नेपालको पुरानो एवं ऐतिहासिक शहर किर्तिपुरको उत्तर पूर्वी मोहडामा यसको अवस्थित रहेको छ । यसका कुल ३९ वटा केन्द्रिय विभाग र ४ वटा अनुसन्धान केन्द्रहरु रहेकोमा ३१ विभाग र ३ अनुसन्धान केन्द्र किर्तिपुरमा नै अवस्थित छन् ।त्रिभुवन विश्वविद्यालयको कुलपतिको रुपमा नेपालका प्रधानमन्त्री र उपकुलपति शिक्षा मन्त्री रहने व्यबस्था बिद्यमान छ ।