२०२० बेरुत विस्फोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२० बेरुत विस्फोट
को भाग
विस्फोटपछिको दृश्य
समय१८:०८:१८ इइएसटी (१५:०८:१८ युटिसी) (दोस्रो विस्फोट)
मिति४ अगस्ट २०२० (2020-08-04)
स्थानबेरुत, लेबनान
निर्देशाङ्क३३°५४′०४″N ३५°३१′०८″E / ३३.९०१°N ३५.५१९°E / 33.901; 35.519निर्देशाङ्कहरू: ३३°५४′०४″N ३५°३१′०८″E / ३३.९०१°N ३५.५१९°E / 33.901; 35.519
कारणFire
मृत्यु१७१ +
घाइते६,०००+
बेपत्ता३०-४०
क्षतिUS$15+ billion

लेबनानको राजधानी बेरुतमा सन् २०२० अगस्ट ४ मा दुई शक्तिशाली विस्फोट भएको थियो।[१][२] [३] [४] बेरुत बन्दरगाहमा भएको दुई विस्फोटमा परि कम्तिमा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने[५] ७,००० भन्दा बढी व्यक्ति घाइते, लगभग १५-२० बिलियन अमेरिकी डलरको क्षति र ३,००,००० परिवार घरबिहीन भएका थिए।[६] [७] लेबनाली सुरक्षा महानिर्देशकले विस्फोटनको मुख्य कारण सरकारले बन्दरगाहमा जफत गरी राखेको करिब २,७५० टन एमोनियम नाइट्रेट थियो र विस्फोटको समय पछिल्लो ६ वर्षदेखि भण्डार गरी राखिएको बताएका छन्। [८]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

बेरुतमा विस्फोट हुनुपूर्व लेबनानको अर्थव्यवस्था सङ्कटको स्थितिमा थियो भने सरकार कर्जामा डुबिसकेको थियो। लेबनानी मुद्रा लेबनानी पाउन्डको स्थिति कमजोर भइसकेको थियो भने त्यहाँको गरीबी दर ५०% भन्दा बढी रहेको थियो। लेबनानको राजधानी सहर बेरुतमा रहेको यो बन्दरगाहलाई देशको प्रमुख समुद्री प्रवेशद्वार र दुर्लभ वस्तुहरू आयात गर्ने प्रमुख नाका थियो। लेबनानी सरकारको स्वामित्वमा रहेको यो बन्दरगाहमा चार बेसिन र बाह्र गोदाम सामेल थियो।[९]

घटनाको भिडियो

स्थानीय समय अनुसार १८:०० बजे (युटिसी +०३:००) बेरुत बन्दरगाहमा रहेको एउटा गोदाममा लागेको आगोलाई निभाउन वारुणयन्त्रको अग्नी नियन्त्रक टोलीलाई पठाइएको थियो। सोही बन्दरगाहमा भण्डार गरेर राखिएको अमोनियम नाइट्रेटको गोदाममा भएको पहिलो विस्फोटले आगोको मुस्लोको निर्माण गरेको थियो भने त्यसै गोदाममा लगभग स्थानीय समय अनुसार १८:०८ बजे भएको दोस्रो विस्फोट शक्तिशाली थियो। यसले बेरुत सहरलाई हल्लाएको थियो र हावामा रातो रङ्गको बाक्लो धुँवाको बादल बनाएको थियो।[१०] दोस्रो विस्फोट २४० किलोमिटर (१५० माइल) टाढा उत्तरी इजरायलसाइप्रससम्म महसुस गरिएको थियो।[११][१२][१३][१४][१५][१६][१७][१८]

क्षति[सम्पादन गर्नुहोस्]

दुर्घटना[सम्पादन गर्नुहोस्]

प्रतिक्रियाहरू[सम्पादन गर्नुहोस्]

आन्तरिक प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

लेबनानी प्रधानमन्त्री हसन दियाबले घटना भएको भोलिपल्ट सन् २०२० अगस्ट ५ मा राष्ट्रिय शोकको घोषणा गरेका थिए।[१९] लेबनान सरकारले घटनाको कारण देशमा दुई हप्ताको सङ्कटकालको घोषणा गरेको थियो।[२०] राष्ट्रपति अओउनले सरकारले विस्थापित मानिसलाई सहयोग गर्ने र स्वास्थ मन्त्रालयले घाइतेको उपचारको खर्च व्यहोर्ने घोषणा गरेका थिए।[२१] हिजबुल्लाहले ५ अगस्ट मा रक्तदान अभियान सुरु गर्यो। [२२]

बिरोध पछि कयौं लेबनानी सांसदले राजीनामा दिए ।,[२३] [२४] ,[२४][२५] ,[२५]: Script error: The function "hyphen2dash" does not exist.,[२६] [२७] जोर्डन को लागि लेबनानी राजदुत ले पनि राजिनामा दिए । [२८][२९] ६ On the night of 6 August, the protests against the government that had been ongoing since the previous October resumed, with dozens of protestors near the parliament building calling for the resignation of Lebanese government officials.[२९]: Script error: The function "hyphen2dash" does not exist.[३०]

विरोध[सम्पादन गर्नुहोस्]

सन् २०२० अगस्ट ६ तारिख राति हजारौ प्रदर्शनकारीहरूले सरकारको विरोधमा प्रदर्शन थालेका थिए। प्रदर्शनकारीहरूले लेबनानको संसद भवन नजिकै सुरु गरेको प्रदर्शनको मुख्य माग लेबनानका सरकारी अधिकारीहरूको राजीनामा रहेको थियो।[३१] प्रदर्शन उग्र भएपछि लेबनानी सुरक्षाकर्मीद्वारा अश्रु ग्यास प्रयोग गरिएको थियो जसबाट प्रदर्शनकारीहरू भागाभाग भएका थिए भने कयौँ प्रदर्शनकारी घाइते भएका थिए।

८ अक्टोबर मा , प्रधानमन्त्री हसन दियाबले प्रारम्भिक निर्वाचन को आह्वान गरे । उनले यसले देशलाई सङ्कटबाट मुक्त गर्ने एक मात्र माध्यम रहेको बताए ।[२४]: Script error: The function "hyphen2dash" does not exist.

९ अगस्ट मा, लेबनानी सुचना मन्त्री , मनाल अब्देल समाद र वातावरण मन्त्री ले राजीनामा दिए, जुन विस्फोटन यता सरकारको तर्फबाट पहिलो राजिनामा थियो ।[३२][३३] १० अगस्ट मा, कानुनमन्त्री मारिया क्लाउड नाज्मले पनि राजीनामा दिए , त्यसपछी लेबनानको सबै मन्त्रीमण्डल ले राजिनामा दियो ।[२७]: Script error: The function "hyphen2dash" does not exist.[३४][३५] क्याबिनेट को राजिनामा लगत्तै , लेबनानी प्रधानमन्त्री हसन दियाबले ले राजिनमा दिए ।[३६] राष्ट्रपति मीसेल आउनले सरकार र प्रधानमन्त्री को राजिनामा स्वीकृत गरे र नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन्।[३७]

अन्तर्राष्ट्रिय प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

आजादी टावर, इरान

धेरै राष्ट्रका राष्ट्रप्रमुख लगायत संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूले,[३८] घटनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा १०० जनाको मृत्यु, करिब ४ हजार घाइते", कान्तिपुर, अन्तिम पहुँच ५ अगस्ट २०२० 
  2. Khoury, Jack; Landou, Noa (अगस्ट ४, २०२०), "Massive explosion shakes Lebanese capital, buildings near Beirut port reportedly damaged", Haaretz (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ अगस्ट २०२० 
  3. Mroue, Bassem (४ अगस्ट २०२०), "Massive explosion shakes Lebanon's capital Beirut", San Francisco Chronicle (en-USमा), अन्तिम पहुँच ४ अगस्ट २०२० 
  4. Hubbard, Ben (४ अगस्ट २०२०), "Explosions Rock East Beirut", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  5. Chulov, Martin; Safi, Michael (४ अगस्ट २०२०), "Lebanon: at least 78 killed as huge explosion rocks Beirut", The Guardian, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  6. Holmes, Oliver; Beaumont, Peter; Safi, Michael; Chulov, Martin (४ अगस्ट २०२०), "Beirut explosion: dead and wounded among 'hundreds of casualties', says Lebanon Red Cross – live updates", The Guardian, अन्तिम पहुँच अगस्ट ४, २०२० 
  7. Gadzo, Mersiha (अगस्ट ४, २०२०), "Dozens killed, thousands wounded in Beirut blast: Live updates", Al Jazeera, अन्तिम पहुँच २०२०-०८-०४ 
  8. Gadzo, Mersiha (४ अगस्ट २०२०), "Explosion 'caused by highly explosive material stored in warehouse': Official", Al Jazeera, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  9. Grzeszczak, Jocelyn (४ अगस्ट २०२०), "What is the Port of Beirut? Everything We Know About the Site Following Deadly Explosion", Newsweek, अन्तिम पहुँच ५ अगस्ट २०२० 
  10. "बेरुत विस्फोट : कति खतरनाक हुन्छ ‘अमोनियम नाइट्रेट’ ?", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-०९ 
  11. Hubbard, Ben (४ अगस्ट २०२०), "Explosions Rock East Beirut", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट ४ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  12. "M 3.3 Explosion – 1 km ENE of Beirut, Lebanon", Earthquake Hazards Program, संयुक्त राज्य भूगर्भ सर्वेक्षण, अन्तिम पहुँच ५ अगस्ट २०२० 
  13. "Here’s what the videos of the Beirut blast tell us about the explosion", Washington Post, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  14. Pickrell, Ryan, "Shocking videos capture massive explosion that rocked the Lebanese capital of Beirut", Business Insider, मूलबाट ५ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  15. "Beirut explosion updates: Massive blast rocks Lebanese capital", बिबिसी, मूलबाट ४ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  16. "Like an earthquake': Huge explosion rips through Beirut captured on video", हिन्दुस्तान टाइम्स, ४ अगस्ट २०२०, मूलबाट ५ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  17. Qiblawi, Tamara, "Beirut's residents describe apocalyptic scenes after explosion rocks city", CNN, अन्तिम पहुँच ५ अगस्ट २०२० 
  18. "Devastating: the terrible aftermath of the Beirut explosion", Arab News (अङ्ग्रेजीमा), ५ अगस्ट २०२०, अन्तिम पहुँच ५ अगस्ट २०२० 
  19. "Lebanon's Prime Minister Hassan Diab declares national day of mourning Wednesday, after Beirut blast", The Daily Star, ४ अगस्ट २०२०, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  20. "Lebanon Declares 2-Week State of Emergency After Deadly Blast", VOA News, ६ अगस्ट २०२०। 
  21. Cheeseman, Abbie; Suliman, Adela; Mulligan, Matthew (४ अगस्ट २०२०), "Massive explosion rocks Beirut, causing injuries and widespread damage", NBC News, मूलबाट ४ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  22. "Hezbollah launches a blood donation campaign in favor of those injured in Beirut explosion, calls for a wide participation", Al-Manar, ५ अगस्ट २०२०, मूलबाट ५ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  23. "Beirut blasts: Lebanese MP Marwan Hamadeh resigns, says 'government ineffective'", Al Arabiya English, ५ अगस्ट २०२०। 
  24. २४.० २४.१ २४.२ "Police fire tear gas to break up Beirut protest: Live updates", Al Jazeera, अन्तिम पहुँच ८ अगस्ट २०२० 
  25. २५.० २५.१ Najjar, Ted Regencia, Arwa Ibrahim, Farah, "Second day of protests as anger over Beirut explosion grows: Live", Al Jazeera, अन्तिम पहुँच १० अगस्ट २०२० 
  26. "Lebanese government on verge of collapse after 3 ministers, 8 MPs resign", Al Arabiya English, ९ अगस्ट २०२०, अन्तिम पहुँच १० अगस्ट २०२० 
  27. २७.० २७.१ Allahoum, Ted Regencia, Linah Alsaafin, Ramy, "'Endemic corruption' caused Beirut blast, says Diab: Live updates", Al Jazeera, अन्तिम पहुँच १० अगस्ट २०२० 
  28. "Lebanon's ambassador to Jordan resigns on live TV, cites rampant corruption", Al Arabiya English, ६ अगस्ट २०२०। 
  29. २९.० २९.१ Allahoum, Ted Regencia, Arwa Ibrahim, Ramy, "LIVE: France's Macron says Lebanon aid won't go to the 'corrupt'", Al Jazeera 
  30. "Anti-government protests break out in Beirut", BBC, ७ अगस्ट २०२०। 
  31. "Anti-government protests break out in Beirut", ७ अगस्ट २०२० – www.bbc.co.ukद्वारा। 
  32. "Lebanon information minister quits in first cabinet resignation", The Guardian, अन्तिम पहुँच ९ अगस्ट २०२० 
  33. Regencia, Ted; Ibrahim, Arwa; Najja, Farah (९ अगस्ट २०२०), "Second day of protests as anger over Beirut explosion grows: Live", Al Jazeera, अन्तिम पहुँच ९ अगस्ट २०२० 
  34. "Lebanese cabinet resigns amid political fallout from Beirut explosion", Haaretz.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० अगस्ट २०२० 
  35. "Beirut blast: Lebanese government resigns over explosion", euronews (अङ्ग्रेजीमा), १० अगस्ट २०२०, अन्तिम पहुँच १० अगस्ट २०२० 
  36. "Lebanese PM steps down in wake of Beirut explosion, protests", AP NEWS, १० अगस्ट २०२०, अन्तिम पहुँच १० अगस्ट २०२० 
  37. "Lebanon's president accepts gov't resignation after Beirut blast", Al Jazeera, अन्तिम पहुँच १० अगस्ट २०२० 
  38. "UNIFIL statement on the explosion in Beirut", UNIFIL (अङ्ग्रेजीमा), ४ अगस्ट २०२०, अन्तिम पहुँच ५ अगस्ट २०२०