२०२२ आइसिसी पुरुष टि२० विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ आइसिसी पुरुष टि२० विश्वकप
मितिसन् २०२२ अक्टोबर १६ – सन् २०२२ नोभेम्बर १३
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
क्रिकेटको प्रकारट्वान्टी२० अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारसमूह चरणनक आउट
आयोजक(हरू) अस्ट्रेलिया
सहभागीहरू१६[१]
खेल संख्या४५[२]
आधिकारिक वेबसाइटaus2022.t20worldcup.com

२०२२ आइसिसी पुरुष टि२० विश्वकप आइसिसी पुरुष टि२० विश्वकप प्रतियोगिताको ८औँ संस्करण हो।[३] यो प्रतियोगिता अस्ट्रेलियामा सन् २०२२ को अक्टोबर १६ देखि सन् २०२२ नोभेम्बर १३ सम्म आयोजना भइरहेको छ।[४][५] सुरुमा यो प्रतियोगिता सन् २०२० मा आयोजना गर्ने भनिए पनि सन् २०२० को जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कोभिड–१९ को महामारीका कारण प्रतियोगिता स्थगित भएको पुष्टि गरेको थियो।[६] सन् २०२० अगस्टमा आइसिसीले सन् २०२२ मा पुनर्व्यवस्थित तरिकाले आस्ट्रेलियाले विश्वकप प्रतियोगिता आयोजना गर्नेछ,[७] र सन् २०२१ को विश्वकप प्रतियोगिता भारतमा आयोजना गरिने मूल योजना तय गरिएको थियो[८] तर पछि ७औँ संस्करणको विश्वकप प्रतियोगिता संयुक्त अरब इमिरेट्सओमानमा सारिएको थियो। [९] सन् २०२२ जनवरी २१ को दिन आइसिसीले विश्वकप प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको थियो।[१०][११] प्रतियोगिता आयोजक राष्ट्र अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली निवर्तमान विजेता राष्ट्र पनि हो।[१२]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सन् २०१८ अप्रिलमा आइसिसीले निर्धारित २०२१ आइसिसी च्याम्पियन्स ट्रफीलाई यो प्रतियोगिताले प्रतिस्थापन गर्ने घोषणा गरेको थियो।[१३] आइसिसीले सन् २०१९ जनवरी १ देखि सदस्य राष्ट्रहरूबिच खेलिने ट्वान्टी२० खेललाई पूर्ण अन्तर्राष्ट्रिय मान्यता दिएपछि यस्तो भएको हो। [१४]

सन् २०१९ अक्टोबरमा आइसिसीले टि२० विश्वकप छनोट प्रतियोगिता रद्द गर्न सक्छ भनि खबर आएको थियो जुन टि२० विश्वकपको लागि योग्यताको लागि मार्गको रूपमा प्रयोग हुने गरेको थियो।[१५] तसर्थ, २०२० आइसिसी टि२० विश्वकपबाट १२ टोली र छनोट प्रतियोगिताबाट चार टोलीले टि२० विश्वकप खेल्ने छन्। सन् २०२० जनवरी २३ मा आइसिसीले प्रतियोगिताको लागि योग्य टोलीको पूर्ण विवरण पुष्टि गरेको थियो।[१६] सन् २०२० मे महिनामा आइसिसीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) लाई प्रतियोगिताको लागि भारत सरकारबाट कर छुट प्राप्त गर्न असफल भएपछि उनीहरूले भारतबाट आयोजना गर्ने अधिकार खोस्ने बताएका थिए।[१७]

सन् २०२० जुलाईमा कोभिड-१९ महामारीका कारण प्रतियोगिताको अघिल्लो संस्करणको समीक्षा भइरहेको समयमा क्रिकेट अस्ट्रेलियाका अध्यक्ष अर्ल एडिङ्सले अस्ट्रेलियाले उक्त प्रतियोगिता सन् २०२१ अक्टोबरमा आयोजना गर्न सक्ने सुझाव दिए र भारतले एक वर्षपछि यो प्रतियोगिता आयोजना गर्ने बताएको थियो। सन् २०२२ मा[१८] आइसिसीले अस्ट्रेलिया वा भारत मूल रूपमा सन् २०२० र सन् २०२१ मा आयोजना हुने प्रतियोगिताको आयोजना गर्ने पुष्टि गरेको थियो।[१९][२०]

टोली र योग्यता[सम्पादन गर्नुहोस्]

२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिताको सुपर १२ चरणमा पुगेका बाह्र टोलीहरू सन् २०२२ प्रतियोगिताको लागि स्वतः छनोट भएका छन्।[२१][२२] अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्डदक्षिण अफ्रिका सबै २०२१ प्रतियोगितामा उनीहरूको प्रदर्शन र सन् २०२१ नोभेम्बर १५ सम्मको क्रमाङ्कको आधारमा यस प्रतियोगिताको सुपर १२[२३] लागि सोझै योग्य भएका छन्। नामिबिया, स्कटल्यान्ड, श्रीलङ्कावेस्ट इन्डिज सबै प्रतियोगिताको समूह चरणमा परेका थिए। [२४]

बाँकी चार स्थान दुई वैश्विक क्वालिफायरका शीर्ष दुई टोलीबाट आएका थिए। [२५] वैश्विक क्वालिफायरमा कुल १६ टोली रहेका थिए। यस टोलीमा सन् २०२१ विश्वकप प्रतियोगिता (आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमानपपुवा न्युगिनी) को पुछारका चार टोलीहरू, अर्को चार शीर्ष टि२०आई टोलीहरू (जिम्बाब्वे, नेपाल, संयुक्त अरब इमिरेट्ससिङ्गापुर),[२६] र आठ क्षेत्रीय फाइनलबाट अघि बढेका टोलीहरू समावेश थिए।[१६] वैश्विक क्वालिफायर 'ए' प्रतियोगिताबाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स टि–२० विश्वकपमा प्रवेश गरेका छन्।[२७][२८] युएईले वैश्विक क्वालिफायर ए जितेर[२९] टि–२० विश्वकपको समूह 'ए' मा स्थान बनाएको हो भने आयरल्यान्डले समूह 'बी' मा आफ्नो स्थान सुरक्षित गरेको हो।[३०] ग्लोबल क्वालिफायर 'बी' प्रतियोगिताबाट नेदरल्यान्ड्स र जिम्बाब्वे छनोट हुने अन्तिम दुई टोली बनेका छन्।[३१] जिम्बाब्वेले टि२० वैश्विक क्वालिफायर 'बी' प्रतियगिता जितेकोले[३२] [३३] समूह 'ए' मा स्थान बनाएको हो।

योग्यताको माध्यम मिति स्थान # योग्य
आयोजक राष्ट्र सन् २०२० अगस्ट ७  अस्ट्रेलिया
२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

(आयोजक बाहेक अघिल्लो प्रतियोगिताका शीर्ष ११ टोलीहरू)

सन् २०२१ नोभेम्बर संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स

ओमान ओमान

११  अफगानिस्तान

 बङ्गलादेश

 इङ्ल्यान्ड

 भारत

 नामिबिया

 न्युजिल्यान्ड

 पाकिस्तान

 स्कटल्यान्ड

 दक्षिण अफ्रिका

 श्रीलङ्का

 वेस्ट इन्डिज

वैश्विक क्वालिफायर 'ए' १८–२४ फेब्रुअरी २०२२ ओमान ओमान  आयरल्यान्ड

 संयुक्त अरब इमिरेट्स

वैश्विक क्वालिफायर 'बी' ११–१७ जुलाई २०२२ जिम्बाब्वे जिम्बाब्वे  नेदरल्यान्ड

 जिम्बाब्वे

कुल १६

वैश्विक क्वालिफायर[सम्पादन गर्नुहोस्]

वैश्विक क्वालिफायरमा २०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीका चार सबैभन्दा तल्लो वरीयताका टोलीहरू, विश्वकप वा क्वालिफायरका लागि अयोग्य चार उत्कृष्ट वरीयताका टोलीहरू र क्षेत्रीय क्वालिफायरबाट आठ टोलीहरू समावेश रहेका थिए।[३४] सन् २०२० मार्च २४ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२० जुन ३० अघि हुने भनिएको सबै आइसिसी छनौट खेलहरू कोरोना भाइरस प्रकोपका कारण स्थगित भएको पुष्टि गरेको थियो।[३५] सन् २०२० डिसेम्बरमा आइसिसीले महामारीबाट अवरोध खुले पछि योग्यता मार्ग उद्यतन गरेको थियो।[३६]

सन् २०२१ अगस्टमा आइसिसीले कोरोना भाइरस महामारीका कारण पूर्वीएसियाप्रशान्त क्वालिफायर रद्द गरिएको पुष्टि गरेको थियो।[३७] फलस्वरूप, फिलिपिन्स इएपी क्षेत्रको उच्च श्रेणीको टोलीको रूपमा वैश्विक क्वालिफायरमा पुगेको थियो।[३८] सन् २०२१ अक्टोबरमा, एसिया छनोटको समूह 'बी' पनि महामारीको कारण रद्द भएको थियो जसको फलस्वरूप हङकङ उच्च श्रेणीको टोलीको रूपमा प्रगति गर्दै वैश्विक क्वालिफायरमा पुगेको थियो।[३९] युरोपेली क्वालिफायरको क्षेत्रीय फाइनलमा जर्सीले आफ्नो पहिलो चार खेल जितेर वैश्विक क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको थियो।[४०] नेट रन रेटमा इटालीलाई पछि पार्दै जर्मनी युरोपेली समूहबाट पनि अगाडि बढ्दै दोस्रो स्थानमा रहेको थियो।[४१] एसिया छनोटको समूह ‘ए’ को उपाधि बहराइनले नेट रन रेटमा कतारभन्दा केही अगाडि रह्दै वैश्विक क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको थियो।[४२] अमेरिका छनोटमा, संयुक्त राज्य अमेरिका आफ्नो समूहबाट पहिलो पाँच खेल जितेर वैश्विक क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको थियो।[४३] अमेरिकाको क्वालिफायर समूहमा दोस्रो स्थानमा रहेको क्यानडाले उनीहरूलाई समातेको थियो।[४४] अफ्रिका छनोटको क्षेत्रीय फाइनल जितेर युगान्डाले वैश्विक क्वालिफायरमा अन्तिम स्थान दावी गरेको थियो।[४५]

योग्यताको माध्यम मिति स्थान # योग्य
२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

(आयोजक बाहेक अघिल्लो प्रतियोगिताका शीर्ष ११ टोलीहरू)

सन् २०२१ नोभेम्बर संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स

ओमान ओमान

 आयरल्यान्ड

 नेदरल्यान्ड

 ओमान

 पपुवा न्युगिनी

आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप

(उच्च श्रेणीका टोलीहरू पहिले नै योग्य छैनन्)

 नेपाल

 संयुक्त अरब इमिरेट्स

 सिङ्गापुर

 जिम्बाब्वे

क्षेत्रीय योग्यता [४६]
अफ्रिका सन् २०२१ नोभेम्बर १७–२० रुवान्डा रुवान्डा  युगान्डा
अमेरिका सन् २०२१ नोभेम्बर ७–१४ एन्टिगुआ र बर्बुडा एन्टिगुवा र बारबुडा  

 संयुक्त राज्य अमेरिका

 क्यानडा

एशिया सन् २०२१ अक्टोबर २३–२९ कतार कतार (समूह 'ए')  बहराइन
रद्द गरियो मलेसिया मलेसिया (समूह 'बी')  हङकङ
पूर्वी एसिया-प्रशान्त रद्द गरियो जापान जापान  फिलिपिन्स
युरोप सन् २०२१ अक्टोबर १५–२१ स्पेन स्पेन  जर्सी

 जर्मनी

कुल १६

म्याच अधिकारीहरू[सम्पादन गर्नुहोस्]

सन् २०२२ अक्टोबर ३ मा आइसिसीले प्रतियोगिताका लागि म्याच रेफ्री र मैदानमा रहेका अम्पायरहरूको नाम तोकेको थियो।[४७]

म्याच रेफ्रीहरू

अम्पायरहरू

टोलीहरू[सम्पादन गर्नुहोस्]

सन् २०२२ सेप्टेम्बर १ मा अस्ट्रेलिया प्रतियोगिताको लागि आफ्नो टोली घोषणा गर्ने पहिलो राष्ट्र बनेको थियो।[४८] सबै टोलीहरूले सन् २०२२ सेप्टेम्बर २२ सम्म आफ्नो प्रारम्भिक टोली घोषणा गरेको थियो। [४९]

स्थानहरू[सम्पादन गर्नुहोस्]

सन् २०२१ नोभेम्बर १५ मा आइसिसीले प्रतियोगिताका खेलहरू आयोजना गर्ने स्थानहरू पुष्टि गरेको थियो।[५०] एडिलेड, ब्रिसबेन, जिलङ, होबार्ट, मेलबर्न, पर्थसिड्नी आयोजक सहरहरू हुन्।[५१] सेमिफाइनल सिड्नी क्रिकेट मैदानएडिलेड ओभलमा हुनेछ[५२] फाइनल मेलबर्न क्रिकेट मैदानमा हुनेछ।[५३]

एडिलेड ब्रिसबेन जिलङ
एडिलेड ओभल द गाबा कार्डिनिया पार्क
क्षमता: ५५,३१७ क्षमता: ४२,००० क्षमता: २६,०००[क]
होबार्ट
बेलेरिभ ओभल
क्षमता: २०,०००
पर्थ मेलबर्न सिड्नी
पर्थ रङ्गशाला मेलबर्न क्रिकेट मैदान सिड्नी क्रिकेट मैदान
क्षमता: ६१,२६६ क्षमता: १,००,०२४ क्षमता: ४८,६०१

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

सन् २०२२ सेप्टेम्बर ३० मा आइसिसीले प्रतियोगिताको पुरस्कार राशि घोषणा गरेको थियो।[५६]

चरण पुरस्कार राशि (अमेरिकी$) टोली / खेलहरू कुल
विजेताहरू $१.६ मिलियन $१६,००,०००
उपविजेता $८,००,००० $८,००,०००
सेमिफाइनलमा हारेको $४,००,००० प्रत्येक $८,००,०००
"सुपर १२" खेल जित्दा बोनस $४०,००० प्रति खेल ३० $१२,००,०००
"सुपर १२" चरणमा नकआउट हुने टोलीहरू $७०,००० प्रत्येक $५,६०,०००
"पहिलो राउन्ड" खेल जित्दा बोनस $४०,००० प्रति खेल १२ $४,८०,०००
"पहिलो राउन्ड" मा नकआउट हुने टोलीहरू $४०,००० प्रत्येक $१,६०,०००
कुल $५६,००,०००

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. The stadium is currently undergoing construction, which has reduced the stadium's capacity to around 26,000.[५४][५५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ICC converts 2021 Champions Trophy in India into World T20", Times of India, अन्तिम पहुँच २६ अप्रिल २०१८ 
  2. "2022 T20 WC: MCG to host final on November 13", Cricbuzz, अन्तिम पहुँच १६ नोभेम्बर २०२१ 
  3. "ICC scraps 50-over Champions Trophy, India to host 2021 edition as World T20", First Post, अन्तिम पहुँच २९ अप्रिल २०१८ 
  4. "One-Year-To-Go until Australia hosts ICC Men's T20 World Cup 2022", International Cricket Council, अन्तिम पहुँच १६ अक्टोबर २०२१ 
  5. "India retains T20 World Cup in 2021, Australia to host in 2022", ESPN Cricinfo, अन्तिम पहुँच ७ अगस्ट २०२० 
  6. "Men's T20 World Cup postponement FAQs", International Cricket Council, अन्तिम पहुँच २० जुलाई २०२० 
  7. "Men's T20WC 2021 in India, 2022 in Australia; Women's CWC postponed", International Cricket Council, ७ अगस्ट २०२०, अन्तिम पहुँच २५ सेप्टेम्बर २०२० 
  8. "Venue for postponed 2020 ICC Men's T20 World Cup confirmed", International Cricket Council, अन्तिम पहुँच ७ अगस्ट २०२० 
  9. "ICC Men's T20 World Cup shifted to UAE, Oman", International Cricket Council, अन्तिम पहुँच ११ नोभेम्बर २०२१ 
  10. "Australia will begin men's T20 World Cup defence against New Zealand", ESPN Cricinfo, अन्तिम पहुँच २२ जनवरी २०२२ 
  11. "Fixtures revealed for ICC Men’s T20 World Cup 2022 in Australia", International Cricket Council, अन्तिम पहुँच २२ जनवरी २०२२ 
  12. "Marsh and Warner take Australia to T20 World Cup glory", International Cricket Council, अन्तिम पहुँच १४ नोभेम्बर २०२१ 
  13. "Back-to-back World T20s to replace Champions Trophy", ESPN Cricinfo, अन्तिम पहुँच २६ अप्रिल २०१८ 
  14. "All T20I matches to get international status", International Cricket Council, अन्तिम पहुँच २६ अप्रिल २०१८ 
  15. "T20 World Cup Qualifier set to be axed for 2021", CricBuzz, अन्तिम पहुँच ३१ अक्टोबर २०१९ 
  16. १६.० १६.१ "ICC Men's T20 World Cup 2021 qualification process confirmed", International Cricket Council, अन्तिम पहुँच २३ जनवरी २०२० 
  17. "ICC threatens to shift 2021 T20 World Cup from India over tax issues", ESPN Cricinfo, अन्तिम पहुँच २७ मे २०२० 
  18. "T20 World Cup 'unrealistic' and 'unlikely' this year - Cricket Australia chairman", ESPN Cricinfo, अन्तिम पहुँच १६ जुन २०२० 
  19. "ICC Men's T20 World Cup in Australia postponed", International Cricket Council, अन्तिम पहुँच २० जुलाई २०२० 
  20. "World Cup call paves the way for summer like no other", Cricket Australia, अन्तिम पहुँच २१ जुलाई २०२० 
  21. "ICC expands qualifiers for 2021 T20 World Cup to 16 teams", ESPN Cricinfo, अन्तिम पहुँच २३ जनवरी २०२० 
  22. "Bangladesh, Namibia, Scotland and Sri Lanka qualify for Men's T20 World Cup 2022", International Cricket Council, अन्तिम पहुँच २३ अक्टोबर २०२१ 
  23. "Automatic Super 12 qualifiers for T20 World Cup 2022 confirmed", International Cricket Council, अन्तिम पहुँच ६ नोभेम्बर २०२१ 
  24. "Bangladesh and Afghanistan assured of Super 12s spot in 2022, WI and SL to compete in first round", ESPN Cricinfo, अन्तिम पहुँच ६ नोभेम्बर २०२१ 
  25. "ICC Men's T20 World Cup 2021 qualification process confirmed", International Cricket Council, अन्तिम पहुँच २३ जनवरी २०२० "ICC Men's T20 World Cup 2021 qualification process confirmed".
  26. "Singapore promoted to global qualifier for 2022 T20 World Cup", ESPN Cricinfo, अन्तिम पहुँच १४ डिसेम्बर २०२० 
  27. "T20 World Cup Qualifier: Ireland beat Oman by 56 runs in semi-final to reach World Cup", BBC Sport, अन्तिम पहुँच २२ फेब्रुअरी २०२२ 
  28. "Five-star Ahmed Raza leads UAE to T20 World Cup 2022 after victory over Nepal", The National, अन्तिम पहुँच २२ फेब्रुअरी २०२२ 
  29. "Waseem century leads UAE to victory over Ireland", Cricket Europe, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०२२ मिति
  30. "Ireland learn their T20 World Cup First Round Group Stage after loss to UAE", Cricket Ireland, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०२२ मिति
  31. "Zimbabwe and Netherlands claim final two spots at 2022 Men's T20 World Cup", ESPN Cricinfo, अन्तिम पहुँच १५ जुलाई २०२२ 
  32. "Final Groups and Fixtures confirmed for ICC Men's T20 World Cup 2022 as Zimbabwe win Qualifier B", International Cricket Council, अन्तिम पहुँच १७ जुलाई २०२२ 
  33. "Sensational bowling display helps Zimbabwe clinch ICC Men's T20WC Qualifier B title", International Cricket Council, अन्तिम पहुँच १७ जुलाई २०२२ 
  34. "ICC Men's T20 World Cup 2021 qualification process confirmed", International Cricket Council, अन्तिम पहुँच २३ जनवरी २०२० "ICC Men's T20 World Cup 2021 qualification process confirmed".
  35. "COVID-19 update – ICC qualifying events", International Cricket Council, अन्तिम पहुँच २६ मार्च २०२० 
  36. "Qualification to Men's T20 World Cup 2022 in Australia confirmed", International Cricket Council, अन्तिम पहुँच १४ डिसेम्बर २०२० 
  37. "ICC Confirm Cancellation of EAP Tournaments in 2021", Japan Cricket Association, अन्तिम पहुँच ३१ अगस्ट २०२१ 
  38. "ICC's East-Asia Pacific qualifiers in Japan cancelled", CricBuzz, अन्तिम पहुँच १ सेप्टेम्बर २०२१ 
  39. "Asia B Qualifier to Men's T20 World Cup 2022 cancelled", International Cricket Council, अन्तिम पहुँच ११ अक्टोबर २०२१ 
  40. "Jersey progress in T20 qualifying", Cricket Europe, अन्तिम पहुँच १९ अक्टोबर २०२१  वेब्याक मेसिन अभिलेखिकरण १९ अक्टोबर २०२१ मिति
  41. "T20 cricket: Germany's men make history and take a step closer to the World Cup", Deutsche Welle, अन्तिम पहुँच २१ अक्टोबर २०२१ 
  42. "T20 World Cup qualifiers: Bahrain win Group A title race on NRR", The Peninsula Qatar, अन्तिम पहुँच ३१ अक्टोबर २०२१ 
  43. "USA to host Ireland in landmark Christmas series", Emerging Cricket, अन्तिम पहुँच १३ नोभेम्बर २०२१ 
  44. "Bermuda make hard work of Argentina in tournament finale", The Royal Gazette, अन्तिम पहुँच १५ नोभेम्बर २०२१ 
  45. "The Andrew Nixon Column: 21 November", Cricket Europe, अन्तिम पहुँच २१ नोभेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण २१ नोभेम्बर २०२१ मिति
  46. "2022 T20 World Cup qualification pathway", Cricket Europe, अन्तिम पहुँच १४ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०२१ मिति
  47. "Match officials for ICC Men’s T20 World Cup 2022 announced", International Cricket Council, अन्तिम पहुँच ३ अक्टोबर २०२२ 
  48. "Surprise inclusion as Australia name T20 World Cup squad", ICC, अन्तिम पहुँच १ सेप्टेम्बर २०२२ 
  49. "All the squads for ICC Men's T20 World Cup 2022", t20worldcup.com 
  50. "Host Cities Confirmed As Australia Set To Defend ICC Men's T20 World Cup 2022 Crown On Home Soil", International Cricket Council, १५ नोभेम्बर २०२१, अन्तिम पहुँच १६ नोभेम्बर २०२१ 
  51. "Venues locked in for World Cup defence in Australia", Cricket Australia, अन्तिम पहुँच १६ नोभेम्बर २०२१ 
  52. "Venues confirmed as Australia aim to defend T20 World Cup title at home", International Cricket Council, १६ नोभेम्बर २०२१, अन्तिम पहुँच १६ नोभेम्बर २०२१ 
  53. "Seven host cities announced for 2022 T20 World Cup, MCG to host final", ESPN Cricinfo, अन्तिम पहुँच १६ नोभेम्बर २०२१ 
  54. "More fans to enjoy live football as Geelong's GMHBA Stadium increases capacity limits", Western United FC, अन्तिम पहुँच २९ जुन २०२२ 
  55. "Cats keep nine at GMHBA", K Rock Football, अन्तिम पहुँच २९ जुन २०२२ 
  56. "ICC Men’s T20 World Cup 2022 prize pot announced", International Cricket Council, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]