सामग्रीमा जानुहोस्

२०२६ फिफा विश्वकप फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२६ फिफा विश्वकप फाइनल
स्पेनले फिफा विश्वकप ट्रफी उचाल्दै
प्रतियोगिता२०२६ फिफा विश्वकप
अतिरिक्त समय पछि
मिति१९ जुलाई २०२६ (2026-07-19)
स्थानमेटलाइफ रङ्गशाला[१], इस्ट रदरफोर्ड
म्यान अफ द म्याचFerran Torres (Spain)[२]
रेफ्रीSlavko Vinčić (Slovenia)
उपस्थिति८०,६६३
मौसमसफा
८१ °फे (२७ °से)
४०% आर्द्रता[३]
२०३० →

२०२६ फिफा विश्वकप फाइनल पुरुष राष्ट्रिय फुटबल टोलीहरूका लागि फिफाको प्रतियोगिताको २३औँ संस्करण २०२६ फिफा विश्वकपको अन्तिम खेल हुनेछ। यो खेल जुलाई १९, २०२६ मा हुने तय भएको छ र युरोपेली च्याम्पियन स्पेन र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर नजिकै न्युजर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ रङ्गशालामा आयोजना हुनेछ।

पृष्ठभूमि

[सम्पादन]

फिफाले फाइनलको मिति २०२३ मार्च १६ मा घोषणा गरेको थियो।[४] फिफाले फाइनलको आयोजक मेटलाइफ रङ्गशालाको घोषणा २०२४ फेब्रुअरी ४ मा गरेको थियो।[५] यो घोषणा सुरुमा २०२३ को अन्त्यतिर हुने अपेक्षा गरिएको थियो, तर योजना निर्माणसम्बन्धी कठिनाइका कारण ढिलाइ भएको थियो।[६]

मनोरञ्जन

[सम्पादन]

२०२६ को फाइनल एनएफएलको सुपर बाउलमा हुनेजस्तै मध्यविराम कार्यक्रम समावेश गर्ने पहिलो विश्वकप फाइनल हुनेछ। फिफाले २०२४ नोभेम्बर २८ मा उक्त कार्यक्रमको घोषणा गरेको थियो, जसमा ग्लोबल सिटिजन सह-निर्माताका रूपमा सूचीकृत थियो।[७] कोल्डप्लेका क्रिस मार्टिनद्वारा संयोजन गरिएको ११ मिनेट लामो मध्यविराम कार्यक्रमको मुख्य आकर्षण म्याडोना, सकिरा र बिटिएस हुनेछन्।[८][९] जुलाई ८ मा जस्टिन बीबर, बर्ना ब्वाय, गुस्ताभो डुडामेल र पीएस२२ कोरस (जसमा कोल्डप्ले पनि समावेश हुनेछ) मध्यविराम कार्यक्रममा थपिएका थिए।[१०] यस प्रस्तुतिमार्फत फिफा ग्लोबल सिटिजन शिक्षा कोषका लागि १० करोड अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य पनि राखिएको छ।[९] मध्यविराम कार्यक्रमलाई अत्यधिक व्यावसायीकरण गरिएको र खेलको अनावश्यक अमेरिकीकरण भएको भन्दै फुटबल टिप्पणीकार र समर्थकहरूले आलोचना गरेका थिए।[११][१२] खेलका आधिकारिक नियमअनुसार मध्यविराम १५ मिनेटभन्दा बढी हुन सक्दैन, तर २०२४ को कोपा अमेरिका फाइनल र २०२५ को फिफा क्लब विश्वकप फाइनलका मध्यविराम कार्यक्रम भने क्रमशः २४ मिनेटसम्म पुगेका थिए।[१२][१३]

विवरण

[सम्पादन]
स्पेन १–० (a.e.t.) अर्जेन्टिना
[Report १]

Man of the Match:
Ferran Torres (Spain)[२]

Assistant referees:[१४]
Tomaž Klančnik (Slovenia)
Andraž Kovačič (Slovenia)
Fourth official:
Adham Makhadmeh (Jordan)
Reserve assistant referee:
Mohammad Al-Kalaf (Jordan)
Video assistant referee:
Bastian Dankert (Germany)
Assistant video assistant referee:
Nicolás Gallo (Colombia)
Support video assistant referee:
Khamis Al-Marri (Qatar)

'खेलका नियमहरू[१५]

  • ९० मिनेट
  • ३० मिनेटको अतिरिक्त समय यदि आवश्यक भएमा
  • यदि स्कोर अझै बराबर भएमा पेनाल्टी सुट-आउट
  • बढीमा 15 जनासम्म वैकल्पिक खेलाडीहरूको नाम दर्ता गर्न पाइने
  • बढीमा 5 जनासम्म खेलाडी परिवर्तन गर्न पाइने, अतिरिक्त समयमा थप १ जना खेलाडी परिवर्तन गर्न पाइने व्यवस्था सहित
  • खेलाडी परिवर्तनका लागि बढीमा तीन पटकको अवसर, अतिरिक्त समयमा चौथो अवसर सहित
  • बढीमा एक जना कन्कसन वैकल्पिक खेलाडी, विपक्षी टोलीलाई थप छुट्टै खेलाडी परिवर्तनको सुविधा सहित

टिप्पणीहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "न्युयोर्क न्युजर्सी रङ्गशाला" भनेर उल्लेख गरिएको
  2. 1 2 "Michelob Ultra Superior Player of the Match – every winner", FIFA, जुन २९, २०२६, अन्तिम पहुँच जुलाई १९, २०२६।
  3. ↑ "Teterboro, NJ Weather History", Weather Underground, जुलाई १९, २०२६, अन्तिम पहुँच जुलाई १९, २०२६।
  4. ↑ "Date set for FIFA World Cup 26 final" (प्रेस विज्ञप्ति), FIFA, मार्च १६, २०२३, अन्तिम पहुँच जनवरी १८, २०२४।
  5. ↑ Dominski, Michael (फेब्रुअरी ४, २०२४), "World Cup 2026 schedule announcement live updates: Latest as FIFA selects host city for final", The Athletic, अन्तिम पहुँच फेब्रुअरी ४, २०२४।
  6. ↑ Panja, Tariq (सेप्टेम्बर १५, २०२३), "FIFA Delays Have Cities Worried About 2026 World Cup Plans", The New York Times, अन्तिम पहुँच जनवरी १८, २०२४।
  7. ↑ Willman, Chris (सेप्टेम्बर २८, २०२४), "Global Citizen to Produce Halftime Show for FIFA World Cup Final, Starting in 2026", Variety, मूलबाट सेप्टेम्बर २८, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २८, २०२६।
  8. ↑ Morgan, Emmanuel (मे १४, २०२६), "Shakira, Madonna and BTS Are First World Cup Final Halftime Show", The New York Times, अन्तिम पहुँच जुलाई ५, २०२६।
  9. 1 2 McKenna, Lorraine (मे १४, २०२६), "Madonna, Shakira & BTS to headline World Cup show", BBC Sport, मूलबाट मे १४, २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १४, २०२६।
  10. ↑ "Justin Bieber joins World Cup final halftime show lineup", ESPN.com, Associated Press, ८ जुलाई २०२६, अन्तिम पहुँच ८ जुलाई २०२६।
  11. ↑ Church, Ben (मे १५, २०२६), "Why some purists can't stand the idea of a World Cup halftime show", CNN, मूलबाट मे १६, २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०२६।
  12. 1 2 Hughes, Matt (जुन १०, २०२६), "TV rights holders frustrated over World Cup final half-time show delay", The Guardian, मूलबाट जुन १०, २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०२६।
  13. ↑ Marcotti, Gabriele (मार्च ८, २०२५), "FIFA can have a World Cup halftime show... within 15 minutes", ESPN, मूलबाट मे १४, २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०२६।
  14. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "ESP-ARG line-ups" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  15. ↑ "FIFA World Cup 2026 Regulations", FIFA, मे २०२५, मूलबाट जुन २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०२५।

प्रतिवेदनहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]