सामग्रीमा जानुहोस्

२०३० फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०३० फिफा विश्वकप
Copa Mundial de la FIFA 2030 (स्पेनी)
Campeonato do Mundo da FIFA de 2030 (पोर्तगाली)
كأس العالم لكرة القدم 2030 (अरबी)
ⴰⴽⵔⵡⴰⵙ ⵏ ⵓⵎⴰⴹⴰⵍ 2030 (Standard Moroccan Tamazight)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रमोरोक्को
पोर्चुगल
स्पेन
  • शताब्दी खेल आयोजक:
  • अर्जेन्टिना
  • पाराग्वे
  • उरुग्वे
मिति८ जुन – २१ जुलाई[१]
टोलीहरूघोषणा हुन बाँकी[२](६ सङ्घहरूबाट)
स्थान(हरू)घोषणा हुन बाँकी (शताब्दी खेल आयोजक सहित) (घोषणा हुन बाँकी आयोजक सहर)

२०३० फिफा विश्वकप, फिफाका सदस्य राष्ट्रहरूका पुरुष राष्ट्रिय टोलीहरूबीच खेलिने प्रत्येक चार वर्षमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको २४औँ संस्करण हुनेछ। यस प्रतियोगिताको संयुक्त आयोजना मोरक्को, पोर्चुगल र स्पेनले गर्नेछन्। भूमध्य सागर पार गरेर आयोजना हुन लागेको यो नै पहिलो विश्वकप हुनेछ। सन् १९३० मा भएको पहिलो फिफा विश्वकपको १००औँ वार्षिकोत्सवको सम्मानमा, सन् १९३० को फाइनल खेल भएको रङ्गशाला—उरुग्वेको मोन्टेभिडियोस्थित एस्टाडियो सेन्टेनारियोमा एउटा विशेष खेल र शताब्दी समारोह आयोजना गरिनेछ। यसका साथै अर्जेन्टिनाको बुएनोस आइरेस स्थित एस्तादियो मोनुमेन्टल र पाराग्वेको आसुन्सियन स्थित एस्तादियो ओस्भाल्दो दोमिन्गेस दिबमा पनि एक-एक खेल सञ्चालन गरिनेछ।

यो सन् २०१० पछिको अफ्रिकामा हुने पहिलो विश्वकप; उत्तर अफ्रिकामा इतिहासकै पहिलो; सन् २०१४ पछि दक्षिण अमेरिकामा र सन् २०१८ पछि युरोपमा हुने पहिलो विश्वकप हुनेछ। देशका आधारमा भन्नुपर्दा, यो मोरक्को, पोर्चुगल र पाराग्वेमा आयोजना हुन लागेको पहिलो विश्वकप हुनेछ भने उरुग्वेमा सन् १९३० को पहिलो संस्करणपछि, अर्जेन्टिनामा सन् १९७८ पछि र स्पेनमा सन् १९८२ पछि आयोजना हुन लागेको पहिलो विश्वकप हुनेछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "FIFA World Cup 2030: Everything you need to know", फिफा, ७ डिसेम्बर २०२४, मूलबाट २९ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०२४।
  2. ↑ "FIFA considers expanding 2030 World Cup to 64 teams", MSN, मे २०२६, अन्तिम पहुँच १२ जुन २०२६।

बाह्य कडीहरू

[सम्पादन]