Event:अत्यावश्यक ज्ञान अभियान २०२६
अवलोकन
[सम्पादन गर्नुहोस्]अत्यावश्यक ज्ञान भनेको लेखहरूको यस्तो सङ्ग्रह हो जसले प्रयोगयोग्य विकिपीडिया भाषा परियोजनाका लागि आवश्यक विषयहरूको व्यापकता र गहिराइ प्रदान गर्छ। समुदायहरूले यसलाई उल्लेखनीयता, सान्दर्भिकता, अनुमानित पाठक सङ्ख्या, र लेखहरूबीचको सम्बन्धका आधारमा निर्धारण गर्छन्। मूलतः, यी त्यस्ता लेखहरू हुन् जसलाई कुनै भाषा समुदायले सुधारका लागि प्राथमिकतामा राखेको हुन्छ। अङ्ग्रेजी विकिपिडियामा रहेका सम्बन्धित अत्यावश्यक लेखहरूको सूची यहाँ हेर्न सकिन्छ।
विकिपिडिया तब मात्र राम्रोसँग चल्छ जब तपाईँजस्ता मानिसहरूले योगदान गर्नुहुन्छ। यद्यपि नेपालका धेरै इन्टरनेट प्रयोगकर्ताहरूले गुगल जस्ता खोज इञ्जिनमा सजिलै भेटिने भएकाले अङ्ग्रेजी विकिपिडिया प्रयोग गर्छन्, तर नेपाली विकिपिडियामा प्रायः बढी सान्दर्भिक जानकारी हुन्छ। नेपाली विकिपिडिया तब मात्र प्रभावकारी हुन्छ जब तपाईँजस्ता मानिसहरूले त्यसमा सान्दर्भिक सामग्री सिर्जना गर्नुहुन्छ। विशेषगरी अहिले इन्टरनेटका धेरै सामग्रीहरू कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) जस्ता प्रविधिद्वारा अनुवाद भइरहेका बेला, विकिपिडिया जस्ता वेबसाइटहरूमा स्थानीय भाषामा लेखिएको सामग्रीले हाम्रो भाषा र संस्कृतिको संरक्षण गर्न मद्दत गर्छ।
यस ३-हप्ते संरचित अभियानमा सहभागी हुनुहोस्, जसले तपाईंलाई विकिपिडियामा योगदान गर्न चरणबद्ध रूपमा मार्गदर्शन गर्नेछ। यसमा समावेश छ:
- यस विकि पृष्ठमा प्रकाशित हुने साप्ताहिक गतिविधिहरू। प्रत्येक गतिविधि पूरा गर्न करिब २–५ घण्टा प्रति हप्ता लाग्नेछ।
- सम्पूर्ण प्रक्रियाभरि सहयोग र मार्गदर्शन।
- उत्कृष्ट योगदानकर्ताका लागि विकिपिडिया ब्लग पोस्टमार्फत पहिचान र सम्मान।
- दर्ता भएका सहभागीहरूका लागि साप्ताहिक इमेल र स्मरणपत्रहरू।
हप्ता १ – मार्च २३: विकिपिडियाको आधारभूत ज्ञान सिक्नुहोस्
[सम्पादन गर्नुहोस्]
यहाँबाट सुरु गर्नुहोस्: सिकाइ लक्ष्य
यस हप्ता तपाईंले आत्मविश्वासका साथ विकिपिडियामा सम्पादन गर्ने पहिलो कदम चाल्नुहुनेछ। तपाईंले विकिपिडियाका पञ्च स्तम्भहरू बारे जान्नुहुनेछ, आफ्नै खाता बनाउनुहुनेछ, र भिजुअल सम्पादक प्रयोग गरेर अत्यावश्यक लेखमा सामान्य सम्पादन गर्नुहुनेछ।
गतिविधिहरू
- विकिपिडियाका उत्कृष्ट अभ्यासहरू अन्वेषण गर्नुहोस् — सुरुमा विकिपिडियाका पञ्च स्तम्भहरू बारे सिक्नुहोस्। चित्र १ हेर्नुहोस्।
- यदि तपाईंसँग अहिलेसम्म खाता छैन भने यस विकिमा खाता बनाउनुहोस्।
- तल दिइएको अत्यावश्यक लेखहरूको सूचीबाट एउटा लेख छनोट गर्नुहोस् र भिजुअल सम्पादक उपकरण प्रयोग गरेर सामान्य सम्पादन गर्नुहोस्। उदाहरणका लागि सामान्य सम्पादनहरू यसप्रकार हुन सक्छन्:
- व्याकरण वा हिज्जे त्रुटिहरू सच्याउने।
- तथ्यगत त्रुटिहरू सच्याउने र विश्वसनीय स्रोतहरूबाट सन्दर्भ सामग्रीहरू थप्ने।
- विकि सिन्ट्याक्स त्रुटिहरू सच्याउने (जस्तै: प्रारूप, शीर्षकहरू र ढाँचाहरू)
- टुटेका वा रातो लिङ्कहरू सुधार्ने।
भिडियो १: भिजुअल सम्पादक प्रयोग गरेर टुटेका लिङ्कहरू ठीक गर्ने जस्ता सामान्य सम्पादनहरू कसरी गर्ने भनेर प्रदर्शन गर्दै।
- "परिवर्तनहरू प्रकाशित गर्नुहोस्" मा क्लिक गर्नु अघि तपाईंले गरेको सुधारको छोटो सम्पादन सारांश लेख्नुहोस्। यसले पृष्ठ हेर्ने प्रयोगकर्ताहरूलाई तपाईंको योगदान बुझ्न मद्दत गर्छ। भिडियो १ हेर्नुहोस्।
निष्कर्ष: अगाडि बढ्नुअघि छोटो जाँच
- के तपाईंले विकिपिडियाका पञ्च स्तम्भहरू पढ्नुभयो?
- के तपाईं लग इन हुनुहुन्छ वा नयाँ खाता बनाउनु भएको छ?
- के तपाईंले सामान्य सम्पादन गर्नुभयो र सम्पादन सारांश थप्नुभयो?
यदि त्यसो हो भने, तपाईं हप्ता २ का लागि तयार हुनुहुन्छ!
प्रतिबिम्ब प्रश्न:
तपाईंलाई सबैभन्दा रोचक वा नयाँ लागेको एउटा उत्तम अभ्यास कुन हो? भिजुअल एडिटर प्रयोग गरेर तपाईंले कस्ता परिवर्तनहरू गर्नुभयो, र ती परिवर्तनहरू आवश्यक भएको तपाईंले कसरी महसुस गर्नुभयो?
तपाईंले काम गर्नुभएको लेख(हरू) र तपाईंले सुधार गरिरहने आशा गर्नुभएको लेख साझा गर्न नहिचकिचाउनुहोस्। आफ्ना विचारहरू यस कार्यक्रमको वार्ता पृष्ठमा राख्नुहोस्।
हप्ता २ - मार्च ३०: अनुवाद उपकरणहरू प्रयोग गरेर लेखका खण्डहरू विस्तार गर्नुहोस्
[सम्पादन गर्नुहोस्]यहाँबाट सुरु गर्नुहोस्: सिकाइ लक्ष्य
यस हप्ता तपाईंले खण्ड अनुवाद उपकरण प्रयोग गरेर खण्डहरू अनुवाद गरेर विकिपिडिया लेखहरू कसरी विस्तार गर्ने भनेर सिक्नुहुनेछ। तपाईंले सही भाषा जोडी छनौट गर्ने, मेसिन अनुवादहरू उत्पन्न गर्ने, र तिनीहरूलाई स्पष्ट तथा सटीक सम्पादन गरेर सुधार गर्ने अभ्यास गर्नुहुनेछ।
गतिविधिहरू
- लेखहरू विस्तार गर्न खण्ड अनुवाद उपकरण प्रयोग गरेर छोटो खण्डहरू अनुवाद गरी अन्वेषण गर्नुहोस्। सुरुमा छिटो र सजिलै अनुवाद गर्न सकिने खण्डहरूबाट सुरु गर्नुहोस्। भिडियो २ हेर्नुहोस्।
- तलको अत्यावश्यक लेखहरूको सूची बाट एउटा लेख छान्नुहोस्। प्रत्येक शीर्षक सिधै खण्ड अनुवाद उपकरणमा लिङ्क हुन्छ।
- भाषा जोडी तपाईंको दक्षतासँग मेल खान्छ कि छैन जाँच गर्नुहोस् (जस्तै: अङ्ग्रेजी → नेपाली)। स्रोत पाठ बायाँपट्टि देखिनेछ, र मेसिन अनुवाद उत्पन्न गर्न तपाईंले दायाँपट्टि रहेका बक्सहरूमा क्लिक गर्न सक्नुहुन्छ।
- तपाईं MinT वा Google Translate मार्फत अनुवाद चयन गर्न सक्नुहुन्छ। सबैभन्दा सही परिणाम दिने विकल्प छनोट गर्नुहोस्।
भिडियो ३: इतिहास पृष्ठ प्रदर्शन गर्दै - सम्पादनलाई कसरी पूर्ववत गर्ने, सम्पादनहरूको तुलना गर्ने, र योगदानकर्ताहरूलाई उनीहरूको कामको लागि धन्यवाद दिने। - प्रकाशन गर्नु अघि, मेसिन अनुवाद सुधार गर्नुहोस्: प्रत्येक अनुच्छेदलाई सटीकता, स्पष्टता, र तटस्थताका लागि सम्पादन गर्नुहोस्। प्रकाशित गर्नु अघि तपाईंले उत्पन्न सामग्रीलाई कम्तिमा [x%] ले सुधार गर्नुपर्छ।
- उपयोगी सुझावहरूको लागि उपकरणको दायाँ छेउमा देखाइएको अनुवाद दिशानिर्देशहरू हेर्नुहोस्।
- लेखको इतिहास पृष्ठ जाँच गरेर तपाईंको योगदानहरूमा कुनै पनि अनुवर्ती सम्पादन वा प्रतिक्रियाको समीक्षा गर्नुहोस्, र आवश्यक समायोजनहरू गर्नुहोस्। भिडियो ३ हेर्नुहोस्।
- तपाईंका योगदानहरूमा गरिएको पछिल्ला सम्पादन वा प्रतिक्रिया समीक्षा गर्नको लागि लेखको इतिहास पृष्ठ जाँच गर्नुहोस् र आवश्यक परे संशोधनहरू गर्नुहोस्। भिडियो ३ हेर्नुहोस्।
- एकपटक तपाईं छोटो खण्डहरूसँग सहज भएपछि, महत्वपूर्ण लेखका लामो खण्डहरू विस्तार गर्न यी चरणहरू दोहोर्याउनुहोस्।
निष्कर्ष: अगाडि बढ्नुअघि छोटो जाँच
- के तपाईंले खण्ड अनुवाद उपकरण प्रयोग गरेर कम्तिमा एउटा खण्ड अनुवाद गर्नुभयो?
- के तपाईंले प्रकाशन गर्नुअघि सही भाषा जोडी पुष्टि गर्नुभयो र मेसिन अनुवादमा सुधार गर्नुभयो?
- के तपाईंले लेखको इतिहास पृष्ठमा आफ्ना योगदानहरू जाँच गर्नुभयो र कुनै प्रतिक्रियाको समीक्षा गर्नुभयो?
यदि त्यसो हो भने, तपाईं हप्ता ३ का लागि तयार हुनुहुन्छ!
प्रतिबिम्ब प्रश्न:
यस हप्ता खण्ड अनुवाद उपकरण प्रयोग गर्दा तपाईंले सिक्नुभएको सबैभन्दा उपयोगी सुझाव वा प्रविधि के थियो? भिजुअल सम्पादकमा सम्पादन गर्ने अनुभवसँग तुलना गर्दा कस्तो भिन्नता महसुस भयो? मेसिन अनुवादको गुणस्तरबारे के कुरा देख्नुभयो, र तपाईंको भाषा जोडीका लागि MinT र Google Translate मध्ये कुनले राम्रो परिणाम दियो?
तपाईंले अनुवाद गर्नुभएको लेख(हरू) को लिङ्क गर्न नहिचकिचाउनुहोस्। आफ्ना विचारहरू यस कार्यक्रमको वार्ता पृष्ठमा राख्नुहोस्।
हप्ता ३ – अप्रिल ६: अनुवाद उपकरणहरू प्रयोग गरेर अभाव भएका लेखहरू सिर्जना गर्नुहोस्
[सम्पादन गर्नुहोस्]यहाँबाट सुरु गर्नुहोस्: सिकाइ लक्ष्य
यस हप्ता तपाईंले सामग्री अनुवाद उपकरण प्रयोग गरेर अर्को भाषाको विकिपिडियाबाट सम्पूर्ण लेख अनुवाद गरी आफ्नो भाषाको विकिपिडियामा नयाँ लेख कसरी सिर्जना गर्ने भन्ने सिक्नुहुनेछ। तपाईंले अघिल्ला दुई हप्तामा सिकेका सीपहरूलाई प्रयोग गर्दै अब खण्ड-स्तरका सम्पादनबाट पूर्ण लेखहरू सिर्जना गर्ने चरणमा पुग्नुहुनेछ।
- अघिल्ला हप्ताहरूमा, तपाईंले विशेष खण्डहरू मात्र अनुवाद गर्नुभयो। यस पटक, तपाईंले आफ्नो मातृभाषामा अवस्थित नभएको पूर्ण लेख अनुवाद गर्नुहुनेछ।
- अर्को भाषाबाट पूर्ण लेख सिर्जना गर्न सामग्री अनुवाद उपकरण (खण्ड अनुवादको मूल उपकरण) प्रयोग गर्नुहोस्।
- तलको अत्यावश्यक लेखहरूको सूची बाट एउटा लेख छान्नुहोस्। प्रत्येक लेख शीर्षक सामग्री अनुवाद उपकरणमा सिधै लिङ्क हुन्छ।
- अघिल्ला हप्ताहरूमा अपनाइएका उही तरिकाहरू अनुसरण गर्नुहोस्:
- भाषा जोडी पुष्टि गर्नुहोस्
- मेसिन अनुवादहरू उत्पन्न गर्नुहोस् (MinT वा Google Translate)
- प्रकाशन गर्नु अघि अनुवादलाई सटीकता, स्पष्टता, र तटस्थता सुनिश्चित गर्दै सुधार्नुहोस् र मानव समीक्षा गर्नुहोस्।
- सहयोगको लागि अनुवाद दिशानिर्देशहरू हेर्नुहोस्।
- प्रकाशित भएपछि, कुनै पनि प्रतिक्रिया वा अनुवर्ती सम्पादनहरूको समीक्षा गर्न लेखको इतिहास पृष्ठ जाँच गर्नुहोस्, र आवश्यकता अनुसार समायोजन गर्नुहोस्।
निष्कर्ष: अगाडि बढ्नुअघि छोटो जाँच
- के तपाईंले सामग्री अनुवाद उपकरण प्रयोग गरेर पूरा लेख सिर्जना गर्नुभयो?
- के तपाईंले प्रकाशन गर्नुअघि मेसिन अनुवादमा राम्ररी सुधार गर्नुभयो?
- के तपाईंले आफ्नो लेखको इतिहास समीक्षा गर्नुभयो र त्यहाँ कुनै सम्पादन वा प्रतिक्रिया आएको छ कि छैन हेर्नुभयो?
बधाई छ! तपाईंले यो शृङ्खला पूरा गर्नुभयो र आफ्नो विकिपिडियामा नयाँ लेख योगदान गर्नुभयो।
प्रतिबिम्ब प्रश्न:
पूर्ण लेख अनुवाद गर्ने र एउटा खण्ड मात्र अनुवाद गर्ने बारे तपाईं कस्तो प्रतिक्रिया दिनुहुन्छ?? कार्यभार, शुद्धता वा अनुवादको गुणस्तरमा तपाईंले के भिन्नताहरू देख्नुभयो?
तपाईंले सिर्जना गर्नुभएको लेखको लिङ्क गर्न र यस कार्यक्रमको वार्ता पृष्ठमा आफ्ना विचारहरू साझा गर्न नहिचकिचाउनुहोस्।
योगदान गर्नुभएकोमा धन्यवाद!
[सम्पादन गर्नुहोस्]नेपालीमा विकिपिडिया सम्पादन गर्ने हरेक सानो प्रयासले हाम्रो समुदायलाई बढ्न मद्दत गर्छ। जब तपाईंले विकिपिडियाले कसरी काम गर्छ भनेर सिक्नुहुन्छ, तपाईं आफ्नो भाषा अनलाइनमा संरक्षण र साझा गर्ने कार्यमा सक्रिय रूपमा सहभागी बन्न सक्नुहुन्छ।
यदि तपाईं हाम्रो नेपाली विकिपिडिया समुदाय बारे थप जान्न चाहनुहुन्छ भने, तपाईं हाम्रो समुदायबारे यहाँ पढ्नुहोस् वा आफ्ना प्रश्नहरू चौतारीमा पोस्ट गर्न सक्नुहुन्छ।