अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल
مطار أبوظبي الدولي
Abu Dhabi International Airport

مطار أبوظبي الدولي
[Maṭār Abū Ẓabī al-Duwalī] Error: {{Transl}}: unrecognized transliteration standard: loc (help)
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकअबु धाबी हवाई कम्पनी
सेवा गर्ने स्थानअबु धाबी
विमान हब
समय क्षेत्रयूएई प्रमाणिक समय (युटिसी+०४:००)
उचाइ समुद्री सतह८८ ft / २७ मी
निर्देशाङ्क२४°२५′५९″उ॰ ०५४°३९′०४″पू॰ / २४.४३३०६°N ५४.६५१११°E / 24.43306; 54.65111निर्देशाङ्कहरू: २४°२५′५९″उ॰ ०५४°३९′०४″पू॰ / २४.४३३०६°N ५४.६५१११°E / 24.43306; 54.65111
वेबसाइटabudhabiairport.ae
नक्सा
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/UAE" उपलब्ध छैन्.संयुक्त अरब इमिरेट्स मा स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१३आर/३१एल ४,१०० १३,४५१ कालोपत्रे
१३एल/३१आर ४,१०० १३,४५१ कालोपत्रे
तथ्याङ्कहरू (२०१६)
यात्री आवतजावत25,964,178 (वृद्धि5.1%)
विमान आवतजावत207,486 (वृद्धि8.6%)
कार्गो टनभार984.388 वृद्धि13.8%

अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल (अङ्ग्रेजी: Abu Dhabi International Airport) (अरबी: مطار أبو ظبي الدولي) (आइएटिए: AUHआइसिएओ: OMAA) संयुक्त अरब इमिरेट्सको राजधानी शहर अबु धाबी स्थित एक अन्तर्राष्ट्रिय विमानस्थल हो ।

विमानस्थल, अबु धाबी शहर देखि १६.५ समुद्री माइल (३०.६ किमी; १९.० माइल) पूर्वमा छ । जुन संयुक्त अरब इमिरेट्समा दोस्रो ठूलो विमानस्थल हो । २०१४ देखि यसले लगभग २ करोड यात्रुहरूलाई सेवा गर्दै आएको छ ।[१] यसमा टर्मिनल १ (टर्मिनल १ ए र १ बी मा विभाजित), टर्मिनल २, टर्मिनल ३ गरी तीन परिचालन यात्री टर्मिनलहरू छन् । अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल ३,४०० हेक्टर (८,५०० एकड) को क्षेत्रफलमा फैलिएको छ । यस विमानस्थल टर्मिनलको रिक्त स्थानमा इतिहाद एयरवेजहरू हुन्छन्, जो संयुक्त अरब इमिरेट्स को राष्ट्रीय ध्वजावाहक विमान इमिरेट्स पछिको दोस्रो सबै भन्दा ठूलो विमान हो । ३० भन्दा बढी एयरलाइन्सले ६० भन्दा बढी देशहरूका १२० भन्दा बढी गन्तव्यहरूको सेवा प्रदान गर्दछ ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

शुरूवाती वर्ष[सम्पादन गर्नुहोस्]

अबु धाबी द्वीपमा अल बतीन विमानस्थलले पहिले अबु धाबीको मुख्य विमानस्थलको रूपमा सेवा गरिसकेको थियो र यसका लागि मात्र एक मार्ग राखेको थियो, सानो विमानले अल बतीनबाट टाढा सडकमा उडान गर्दथ्यो र यात्रुहरूलाई एक सानो भवनमा राखिन्थ्यो । अल बतीनबाट सीमित उडानहरू सञ्चालन गरियो र अन्य मध्य पूर्वी शहरहरू तथा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडानहरू समावेश गरियो । बतीन विमानस्थल वर्तमानमा एक समर्पित व्यवसाय जेट विमानस्थलको रूपमा प्रयोग गरिन्छ ।

नयाँ विमानस्थलले एक गोलाकार उपग्रह टर्मिनल (आकाशे पुल संग) एक अर्ध-गोलाकार टर्मिनलसँग एकै जडानको साथ समावेश गरिएको छ ।[३][४] यस डिजाइनले अधिक विमानलाई एकसाथ पार्क गर्न सजिलो बनाएको छ । १९९० दशक को अन्त्य र २००० दशक को सुरुवाती समयमा, यात्रीहरू वृद्धिको लागि यात्री प्रतीक्षा क्षेत्रहरूलाई बढाइनुका साथै अतिरिक्त पार्किंग स्थानको निर्माणका पर्याप्त काम उपग्रह टर्मिनलमा भए । मुख्य टर्मिनलमा पनि केहि बाह्य परिवर्तनहरू गरियो । यसको अतिरिक्त, टर्मिनल २ को निर्माण गरियो जसले मुख्य टर्मिनलको चाप हटाउनको लागि धेरै सहयोग पुर्यायो । टर्मिनल २ मा आकाशे पुल नभएकोले विमानहरू तथा टर्मिनल बीच यात्रीहरू सार्न बसहरूको प्रयोग गरिन्छन् । टर्मिनल ३, पछिल्लो पाँच वर्षमा निर्माण गरिएको थियो र यसलाई मुख्यतया इतिहाद विमानले प्रयोग गर्दछ ।

विमानस्थल सञ्चालनको प्रारम्भिक वर्ष ताका त्यहाँ निजी गाडी वा ट्याक्सी बाहेक शहरबाट विमानस्थल पुग्ने कुनै साधन थिएन । अबु धाबीको बस नेटवर्कको सञ्चालनले शहरदेखि विमानस्थल सम्म बस सेवाहरू उपलब्ध छन् ।[५]

शहर टर्मिनल[सम्पादन गर्नुहोस्]

एक चेक-इन सुविधा अबु धाबी शहरमा अवस्थित छ । जसले यात्रीहरूलाई यात्रा गर्नु अघि केन्द्रमा नै आफ्नो समानहरू चेक-इन गर्ने सुविधा पर्दान गर्दछ ।[६]

धावनमार्ग[सम्पादन गर्नुहोस्]

अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलमा दुई समानान्तर धावनमार्ग, १३आर/३१एल र १३एल/३१आर छन् । दुवै ४,१०० मी × ६० मी (१३,४५० फिट × २०० फिट) छन् [७]

एयरलाइन्स र गन्तव्य[सम्पादन गर्नुहोस्]

यात्री[सम्पादन गर्नुहोस्]

निम्न एयरलाइन्स अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित तालिकाबद्ध समयमा र चार्टर उडानहरू आवत-जावत गर्दछ्न:[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Google Maps", Google Maps, अन्तिम पहुँच १ जुन २०१५ 
  2. "Etihad Airways Route Map", flights.etihad.com, अन्तिम पहुँच २०१७-०९-१७ 
  3. "History - About Us - Al Bateen Executive Airport", मूलबाट २१ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २४ अगस्ट २०१७ मिति
  4. "Photos: Airbus A330-223 Aircraft Pictures - Airliners.net", अन्तिम पहुँच १ जुन २०१५ 
  5. "Bus Transportation", अन्तिम पहुँच १ जुन २०१५ 
  6. Bibbo', Barbara (२००४-०७-२८), "Easy check-in facilities draw air travellers to city terminal", gulfnews.com, Gulf News, अन्तिम पहुँच २०१४-१०-०१ 
  7. United Arab Emirates AIP वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३०, २०१३ मिति (login required)
  8. abudhabiairport.ae - Our Destinations retrieved 24 August 2016

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]