अबु मिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अबु मेना
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसांस्कृतिक: (iv)
सन्दर्भ१८२
सूचीकृत१९७९ ([२],औं सत्र)

अबु मिना Egyptian Arabic: ابو مينا‎  उच्चारण [æbuˈmiːnæ, æbo-]) प्राचिन इजिप्टमा अवस्थित नगर, प्रार्थनास्थल तथा किस्चियनहरूको तीर्थस्थल थियो। यो क्षेत्र इजिप्टको प्राचिन सहर अलेक्जेन्द्रियाबाट ४५ किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ। अबु मिना क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। हाल भग्नावशेषको रूपमा थोरै संरचनाहरू बाँँकी रहेको भए पनि मुख्य भवनहरूका जग स्पष्ट छुट्याउन सकिने अवस्थामा रहेका छन्।

हालसालै यस क्षेत्रको आसपासमा खेतिपाति सुरु गरिएका कारण जमिनमुनि पानीको सतहमा आएको परिवर्तनसँगै धेरै भग्नावशेषहरू ढल्ने तथा कमजोर भएको पाइएको छ। यो क्षेत्रलाई सन् २००१ मा खतरामा परेका विश्व सम्पदा क्षेत्रहरूको सूचीमा सूचीकृत गरिएको थियो। यहि कारणले अबु मिनाका अधिकारीहरू धेरै खतरामा परेका भग्नावशेषहरूको जग वरिपरि बालुवा राख्न बाध्य भए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची