आनी छोइङ डोल्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोइङ डोल्मा
आनी छोइङ डोल्मा
व्यक्तिगत विवरण
जन्म४ जुन १९७१
काठमाडौँ, नेपाल
लेबलSix Degrees Records
Hannibal/Rykodisc Records
वेबसाइटhttp://www.choying.com/

आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।

जीवनी[सम्पादन गर्नुहोस्]

सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्त्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन्। उनले विशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौँं मै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन्। शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन्। वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिएका थिए। सन् १९९४ मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन सँगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको सँगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन्।

सांगीतिक यात्रा[सम्पादन गर्नुहोस्]

एल्बमहरू[सम्पादन गर्नुहोस्]

  1. Chö (१९९७)
  2. Dancing Dakini (१९९९)
  3. Choying (२०००)
  4. Moments Of Bliss (२००४)
  5. Selwa (२००४)
  6. Smile (२००५)
  7. Inner Peace (२००६)
  8. आमा (२००९)
  9. Matakala (२००९)
  10. Inner Peace २ (२०११)

सामाजिक कार्य[सम्पादन गर्नुहोस्]

धेरै संस्थामार्फत सामाजिक सेवामा लागेकी आनी सामाजिक सेवाका बारेमा भन्छिन् – ‘सामाजिक सेवा आफ्नो धर्म हो। सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो।

नेपालमा सञ्चालनमा रहेका आनीका परियोजनाहरू आरोग्य फाउन्डेसन, आर्य तारा पाठशाला हुन्।[१]

गुलजारका कवितामा ‘फोमो– आनी छोइङ डोल्मा’[सम्पादन गर्नुहोस्]

बलिउडका प्रसिद्ध साहित्यिक ब्यक्तित्व गुलजारले संसारभरमा आफुलाई मनपरेका ५४ जनाको बारेमा कविता लेखेर एक पुस्तक तयार गरेका छन्। मराठी भाषामा लेखिएको यो किताब एक सय ८० पानाको छ र सन् २०१८ अगस्त १८ तारिखका दिन यो तयार भएको हो। त्यस किताबमा नेपालबाट आनी छोइङ डोल्मा पनि परेकी छिन्। गुलजारले आनीमाथि लेखिएको कविताको शिर्षकमा ‘फोमो– आनी छोइङ ड्रोल्मा’ भनेरै उल्लेख गरेका छन्। फोमो आनीलाइ उनका आमाबुबाले मात्र बोलाउने नाम हो। गुलजारले लेखेको उक्त पुस्तकको नाम सगे सारे हो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धर्म गर्ने मान्छे कहिल्यै भोकै मर्दैन - आनी छोइङ डोल्मा", सेतोपाटी, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  2. "आनी छोइङमाथि गुलजारको कविता", सेतोपाटी, अन्तिम पहुँच ११ असार २०७५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]