उँट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उँट
अरबियन उँट वा ड्रोमेड्यारी (Dromedary), Camelus dromedarius
ब्याकट्रियन उँट (Bactrian camel), Camelus bactrianus
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
भाग:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
वंश:
वंश:
Camelus

Species

Camelus bactrianus
Camelus dromedarius
Camelus gigas (fossil)
Camelus hesternus (fossil)
Camelus sivalensis (fossil)
Syrian Camel

उँट क्यामेलस (Camelus) प्रजाति अन्तर्गत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यसलाई अङ्ग्रेजीमा क्यामल(Camel) भनिन्छ। क्यामल(Camel) शब्द अरबियन भाषाको جمل, ǧmlबाट आएको हो, जुन शब्दले सेमाईटिक भाषामा "सुन्दरतता(beauty)" लाई जनाउँदछ। उँटका निम्न दुई प्रजातिहरू छन :-

  1. अरबियन उँट वा ड्रोमेड्यारी (Dromedary)
  2. ब्याकट्रियन उँट (Bactrian camel)

अरबियन उँटको एउटा जुरो(hump) हुन्छ भने ब्याकट्रियन उँटको दुई वटा जुरोहरू(humps) हुन्छन्। अरबियन उँट पश्चिम एसियाका सुख्खा मरुभुमि क्षेत्रमा पाइन्छन् भने ब्याकट्रियन उँट मध्य तथा पूर्वी एसियामा पाईने गर्छ। यि दुबै प्रजातिहरूलाई मासु, दुध र मालसामान ओसारपसार तथा सवारीका लागि घरपालुवा बनाईने गरिन्छ।

क्यामल(Camel) शब्दको प्रयोग बिस्तृत रूपमा क्यामिडेई (Camelidae) परिवार अन्तर्गत पर्ने उँट जस्तै छ वटा प्राणीहरूलाई चिनाउन गरिन्छ, जस मध्य दुईवटा वास्तविक उँटहरू तथा अन्य चारवटा उत्तर अमेरीकी उँट जस्तै जीवहरू : लामा (llama), अल्पाका (alpaca), गुआनाको (guanaco) र बिकुन्या (vicuña) हुन्।

उँटको औसत आयु ४० देखि ५० वर्ष हुन्छ। एउटा वयस्क उँट गर्धन तिर १.८५ मि.(६ फिट १ इन्च) र जुरो तिर २.१५ मि.(७ फिट १ इन्च) अग्लो हुन्छ। उँटको जुरो शरीरबाट लगभग ३० इन्च माथि सम्म बढ्छ। उँट छोटो दुरीमा ६५ कि.मि. प्रतिघण्टाको दरले दौडन सक्छ भने लामो दुरीको यात्राको क्रममा यसले आफ्नो गति ४० कि.मि. प्रतिघण्टा बनाई राख्नसक्छ।

स्वरूप[सम्पादन गर्नुहोस्]

चण्डीगढको सुखना तालमा प्रयटकहरूलाई घुमाउन प्रयोग गरिने उँट

उँटको मुख्य दुई प्रजाति भए पनि यो जस्तै देखिने अन्य चार प्रजातिहरू पाइन्छन्। उँटको घाँटी लामो तथा खुट्टा पनि लामा हुन्छन्। उँटको ढाडमा जुरो हुन्छ, अरबियन उँटको एउटा जुरो(hump) हुन्छ भने ब्याकट्रियन उँटको दुई वटा जुरोहरू(humps) हुन्छन्। एउटा वयस्क उँट गर्धन तिर १.८५ मि.(६ फिट १ इन्च) र जुरो तिर २.१५ मि.(७ फिट १ इन्च) अग्लो हुन्छ।

बितरण तथा संख्या[सम्पादन गर्नुहोस्]

आज पनि लगभग १४,०००,००० अरबियन उँट (dromedaries) घरपालुवा जनावरको रूपमा (अधिकतर सोमालिया, सहेल, मघ्रेब, मध्य पूर्व तथा भारतीय उपमहाद्वीपहरूमा) रहेका छन। विश्वमा भएको उँटको संख्याको अनुमानित एकतिहाई संख्या सोमालिया र इथोपियाको सोमाली क्षेत्रमा पाइन्छन, जहाँ सोमाली फिरन्ते जीवनको लागि उँट एक महत्त्वपूर्ण भागको रूपमा रहेको छ। उँटले सोमाली मान्छेहरूलाई दूध, भोजन र परिवहन सेवा प्रदान गर्छन।

उँटको मु्ख्य व्यापारीक क्षेत्र (सन २००३)

ब्याक्ट्रियन (Bactrian) उँटको संख्या कम भई अब अनुमानित १,४००,००० संख्यामा पुगेको छ, जसमा ज्यादातर घरपालुवा जनावरको रूपमा रहेका छन। यो मानिन्छ छ चीन र मंगोलियाको गोबी मरुभूमिमा १,०००को संख्यामा जंगली ब्याक्ट्रियन उँटहरू रहेकाछन। अनुमानित १,०००,०००को संखयामा अरबियन उँटको घना जंगली आबादी अस्ट्रेलियाको मध्य भागमा १९औं शताब्दी र २०औं शताब्दीमा ब्यक्तिगत परिवहन जनावरहरूको रूपमा प्रयोग भए। यसको संख्यामा प्रति वर्ष लगभग १८%ले बृद्धि भईरहेको छ। दक्षिण अस्ट्रेलियाको सरकारले हवाई निशानेबाजहरूको प्रयोग गरी उँटको संख्या छान्ने फैसला गरेको छ, किन भनें भेडा पालक किसानहरू द्वारा आवश्यकता भन्दा ज्यादा संख्यामा उँटहरू प्रयोग गरीएको पाईएकछ। अरबियन उँट र ब्याक्ट्रियन उँटहरूको एक सानो संख्या २०औं शताब्दीको अन्तसम्म दक्षिण पश्चिम संयुक्त राज्य अमेरिकामा पाईएका थिए। यि जनावरहरू अमेरिकी उँटसवार सैन्यदलको प्रयोगको हिस्सा थिए र केही खानीहरूमा मसौदा जनावरहरूको रूपमा प्रयोग भएर बचेका वा परियोजना समाप्त भएपछि छुटेका थिए। यिनीहरू मध्ये एउटाको वंशज १९७२मा एक सामान लाद्ने कुल्ली द्वारा लस प्याड्रेस (Los Padres) राष्ट्रिय वनमा देखिएको थियो। तेईस ब्याक्ट्रियन उँटहरू क्यारीबो गोल्ड रश (Cariboo Gold Rush)को समयमा क्यानाडाको लागि ल्यायाइएको थियो।

सैन्य प्रयोग[सम्पादन गर्नुहोस्]

इजिप्टमा भएको ब्रिटिस सरकारको उँट सवार सैन्य जत्था

ई.पू. १२०० पछि पहिलो ऊंटको काठी देखा पर्‍यो र Bactrian उँटहरू सवारिमा प्रयोग हुन थाले। पहिले अरब काठी उँटको पीठ्युँमा लगाईयो र Bactrian उँटहरूलाई एउटा छडीको माध्यमले नियन्त्रण गर्ने गरिन्थ्यो। हुनत यो काटीको प्रयोग ई.पू. ५००-१००को बीच सम्म रह्यो, जबबाट Bactrian उँटहरू सैन्य प्रयोगमा उपभोग हुन थाले। यि नयाँ काठिहरूको प्रयोग हुनथाले, यि काठीहरू पनि नमोढिने र झुकेका तथा उँटको शरीरमा समानुपातिक रूपमा बस्ने खालका थिए। सातौँ शताब्दीमा,अरबी सैन्य काठीको शुरुवात भयो, जुनले काठीको रूपमा फेरि केही सुधार भयो।

उँट सवार सैन्यको प्रयोग अफ्रिका, मध्य पूर्वको युद्धमा र आधुनिक दिन भारतमा प्रयोग भएको छ। सेनाहरूले घोडाहरू र खच्चरहरूको सट्टा मालसामान ओसार पसार गर्ने सवारीको रूपमा पनि उँटको प्रयोग गरेका छन।

पूर्वी रोमन साम्राज्यमा रोमनहरूले ड्रोमेड्यारि(Dromedarii)को नामले चिनिने मद्दतगार सैन्यको प्रयोग गरे , जसलाई उनिहरूले मरुभूमिका प्रान्तहरूमा भर्ती गरेका थिए। उँटहरू ज्यादाजसो जमीनी लडाईमा प्रयोग गरिन्थ्यो किनकि नजीकको लडाईमा घोडहरूलाई डराउने क्षमता राख्दथे, यसमा पर्सियाको (फारसी) एकेमेनिड (Achaemenid) साम्राज्यले लिडिया बिरुद्धको लडाईमा गरेको प्रख्यात छ, यद्यपि फारसिहरू सामान्यतया उँटलाई तीर तथा अन्य ऊपकरणहरू लाद्नको लागि प्रयोग गर्दथे।

१९औं र २०औं शताब्दी[सम्पादन गर्नुहोस्]

  • संयुक्त राज्य अमेरिकी सेनाले अमेरिकी उँट सैन्य एकाई (U.S. Camel Corps) स्थापित गर्‍यो, जुन १९ औँ शताब्दीमा क्यालिफोर्नियामा तैनाथ थियो। त्यस मध्य एक ईटाको अस्तबल अझै पनि बेनिसिया शस्त्रागार (Benicia Arsenal), बेनिसिया (Benicia), क्यालिफोर्नियामा देख्नसकिन्छ, जहाँ उनिहरूले कलाकारहरू र कारीगरहरूको स्टूडियो स्थानको रूपमा कार्य गर्दथे। अमेरिकी नागरिक युद्धको समयमा उँटहरूको प्रयोगात्मकस्तरमा प्रयोग गरियो, तर त्यस भन्दा अगाडि कुनै प्रयोग गरीएन, किन भनें तिनीहरू मानिसहरू सँग अलोकप्रिय थिए। केही भागे र तिनका वंशजहरू २० औँ शताब्दीको अन्त्य तिर सम्म अमेरिकी पश्चिमको शुष्क भागहरूमा रुमल्लिई रहे।
  • फ्रान्सले सन् १९०२ देखि अफ्रिकाको साहारामा अफ्रिकन आर्मी(Armée d'Afrique)को नाममा उँटसवार सैन्य दल(méhariste camel corps) बनायो, जसलाई अल्जीरियाको स्पाहिस (spahis) र टिराईल्लर्स (tirailleurs) दललाई पालो दिने काम गर्दथ्यो, जुन मरुभूमि सीमाहरूमा नियमित गस्ति गर्नेएकाईको रूपमा थिए। उँटसवार सैन्य एकाइहरू १९६२मा फ्रान्सेली शासनको अन्त सम्म सेवामा रही रहे। त्यसपछि फ्रेन्चहरूले फ्रेन्च कर्मीहरूलाई अन्य एकाइहरूमा सामिल गरे र स्थानीय स्तरमा भर्ती भएको उँटसवार सैन्य दल(méhariste camel corps)लाई भंग गरीदिए।
  • सन् १९१६ मा, प्रथम विश्वयुद्धको समयमा, ब्रिटिशहरूले इम्पीरियल कैमल कोर्पस्(Imperial Camel Corps) गठन गरे, जुन सिनाई र प्यालेस्टिन अभियानको लडाई लड्ने एक ब्रिगेड आकारको सैन्य सङ्गठन थियो। यसले पैदल सेना मरुभूमिमा हरकत गर्नको लागि लागि उँटमा राख्यो। मे १९१८मा सो सैन्यदल कम भई एक मात्र बटालियनमा सिमित भएको थियो र मे १९१९मा औपचारिक रूपले भंग भयो। प्रथम विश्वयुद्धको समयमा, यसको वाहेक, ब्रिटिश सेनाले Egyptian Camel Transport Corpsको निर्माण गर्‍यो, जसमा मिस्रक उँट चालकहरू र उनहरूको उँटहरूको एक समूहको समाबेस थियो। यसले सिनाई मरुभूमि, प्यालेस्टिन र सीरियामा ब्रिटिश युद्ध सञ्चालनको लागि सैनिकहरूको लागि सामान आपूर्तिका सहयोग गर्‍यो।
  • सोमालिल्याण्ड उँटसवार सैन्यदल (Somaliland Camel Corps) ब्रिटिश सेनाको एक एकाइ हो जुन २०औं शताब्दी देखि १९६० सम्म ब्रिटिश सोमालिल्याण्ड (Somaliland)मा अवस्थित थियो।
  • बिकानर उँटसवार सैन्यदल (Bikaner Camel Corps) भारतको एक सैन्य एकाइ हो जुन प्रथम विश्वयुद्ध र द्वितिय विश्वयुद्धमा मित्रराष्ट्रहरूको लागि लडाई लडेको थियो।
  • नोमाड ट्रूप्स (Tropas Nómadas) (घुमक्कड सैनिकहरू) Sahrawi tribesmenको एक सहायक रेजिमेंट थियो, जुन स्पेनिश सहारा (आज पश्चिमी सहारा)को उपनिवेशिक सेनामा सेवारत प्रवासिहरूको समुह थियो। यो सन् १९३०को सन् १९७५मा सो क्षेत्रमा स्पेनिश उपस्थितिको अन्त सम्म परिचालित सेना, जुन साना हथियारहरूबाट सुसज्जित र स्पेनिश अधिकारीहरूको नेतृत्वमा थिए। यिनीहरूले चौकिहरू पहरा दिने र कहिले काँही गश्तीको गर्ने कार्य गर्दथ्यो।
यो ऊँट हो जुन जैसलमेर मरुभूमि समारोहमा प्रदर्शन गरिरहेको थियो।

घरायसी प्रयोग[सम्पादन गर्नुहोस्]

दुध[सम्पादन गर्नुहोस्]

मासु[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=उँट&oldid=1203103" बाट अनुप्रेषित