उरिदू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उरिदू
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगदूरसञ्चार
केन्द्रीय कार्यालय,
सेवाहरू क्षेत्र
उत्तर अफ्रिका, मध्य पूर्व, युरोप र एसिया,
मुख्य व्यक्ति
अब्दुल्ला बिन मोहम्मद बिन साउल अल थानी (अध्यक्ष) साउद बिन नसिर अल थानी (कार्यकारी)
राजश्व$८.८ अर्ब (सन् २०१५)[१]
परिचालन आय
३,०८,०४,५८,००० (सन् २०१४)[१]
२,५२,८३,८७,००० (सन् २०१४)[१]
कुल सम्पत्ति१,००,०३,४७,००० (सन् २०१४)[१]
कुल इक्विटी३०,४६,८५,१३,००० (सन् २०१४)[१]
कर्मचारी सङ्ख्या
१७,००० (सन् २०१)[१]
वेबसाइटउरिदू.कम

उरिदू कतारी सेयरधनी कम्पनी (अरबी: أوريدو‎‎)[२] पूर्व कुतल, एक अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो कतारमा दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो। सन् २०१४ सम्म, यो देशको सबैभन्दा ठूलो सार्वजनिक कम्पनीहरू मध्ये एक हो जसमा १४,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी सफलतापूर्वक विभिन्न वित्तीय बजारहरूमा सूचीकृत भएको छ जसमा यो दोहामा सन् १९९८, लण्डनमा १९९९, बहराइनमा सन् २००१ र अबु धाबीमा सन् २००२ मा सूचीत भएको थियो। क्यूटेलले सन् २००५ मा, खाडी सफल पुरस्कार र सन् २००६ मा खाडी आर्थिक पुरस्कार समेत जित्न सफल भएको थियो। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २०१५ सम्ममा विश्वभरि ११५ मिलियन भन्दा बढी ग्राहकहरू रहेका थिए।[३] यो सन् २००५ देखि छिटो वृद्धि हुने दूरसञ्चार कम्पनी पनि हो। कतरमा यस कम्पनी, विश्वको उत्कृष्ट दूरसञ्चार सेवा प्रदानका लागि व्यक्तिगत, संयुक्त र घरेलू ग्राहकहरूको छनौट बन्न सफल छ। उरिदूले ओमानमा उरिदू ओमान मार्फत सेवा पुर्‍याएको छ। यो १५अौँ एसियाली खेलकुदको आयोजक समितिको मुख्य सदस्य पनि हो। १५अौँ एसियाली खेलकुद दोहामा १ देखि १५ डिसेम्बर २००६ सम्म आयोजना गरिएको थियो र यसले कार्यक्रमको बेलामा विशेष रूपमा दूरसञ्चार सेवा प्रदान गरेको थियो।

अक्टोबर २००६ मा, उरिदूले एक कोरियाली दूरसञ्चार कम्पनीसँग सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेको थियो। यो सम्झौता ज्ञापनमा दुई कम्पनीहरूले आधारभूत संरचना निर्माण, सूचना प्रविधि समाधान र उत्कृष्ट-सहर स्थापनामा कतारमा एकसाथ काम गर्ने सम्झौता रहेको थियो। सन् २००६ मा यसले दोस्रो मोबाइल सञ्जाल सञ्चालकको रूपमा प्यालेस्टाइनमा अनुमतिपत्र प्राप्त गरेको थियो। प्यालेष्टाइनको राष्ट्रिय मोबाइल कम्पनीले ओरिडू, एक कतारी कम्पनीसँग साझेदारी गरेको थियो र कम्पनीलाई प्यालेष्टाइनलाई वाटानिया मोबाइल रूपमा स्थापना गरिएको थियो। वाटानिया मोबाइलको शेयर पूँजी सार्वजनिक प्रस्ताव मार्फत १५% सम्म बृद्धि भएको थियो। हाल उरिदू प्यालेष्टाइन (पूर्व वाटानिया मोबाइल) ओरिडूको सहायक कम्पनी हो जसको यसमा ४८.४५% स्वामित्व रहेको छ र प्यालेष्टाइनी लगानी कोषको ३४.०३% र बाँकी १७.५२% स्वतन्त्र सार्वजनिक स्वामित्वमा रहेको छ।

नोभेम्बर २००६ मा, यसले मध्य पूर्वको डाटा प्रदायक कम्पनी न्याभ लिङ्कको अधिग्रहण गर्ने घोषण गरेको थियो।

उरिदूले मध्य पूर्व, उत्तर अफ्रिका, दक्षिणपूर्वी एसियाका गरी १२ वटा देशहरूमा सेवा सञ्चालन गरेको छ जसमा कुवेत, इराक, म्यानमार, लाओस, ओमान, कतार, सिङ्गापुर, ट्युनिसिया, माल्दिभ्स, प्यालेष्टाइन, अल्जेरिया र इन्डोनेसिया लगायतका देशहरू समावेश छन्। उरिदूले यसको उन्नत, डाटा केन्द्रिय मोबाइल र निश्चित सञ्जाल मार्फत सामग्री र सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछ। उरिदूले मे २०१८ मा, संसारमै पहिलो पटक पाँचौँ पुस्ता सञ्जाल सञ्चालन गरी इतिहास रचेको थियो। [३] सन् २०१४ यता उरिदूले पाँचौं पुस्ता प्रविधिको विकास तिब्र रूपमा गरेको थियो। पाँचौं पुस्ताको सञ्जाल आधिकारिक रूपमा कतार र कुवेतमा सुरु गरिएको छ।

३१ डिसेम्बर २०१८ मा, उरिदूले ८.२ बिलियन अमेरिकी डलर राजस्व उत्पन्न गरेको थियो। कम्पनीको सेयर कतार सेयर र अबु धाबी सेयर बजारमा सूचित छन्। सन् २०१३ मा यो विश्व सञ्चार पुरस्कारमा उत्कृष्ट मोबाइल सञ्चालकको रूपमा नामाकरण भएको थियो।

२०१९ ब्राण्ड वित्तिय प्रतिवेदनका अनुसार, कतारमा आधारित यस दूरसञ्चार प्रदायक कम्पनी सन् २०१८ मा उत्कृष्ट ५० दूरसञ्चार कम्पनीहरू मध्ये ४३अौँ स्थानबाट ४१अौँ स्थानमा उक्लिन सफल भएको थियो जसले गर्दा यसको ब्राण्ड मूल्यमा (३.८ बिलियन अमेरिकी डलर) १२% ले वृद्धि भएको थियो। यसका साथै उरिदू समूहले यसको ब्राण्ड मुल्याङ्कन स्थिति उत्कृष्ट अथवा एए+ कायम गरेको थियो जसमा यसको ब्राण्ड शक्ति सूचकाङ्क अघिल्लो वर्ष ७४.७बाट ७७.४ मा आएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

ओरिडू सन् १९८७ मा कतारको राजधानी दोहामा सुरुवातमा दूरभाष विनियम कम्पनीको रूपमा स्थापना गरिएको थियो। विस्तृत पट्टी, अङ्कीय, र दूरसञ्चार सेवा सहित देशमा नयाँ प्रविधि प्रदान गर्दै यो संसारको सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक मध्ये एक बनेको छ। सार्वजनिक रूपमा व्यापार गरिरहेको यस कम्पनीमा शाही परिवारको स्वामित्व रहेको छ।

क्यूटेल समूह र विश्वभरी सञ्चालित सबै कम्पनीहरू आधिकारिक रूपमा दूरसञ्चार उद्योग भित्र विश्वव्यापी व्यापारको निर्माण गर्न[४] र यसको सम्पत्तिहरू मिलाउनका लागि यसले फेब्रुअरी २०१३ देखि उरिदू समूह अन्तर्गत एकीकृत गरिएको छ। उरिदूको अर्थ नेपाली भाषामा "मलाई रोज्नु पर्छ" हुन्छ।[५]

उरिदूले गत ६ वर्ष देखि कम्पनीमा महत्त्वपूर्ण वृद्धिको अनुभव गरेको छ। यसले एकल बजार सञ्चालक देखि मध्य पूर्वएसियामा गरी अन्तर्राष्ट्रिय बजार समेतमा आफ्नो सेवा विस्तार गर्न सफल भएको छ। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २०१५ सम्ममा विश्वभरि ११४ मिलियन भन्दा बढी ग्राहकहरू रहेका थिए। यसले आर्थिक वर्ष सन् २०१५ मा २४.२ बिलियन कतारी रियल राजस्व सङ्कलन गरेको थियो।[६]

सन् २०१० मा कम्पनीले आफ्नो सञ्जाल दोस्रो पुस्ताबाट तेस्रो पुस्तामा बढवा गरेको थियो र यसले मोबाइल वित्तीय सेवाको पनि सुरुवात गरेको थियो। सन् २०१२ देखि, यसले आफ्नो सञ्जाल फाइबर सञ्जाल मार्फत वृद्धि गरेको थियो जसले डाउनलोड गति १०० मेगाबाइट प्रति सेकेन्ड सम्म प्रदान गरेको थियो। कम्पनीमा ग्राहकहरू सङ्ख्या सुरुवात देखिनै वृद्धि भएको छ। कतारमा, सन् २००८ मा यसका ग्राहकहरू १० लाख ९० हजार रहेका थिए भने यो सङ्ख्या सन् २०१२ मा आएर २० लाख ५० हजार पुगेको थियो। यसको वार्षिक राजस्व सन् २०१२ देखि १३ सम्म ३.५ बिलियनले वृद्धि भएको थियो।[७]

हालको स्थिति[सम्पादन गर्नुहोस्]

सन् २०१० मा कम्पनीले कतारमा नोकियासँग बलियो साझेदारीको विकास गरेको थियो। मे २०१६ मा कम्पनीले नोकियासँगको साझेदारीमा विस्तार गरेको थियो जसमा यसले तीन वर्षीय सम्झौतामा हस्ताक्षर गरी राष्ट्रव्यापी मोबाइल सञ्जालको विकास गरेको थियो।[८] यसले आफ्नो मोबाइल सञ्जाल मध्य पूर्व, उत्तर अफ्रिका र एसियामा गरी १२ वटा देशहरूमा सेवा सञ्चालन गर्दछ।[९] सन् २०१३ मा कम्पनीलाई, उरिदू समूहको रूपमा एकीकृत गरिएको थियो। त्यसयता कम्पनीमा महत्त्वपूर्ण वृद्धि भएको छ। सन् २०१५ मा यसको राजस्व २४.२ बिलियन पुगेको थियो भने यसमा १७,००० जना कर्मचारीहरू कार्यरत छन्।

स्वामित्व[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा उरिदू भनाई अनुसार, यसमा कतार सरकारसँग सम्बन्धित संस्थाहरूको ६८% स्वामित्व रहेको छ यस्तै गरी अबु धाबी लगानी प्राधिकरणको यसमा १०% र बाँकी २२% सार्वजनिक स्वामित्वमा रहेको छ।[१०]

उरिदूद्वारा सञ्चालित कम्पनीहरू[सम्पादन गर्नुहोस्]

मध्य पूर्व[सम्पादन गर्नुहोस्]

उरिदू कतार[सम्पादन गर्नुहोस्]

अल थाकहिरामा रहेको कम्पनीको कार्यालय

क्युटेल वा कतार दूरसञ्चारको स्थापना सन् १९८७ मा भएको थियो।[११] फेब्रुअरी २०१३ मा क्युटेल आधिकारिक रूपमा उरिदूमा पुनर्गठित भएको थियो।[१२]

उरिदू ओमान[सम्पादन गर्नुहोस्]

ओरिडू ओमान (पूर्व नवरास) मध्य पूर्वमा अवस्थित राष्ट्र ओमानको एक अग्रणी दूरसञ्चार कम्पनी हो जून कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको नियन्त्रणमा रहेको छ। यो ओमानको पहिलो निजी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी हो। यसले सन् २०१० सम्ममा २० लाख ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो। यसले दोस्रो पुस्ता, तेस्रो पुस्ता, वाइम्याक्स र फाइबर बीचमा आवाज तथा डाटा सेवाहरू बिक्री वितरण गर्दछ।

उरिदू कुवेत[सम्पादन गर्नुहोस्]

उरिदू कुवेतको सेवा सञ्चालन सन् १९९९ देखि वाटानिया दूरसञ्चारको रूपमा सुरुवात भएको थियो। त्यतिबेला यो देश दोस्रो दूरसञ्चार सेवा प्रदायक कम्पनी बनेको थियो।

मार्च २००७ मा, उरिदूले यस कम्पनीलाई २.८ अरब अमेरिकी डलरमा खरिद गरेको थियो।[१३]

मे २०१४ मा, वाटानिया दूरसञ्चार आधिकारिक रूपमा उरिदू कुवेतको रूपमा पुनर्गठित भएको थियो।[१४] ओरिदू कुवेत, जेइन कुवेतको प्रतिस्पर्धी प्रमुख मानिन्छ।

उरिदू प्यालेष्टाइन[सम्पादन गर्नुहोस्]

उरिदू प्यालेष्टाइन (अरबी: أوريدو فلسطين‎) (पूर्व वाटानिया मोबाइल दूरसञ्चार कम्पनी वा छोट्करीमा वाटानिया), प्यालेष्टाइनमा रहेको प्रमुख दुरसञ्चार कम्पनी हो र यो जावल पछिको अर्को प्रमुख दुरसञ्चार कम्पनी हो।[१५] यो सन् २००६ मा स्थापना भएको थियो। यो बहुराष्ट्रिय कतारी दूरसञ्चार कम्पनी उरिदूको सहायक कम्पनी हो। उरिदूको यसमा ४८.४५% को सेयर रहेको छ भने ३४.०३% प्यालेष्टाइन लगानी कोषको र बाँकी १७.५२% अन्य लगानीकर्ताहरू रहेको छ। [१५] कम्पनीका हालका अध्यक्ष मोहम्मद अबु रमादन हुन्। उनी पहिला प्यालेष्टाइनका योजना मन्त्री रहेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दुरघाम माराई हुन्।[१६] सन् २०१२ को अन्त्य सम्ममा, यसमा ६,१०,००० ग्राहकहरू रहेका छन् र यसले दूरसञ्चार क्षेत्रमा २८% बजार साझेदारी गरेको छ। बजार पूँजीकरणका हिसाबले, प्यालेष्टाइन सेयर बजारमा यो तेस्रो सबैभन्दा ठूलो कम्पनी हो। यसले १३.८% प्यालेष्टाइन सेयर बजारको बजार प्रतिनिधित्व गरेको छ। यसले प्यालेष्टाइन सरकारबाट दूरसञ्चार सेवा प्रदान गर्नका लागि दोस्रो अनुमति पत्र प्राप्त गरेको थियो।[१७]

एसिया सेल (इराक)[सम्पादन गर्नुहोस्]

एसिया सेल (अरबी: آسياسيل‎) कुर्दी: ئاسیاسێڵ) इराक को दूरसञ्चार कम्पनी हो जुन मुख्य रूपमा इराकमा मोबाइल फोन सेवा र मोबाइल इन्टरनेट सेवाहरू प्रदान गर्दछ। [१८] एसिया सेल राज्यको एक अत्याधुनिक ग्राहक सेवा सुविधा प्रदान गरेको छ एक दिन यो चौबिसै घन्टा काम गर्दछ, हप्ता ७ दिन ग्राहकहरुको लागि समर्पित टिमहरूसँग निगमको सेवा गर्नको लागि समर्थन गर्दछ । यसको मुख्य कार्यलय ईराकको प्रमुख व्यापारीक केन्द्र सुलेमानिया सहरमा अवस्थित छ।

एसिया[सम्पादन गर्नुहोस्]

उरिदू माल्दिभ्स[सम्पादन गर्नुहोस्]

उरिदू माल्दिभ्स (पूर्व वाटानिया माल्दिभ्स) दक्षिण एसियाली राष्ट्र माल्दिभ्सको एक प्रमुख मोबाइल सञ्जाल सञ्चालक वा दूरसञ्चार कम्पनी हो। यो कम्पनी प्रख्यात कतारी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको सहायक कम्पनी हो। कम्पनीको प्रधान कार्यालय माल्दिभ्सको राजधानी मालेमा अवस्थित छ।

उरिदू म्यानमार[सम्पादन गर्नुहोस्]

उरिदू म्यानमार, म्यानमारमा सञ्चालित एक दूरसञ्चार कम्पनी हो जुन उरिदूको स्वामित्वमा रहेको छ।[१९]

इण्डोस्याट उरिदू[सम्पादन गर्नुहोस्]

पिटी इण्डोस्याट टिबिके, (व्यापारीक नाम इण्डोस्याट उरिदू सन् २०१५ देखि, उरिदूको ६५% स्वामित्वमा रहेकाले), इन्डोनेसियाको एक प्रमुख दूरसञ्चार प्रदायकहरू मध्ये एक हो।[२०] यो कम्पनीले मोबाइल फोनको लागि ताररहित सेवा प्रदान गर्दै आइरहेको छ। इण्डोस्याटले तिनिहरूको ताररहित सेवाहरू केही उप-ब्राण्डहरूमा सञ्चालन गर्दछ जसमध्ये आईएम३, मेन्तारी, र म्याट्रिक्स पर्दछन्। यी ब्राण्डहरू तिनिहरूको भुक्तानी नमूनाका साथसाथै (प्रि-पेड र पोष्ट पेड) मूल्य निर्धारणमा पनि फरक पर्दछन्। इण्डोस्याटले अन्तर्राष्ट्रिय प्रत्यक्ष सम्पर्क, निश्चित दूरसञ्चार र बहुसञ्चार माध्यम जस्ता अन्य सेवा तथा सुविधाहरू पनि प्रदान गर्दै आइरहेको छ।[२१]

फेब्रुअरी २०१३ मा क्युटेल, इण्डोस्याटको बहुसङ्ख्यक शेयरधनीले आफ्नो नाम उरिदूमा परिवर्तन गरी कम्पनीको पुनर्गठन गरेको थियो। त्यसपछि, यसका विभिन्न देशहरमा रहेका सबै सहायक कम्पनीहरूको नाम क्रमशः रूपमा परिवर्तन गरिएको थियो।[२२] जस्तै, इण्डोस्याटलाई १९ नोभेम्बर २०१५ मा इण्डोस्याट ओरिडुमा परिवर्तन गरिएको थियो।[२३]

उत्तर अफ्रिका[सम्पादन गर्नुहोस्]

उरिदू तुनिसिया[सम्पादन गर्नुहोस्]

उरिदू म्यानमार, ट्युनिसियामा सञ्चालित एक दूरसञ्चार कम्पनी हो जुन उरिदूको स्वामित्वमा रहेको छ।

उरिदू अल्जेरिया[सम्पादन गर्नुहोस्]

उरिदू म्यानमार, अल्जेरियामा सञ्चालित एक दूरसञ्चार कम्पनी हो जुन उरिदूको स्वामित्वमा रहेको छ।

प्रायोजन[सम्पादन गर्नुहोस्]

सन् २०१३ यता लियोनेल मेस्सीले ओरेदुसँग विश्वव्यापी ब्राण्ड राजदूतको रूपमा काम गर्दै आइरहेका छन्। साझेदारीको भागको रूपमा, ओरिडू र लियोनेल मेस्सी कोषले मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिणपूर्व एसियामा मानव विकास र विकासलाई प्रोत्साहित गर्नका प्रायोजित परियोजनाहरू विकास गरिरहेका छन्।[२४]

ओरिडूले सन् २०१३ देखि फ्रान्सेली लिग १ क्लब पेरिस सेन्ट-जर्मेन फुटबल क्लबलाई प्रायोजन गर्दै आइरहेको छ। फुटबल क्लब र उरिदूले संयुक्त रूपमा फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दछ जसले विश्वभरिका युवा युवतीहरू विकासमा मद्दत गरेको छ।

ओरिडू र पेरिस सेण्ट-जर्मेमले संयुक्त रूपमा 'फ्यान्स डु ओन्डर्स' नामक एक डिजिटल अभियान सञ्चालन गरेका छन् जहाँ विश्वभरिका फुटबल क्लबका अनुयायीहरूले इण्टरनेट सञ्जाल प्रयोग गरेर यस क्लबमा आवद्ध उत्कृष्ट खेलाडीहरूसँग जोडिएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "सन् २०१४ को वार्षिक प्रतिवेदन" (पिडिएफ), उरिदू, सन् २०१५। 
  2. https://www.gulf-times.com/story/357550/Legal-name-officially-changes-to-Ooredoo-QSC
  3. ३.० ३.१ https://www.ooredoo.com/wp-content/uploads/2019/03/Q4-Financial-results-presentation-F.pdf
  4. "Qtel Rebrands As Ooredoo in Major Global Initiative" 
  5. "Qtel Rebranding Calling Dr. Dre" 
  6. "QTel SWOT Analysis - USP & Competitors - BrandGuide - MBA Skool-Study.Learn.Share.", अन्तिम पहुँच २९ अगस्ट २०१७ 
  7. "Qtel - Qatar", www.qatar.doingbusinessguide.co.uk, अन्तिम पहुँच २९ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  8. "Qatar - Telecoms.com", टेलिकम्स डटकम, अन्तिम पहुँच २९ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २०१७ मिति
  9. "Financial Times", फाइनान्सिएल टाइम्स, अन्तिम पहुँच २९ अगस्ट २०१७ 
  10. http://ooredoo.com/wp-content/uploads/2016/08/201608_Ooredoo_Ownership_Structure.pdf
  11. "Qatar Telecom", www.linkedin.com, अन्तिम पहुँच २०१६-०२-०९ 
  12. Ooredoo Qatar [@OoredooQatar] (६ जुलाई २०१७), "Dear customer, Ooredoos' network name has been changed to "Tamim Almajd ". #WeAreAllQatar" (ट्विट) – ट्विटरद्वारा। 
  13. "KUNA :: Wataniya deal closed at USD 3.8 billion 14/03/2007", www.kuna.net.kw, अन्तिम पहुँच २०१६-०२-०९ 
  14. "Wataniya becomes Ooredoo, a global brand – Telecom player now operates in 15 countries, serves 97,000,000 customers – Kuwait Times", Kuwait Times (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०२-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-०४ मिति
  15. १५.० १५.१ "Overview" [अवलोकन], वाटानियन डटपिएस, अन्तिम पहुँच २०१६-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०३ मिति
  16. "वाटानिया मोबाइल - कार्यकारी व्यवस्थापन", वाटानिया डटपिएस, अन्तिम पहुँच २०१६-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०५ मिति
  17. "प्यालेष्टाइन लगानी कोष - वाटानियन मोबाइल", पिआइएफ डटपिएफ, अन्तिम पहुँच २०१६-०४-१० [dead link]
  18. टेलिकम - कुर्दिशतान क्षेत्र
  19. "Exclusive: Ooredoo CEO Dr.Nasser Marafih On Rebranding, Taxes And 2022 World Cup | Gulf Business", गल्फ बिजनेस, अन्तिम पहुँच २०१६-०२-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१० मिति
  20. Investments, Indonesia, "Indosat Indonesia Investments", www.indonesia-investments.com, अन्तिम पहुँच २०१६-०२-०२ 
  21. "Conexus", www.conexusmobile.com, अन्तिम पहुँच २०१६-०२-०२ 
  22. "Qtel rebrands as Ooredoo - - ITP.net", आइटिपि, अन्तिम पहुँच २०१६-०२-०२ 
  23. "Indosat Ganti Nama jadi Indosat Ooredoo", सिएनएन इन्डोनेसिया, अन्तिम पहुँच २०१६-०२-०२ 
  24. "Messi becomes brand ambassador for 'Ooredoo'", www.emirates247.com (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०२-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]