एबटाबाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एबट्आबाद
ایبٹ آباد
निर्देशाङ्क: ३४°९′२१″उ॰ ७३°१३′१०″पू॰ / ३४.१५५८३°N ७३.२१९४४°E / 34.15583; 73.21944निर्देशाङ्कहरू: ३४°९′२१″उ॰ ७३°१३′१०″पू॰ / ३४.१५५८३°N ७३.२१९४४°E / 34.15583; 73.21944
देश पाकिस्तान
प्रदेशखयबर पख्तुनख्वा
जिल्लाएबटआबाद
तहसीलएबटआबाद
स्थापना१८६३
उन्नतांश
१,२५६ मिटर (४१२१ फिट)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा२०८,४९१
 एबट्आबाद: १३८,३११
एबट्आबाद नगरपालिका: ७०,१८०
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०९२२
सङ्घीय परिसरको सङ्ख्या[२]
[३]

एबटआबाद (उर्दु: ایبٹ آباد‎) पाकिस्तानको पाकिस्तानको खयबर पख्तुनख्वामा हजारा क्षेत्रमा पर्ने एबटआबाद जिल्लाको सदरमुकाम सहर हो । यो सहर इस्लामआबादरावलपिन्डी दुई सहरबाट १२० किलोमिटरको दुरुमा रहेको छ भने पिशावर सहरबाट १५० किलोमिटरमा रहेको छ । यो सहर समुन्द्री सतहबाट १,२६० मिटर उचाइमा रहेको छ । यो सहर कश्मीरबाट पुर्वमा रहेको छ ।

यस सहर पाकिस्तानकै सबैभन्दा अनुकूल मौसम, उच्च शिक्षा र पाकिस्तानी सैनिक तालिक केन्द्रको आयोजना गर्ने सहरको लागि चिनिन्छ जुन काकुल सहरमा आयोजना हुने गरेको छ। यस सहरमा रहेका लोकप्रिय पहाड र भिरपाखले गर्दा हरेक वर्ष सयौं पर्यटकहरूलाई यस सहर अवलोकन गर्न आउने गरेका छन् । यस सहर ओसामा बिन लादेनको हत्या गरेको ठाउँको रूपमा प्रचलित छ ।

भूगोल[सम्पादन गर्नुहोस्]

एब्ताबाद सहर चारै तिरबाट पहाडले घेरेको जसबाट पर्यटकहरूले एबटआबाद उपत्यकाको अवलोकन गर्न सक्छन्। यो सहर समुन्द्री सतहबाट ४,१२० फिटको उचाइमा अवस्थित छ। सहरको उत्तरतिर सुन्दर कागान घाटी रहेको छ।

सरकार[सम्पादन गर्नुहोस्]

एबटआबाद सहर एबटआबाद जिल्ला र हजारी क्षेत्रको सदरमुकाम सहर हो। एबटआबाद जिल्लाका आयुक्त, प्रहरीका उप निरीक्षक, जनरल आयुक्त सबै एबटआबाद सहरमा रहेका छन्। यो सहर गाउँ, नगरपालिकामा विभाजित छ। सिभिल प्रशाशक बाहेक यो सहर विभिन्न सैनिकहरूको अड्डा र तालिम केन्द्र पनि रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

एबटआबाद पाकिस्तानकै साक्षरता दर भएको सहर हो जसमा सन् २००७ मा ६७% रहेको थियो भने सन् २०११ मा यो दर ८७% पुगेको थियो। यो सहर खैबर पख्तुनख्वा कै पहिलो उच्च साक्षरता दर भएको सहर हो भने पाकिस्तानमा दोस्रो स्तरमा रहेको छ। यस सहरमा युवा (१५-३०) जनसङ्ख्याको साक्षरता दर उच्च रहेको छ किनभने यस सहरमा अन्य सहरबाट शिक्षा लिन आउने विद्यार्थीको सङ्ख्या उच्च रहेको छ ।

यस सहरमा विभिन्न माध्यमिक शिक्षण संस्थाहरू रहेका छन् जस्तै- अयूब मेडिकल कलेज, फ्रन्टिएर मेडिकल कलेज, कम्सट्स साइन्स र टेक्नोलोजी विश्वविद्यालय र इन्जिनियरिङ र टेक्नोलोजी विद्यालय आदि छन्। एबटआबाद पाकिस्तानी सैनिक एकेडेमीको स्थल हो जसमा चार वर्षीय सहकारी सैनिक प्रसिक्षण दिने आएको छ।[४] सन् २०१४ आलिफ आलिएनका अनुसार पाकिस्तान जिल्ला शिक्षा बरियतामा यहाँ रहेको शिक्षामा गुणस्तरका आधारमा एबटआबाद १४६ जिल्ला मध्य ३७ औँ मा पर्न सफल भएको छ । [५]

खेलकुद[सम्पादन गर्नुहोस्]

एबटआबाद सहरमा अरु खेल भन्दा क्रिकेट खेल सबैभन्दा लोकप्रिय छ । यस सहरको आधिकारिक क्रिकेट टोली एबटआबाद फाल्कोन हो जसले राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी जनाउँदै आएको छ । यस सहरमा अन्य खेलहरू जस्तै फुटबल, हक्की, टेक्वान्डो आदि खेलहरू पनि खेलिन्छ । यस सहरमा एबटआबाद क्रिकेट रङ्गशाला रहेको छ जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू पनि हुने गरेको छ । यस सहरमा हक्की खेलको लागि अन्तर्राष्ट्रिय रङ्गशाला पनि रहेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "पाकिस्तानका जिल्ला अनुसारका जनगणना र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१८ मिति
  2. "युआरएल-५ अप्रिल २०१६", एनआार डट जिओभी डट पिके, २८ अक्टोबर २००५, मूलबाट १५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१२ 
  3. एबट्आबाद जिल्ला सरकार
  4. "पाकिस्तानी सैनिक तालिम", पाकिस्तान आर्मी, २५ जनवरी १९४८, अन्तिम पहुँच ३ मे २०११ 
  5. "२०१४- आलिफ अलिएनको शिक्षा बरियता", आलिफ, अन्तिम पहुँच २०१४-०५-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]