कर्ट एङ्गल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्ट एङ्गल
अगस्ट २००५ मा एङ्गल
वास्तविक नामकर्ट स्टिभन एङ्गल
जन्म (1968-12-09) डिसेम्बर ९, १९६८ (उमेर ५५)
एमटि लेबनन पेन्सिलभेनिया, अमेरिका
निवासस्थानपिड्सबर्ग, पेन्सिलभेनिया, अमेरिका
जीवनसाथी(हरू)
(
वि १९९८; सवि २००८)

जिओभाना यानोती
(
वि २०१२)
बच्चा
शिक्षापेन्सिलभेनियाको कार्लियोन विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामकर्ट एङ्गल
उचाई६ फिट ० इन्च (१८३ सेमी)[१]
तौल२३७ पाउन्ड (१६ स्टोन १३ पाउन्ड; १०८ किग्रा)[१]
उत्पत्तिपिड्सबर्ग, पोन्सिलभेनियन
प्रशिक्षकडोरी फङ्क जुनियर
टम पिचनर्डस्
पदार्पण२० अगस्ट १९९८
वेबसाइट
kurtanglebrand.com Edit this at Wikidata
कर्ट एङ्गल

कर्ट स्टिभन एङ्गल (जन्म डिसेम्बर ९, १९६८) एक अमेरिकी अवकाशप्राप्त व्यावसायिक कुस्ती खेलाडी तथा अभिनेता हुन्। उनी मुख्यतया डब्ल्युडब्ल्युई र टोटल नन स्टफ एक्सन रेस्लिङमा कार्यरत थिए।[२][३]

एङ्गल कुस्ती खेलसँगै रिङ रहित कुस्ती खेलाका पनि बहुआयामिक व्यक्तित्व हुन्। अमेरिकाको पेन्सिलभेनिया स्थित क्लारियन विश्वविद्यालयमा अध्ययनरत रहँदा एङ्गलले केही कुस्ती प्रतियोगितामा भाग लिई उपाधिहरू जित्न सफल भएका थिए जसमा उनले दुईपटक राष्ट्रिय कलेजेट खेलकुद सङ्घ अन्तर्गतको ह्याभिवेट च्याम्पियनसिप उपाधि जितेका थिए। सन् १९९५ मा संयुक्त राज्य अमेरिकामा आयोजित विश्व कुस्ती च्याम्पियनसिप नामक रिङ रहित कुस्ती खेलमा एङ्गलले संवरण पदक जित्न सफल भएका थिए भने उनले त्यससमयम क्याम्पसबाट उच्च शिक्षा हासिल गरिसकेका थिए। एङ्गलले सन् १९९६ को ग्रीष्मकालिन ओलम्पिकमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। सन् २००६ मा एङ्गललाई संयुक्त राज्य अमेरिकाको कुस्ती सङ्घले क्याम्पसमा अध्ययनरत सर्वोत्कृष्ट १५ कुस्ती खेलाडी अन्तर्गत समावेश गरेको थियो। [४]

सन् १९९६ अक्टोबर २६ का दिन एङ्गल पहिलोपटक व्यावसायिक कुस्ती खेलमा देखा परेका थिए भने उनले सोही वर्ष एक्सट्रिम च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती सङ्घसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने उक्त क्षेत्रमा दुई वर्ष बिताएका एङ्गलले सन् १९९६ मा डब्ल्यूडब्ल्यूएफसँगको १० वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए जसलाई हाल डब्ल्यूडब्ल्यूई भनेर चिनिन्छ। टेलिभिजन मार्फत सार्वजनिक नगरिएका खेलहरूमा भाग लिएका एङ्गलले सन् १९९९ को नोभेम्बरमा टेलिभिजनमा पर्दापण गरेका थिए। सन् २००० मा डब्ल्यूडब्ल्यूएफद्वारा आयोजित किङ अफ द रिङ नामक एक प्रतिस्पर्धामा एङ्गलले पनि भाग लिएका थिए भने उनले उक्त प्रतियोगिता जित्न सफल भएका थिए। सन् २००० को फेब्रुअरीमा एङ्गललले युरोपेली उपाधि र अन्तरमहमदेशीय उपाधि पनि हात पार्न सफल भएका थिए। सन् २००० को रेसलमेनिया शृङ्खलामा एङ्गल, क्रिस बेनुयेट र क्रिस जेरिको बीचको खेलमा एङ्गलले दुवै उपाधि गुमाएका थिए। सन् २००० अक्टोबर २२ का दिन आयोजित नो मर्सी नामक एक वार्षिक कार्यक्रममा एङ्गललले द रकलाई पराजित गर्दै पहिलोपटक डब्ल्यूडब्ल्यूएफ उपाधि जित्न सफल भएका थिए। सन् २००२ डिसेम्बर १५ का दिन आयोजित आर्मेज्डन नामक एक वार्षिक कार्यक्रममा एङ्गललले ब्रक लेज्नरको सहायतामा बिग सोलाई पराजित गर्दै तेस्रोपटक डब्ल्यूडब्ल्यूएफ/डब्ल्यूडब्ल्यूई उपाधि जित्न सफल भएका थिए भने सोही वर्ष उनले टिम एङ्गलको पनि स्थापनत गरेका थिए। सन् २००६ जनवरी १३ का दिन आयोजित स्म्याकडाउनको एक शृङ्खलामा एङ्गलले डब्ल्यूडब्ल्यूई विश्व ह्याभसवेट उपाधि जित्न सफल भएका थिए भने त्यस वर्ष पछि उनी टोटल नन स्टफ एक्सन रेस्लिङ नामक एक कुस्ती सङ्घमा सरुवा भएका थिए। [५]

सन् २००६ सेप्टेम्बर २४ का दिन कर्ट एङ्गलले टोटल नन स्टप एक्सन रेस्लिङसँगको आबद्ध पत्रमा हस्ताक्षर गरेको जानकारी टिएनएकी अध्यक्ष डिक्सी कार्टरले जनाएकी थिइन्। सन् २००६ डिसेम्बर २८ का दिन आयोजित इम्प्याक्ट रेस्लिङमा एङ्गलको आगमनलाई वर्षको उत्कृष्ट क्षको रूपमा संज्ञा दिइएको थियो। टिएनएमा आबद्ध भएको वर्ष एङ्गलले द एङ्गल एलायन्स नामक एक कुस्ती टोलीको स्थापना गरेका थिए भने उक्त टोलीमा एङ्गल सहित ८ जना सदस्यहरू रहेका थिए। सन् २००७ जुन १७ का दिन एङ्गलले एक खेलमा क्रिस्चियन केज, समेवा जो, एजे स्टाइल्स र क्रिस ह्यारिसलाई पराजित गर्दै खाली रहेको टिएनए विश्व ह्याभिवेट उपाधि जित्न सफल भएका थिए। सन् २००८ देखि सन् २००९ सम्म एङ्गल द मेन इभेन्ट माफिया नामक एक कुस्ती समूहको सदस्य रहेका थिए। सन् २०११ देखि सन् २०१२ सम्म एङ्गल द इमोर्टल्स नामक एक कुस्ती समूहका सदस्य रहेका थिए जसको विभिन्न कुस्ती समूहहरूसँग द्वन्द्व चलेको थियो। सन् २०१५ मा एङ्गलले टिएनए कुस्ती कार्यजीवन अन्तर्गत अन्तिमपटक टिएनए विश्व ह्याविवेट उपाधि जित्न सफल भएका थिए भने त्यसको अर्को वर्ष उनले टिएनए छाडेका थिए। एङ्गलले सन् २००७ देखि सन् २००९ मा टिएनएसँगसँगै न्यु जापान प्रो रेस्लिङ नामक एक कुस्ती सङ्घमा कुस्ती खेलेका थिए भने उनले यसबाहेक सन् २०१२ मा लुचा लिब्रे एएए वर्ल्डवाइटमा पनि कुस्ती खेलेका थिए। सन् २०१६ देखि सन् २०१७ सम्म स्वतन्त्र सर्किटमा काम गरेका एङ्गल अन्ततः सन् २०१७ मा लामो समयपछि डब्ल्यूडब्ल्यूईमा फिर्ता भएका थिए। डब्ल्यूडब्ल्यूईमा फिर्ता भएपछि उनले १ वर्षका लागि डब्ल्यूडब्ल्यूईको र ब्रान्डका महा प्रबन्धकको रूपमा काम गरेका थिए भने त्यस पछिका दिनहरूमा उनले केही कुस्ती खेलाडीहरूसँगको सहकार्यमा खेलहरू खेलेका थिए। सन् २०१९ देखि एङ्गलले डब्ल्यूडब्ल्यूईमा फाट्टफुट्ट उपस्थितिहरू जनाउँदै आएका छन्। [६][७]

सन् २००६ देखि सन् २०१६ सम्मको १० वर्षे टिएनए कार्य जीवनमा एङ्गलले थुप्रै उपाधि तथा उपलब्धिहरू हात पारेका छन्। एङ्गलले ६ पटक टिएनए विश्व ह्याभिवेट उपाधि, २ पटक टिएनए विश्व ट्याग टिम उपाधि (स्टिङ र एजे स्टाइल्ससँग), १ पटक टिएनए एक्स डिभिजन उपाधि, सन् २००७ र सन् २००९ को बिङ अफ द माउन्टेनन प्रतियोगिता र दोस्रो टिएनए ट्रिपल क्राउन उपाधि जित्न सफल भएका थिए। एङ्गलले डब्ल्यूडब्ल्यूएफ/डब्ल्यूडब्ल्यूईमा, न्यु जापान रेस्लिङ र टिएनमा गरि कुल २१ उपाधिहरू जित्न सफल भएका थिए जसमा उनले १२ विश्व ह्याविभेट उपाधि जितेका थिए। [८] एङ्गलले डब्ल्यूडब्ल्यूएफ/डब्ल्यूडब्ल्यूईमा १ पटक डब्ल्यूसिडब्ल्यू उपाधि, १ पटक डब्ल्यूसिडब्ल्यू संयुक्त राज्य उपाधि, १ पटक विश्व ह्याभिवेट उपाधि, १ पटक डब्ल्यूडब्ल्यूएफ हार्डकोड उपाधि, १ पटक डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय उपाधि लगायतका उपाधिहरू जित्न सफल भएका थिए। एङ्गल डब्ल्यूडब्ल्यूई र टिएनएका कयौँ वार्षिक कार्यक्रमका पर्चाहरूमा देखा परिसकेका छन् जसमा रेसलमेनिया २१ र बाउन्ड फल ग्लोरीका तीन संस्करणहरू सामेल छन्। उनी सबै समयका सर्वोत्कृष्ट कुस्ती खेलाडी मध्येका एक हुन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

कर्ट एङ्गलको जन्म सन् १९६८ डिसेम्बर ९ का दिन अमेरिकको पेन्सिलभेनिया स्थित पिट्सबर्गमा ज्याकी र डेभिड एङ्गलको सन्तानको रूपमा भएको थियो।[९] सन् १९९३ मा एङ्गलले पेन्सिलभेनिया स्थित क्लारियन विश्वविद्यालयबाट स्नातक स्तरसम्मको अध्ययन पूरा गरेका थिए।[१०] एङ्गलको चार दाजुहरू रहेका छन् भने उनको एरिक नाम गरेका दाजु पनि व्यावसायिक कुस्ती खेलाडी हुन्।[११] एङ्गलकी दिदी लेएनाको सन् २००३ मा मृत्यु भएको थियो। एङ्गलका बुका क्रेन चालक थिए भने उनको बुबाको मृत्य एङ्गल १६ वर्षको छँदा एक दुर्घटनामा भएको थियो।[१२] एङ्गलको बुबाको मृत्यु पश्चात् उनले उनका कुस्ती प्रशिक्षक डेभिडलाईनै पिता सरह मान्दै आएको एक अन्तर्वार्तामा धारणा व्यक्त गरेका थिए।[१३] लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनकी आमाको सन् २०१५ मा क्यान्सरकै कारण मृत्यु भएको थियो।[१४]

व्यावसायिक कुस्ती खेलजीवन[सम्पादन गर्नुहोस्]

अन्य सञ्चार माध्यमहरू[सम्पादन गर्नुहोस्]

एङ्गलले डब्ल्यूडब्ल्यूएफ मार्फत व्यावसायिक कुस्ती खेल्न सुरु गरेदेखि उनी हालसम्म विभिन्न भिडिओ खेलहरूमा देखा परेका छन्। एङ्गलले सन् २००० को दशकका डब्ल्यूडब्ल्यूएफद्वारा सार्वजनिक गरिएको डब्ल्यूडब्ल्यूएफ रोयल रम्बल नामक एक खेलमा खेल्न मिल्ने चरित्रको रूपमा पर्दापण गरेका थिए भने उनी सन् २००६ सम्म डब्ल्यूडब्ल्यूईले विकास गरेका केही कुस्ती भिडिओ खेलहरूमा देखा परेका थिए। डब्ल्यूडब्ल्यूईबाट टोटल नन स्टप एक्सन रेस्लिङमा सरुवा भएका एङ्गलले बीचका ११ वर्षहरूमा खेलहरूमा उपस्थिति जनाएका थिएनन् भने ११ वर्ष पछि सन् २०१८ मा उनी डब्ल्यूडब्ल्यूईद्वारा सार्वजनिक गरिएको डब्ल्यूडब्ल्यूई२के१८ नामक एक भिडिओ खेलमा खेल्न मिल्ने चरित्रको रूपमा पुनः पर्दापण गरेका थिए। त्यसपछिका दिनहरूमा एङ्गल डब्ल्यूडब्ल्यूईद्वारा सार्वजनिक गरिएको डब्ल्यूडब्ल्यूई२के१९ र डब्ल्यूडब्ल्यूई२के२० मा देखा परेका थिए। उनी टोटल नन स्टप एक्सन रेस्लिङ र इम्प्याक्ट रेस्लिङका केही भिडिओ खेलहरूमा पनि देखा परेका थिए।[१५]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

एङ्गल र केरेन जेरेट

सन् १९९८ डिसेम्बर १९ का दिन एङ्गलले केरन सेम्ड्लीसँग विवहा गरेका थिए भने सन् २००८ मा एङ्गलकी श्रीमतीले उनीहरूको सम्बन्ध विच्छेकका लागि आवेदन दिएकी थिइन्।[१६] उनीहरू दुई सन्तान छन् जसमा उनीहरूको पहिलो सन्तानको रूपमा छोरीको जन्म सन् २००२ डिसेम्बर २ का दिन भएको थियो भने दोस्रो सन्तानको रूपमा छोराको सन् २००६ अक्टोबर २६ का दिन भएको थियो।[१७][१८] सन् २०१० मा एङ्गल र अभिनेत्री जिओभाना यान्नोती बीच विवहा हुने पक्का भएको थियो।[१९] दम्पतीको कुल ४ सन्तान रहेका छन् भने उनीहरूको पहिलो सन्तानको रूपमा छोरीको जन्म सन् २०११ जनवरी २२ का दिन भएको थियो।[२०] सन् २०१२ जुलाई २० का दिन एङ्गल र जिओन्ना विवहा बन्धनमा बाँधिएका थिए।[२१][२२] उनीहरूको दोस्रो सन्तानको रूपमा सन् २०१२ डिसेम्बर ३१ का दिन छोरीको जन्म भएको थियो भने तेस्रो सन्तानको जन्म सन् २०१६ नोभेम्बर ५ का दिन भएको थियो।[२३] सन् २०१९ जुन १० का दम्पतीले बुल्गेरियाको एक बालकलाई छोराको रूपमा अपनाएका थिए। एङ्गल इसाई धर्मवलम्बी हुन्। सन् २०१६ मा आयोजित राष्ट्रपतिय चुनावमा उनले मार्क रुबीलाई समर्थन गरेका थिए।[२४] उनी घरेलु टोली पिट्सबर्ग पेन्ग्विन र पिट्सबर्ग स्टिलर्स नामक दुई क्लबहरूका समर्थक हुन्।[२५]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Kurt Angle", WWE, अन्तिम पहुँच नोभेम्बर ८, २०१६ 
  2. Milner, John; Kamchen, Richard, "Kurt Angle", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २०, २०११ 
  3. "Kurt Angle Reveals He Signed A Five-Year Deal With WWE, Taking On A Backstage Producer Role", Fightful.com, अप्रिल ३०, २०१९, अन्तिम पहुँच जुलाई १, २०१९ 
  4. "European Championship – Kurt Angle", WWE, मूलबाट जुन १६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१२  वेब्याक मेसिन अभिलेखिकरण जुन १६, २०१२ मिति
  5. "6 Superstars who have won every active title: Photos", WWE, मूलबाट अप्रिल ४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ४, २०१५ 
  6. Moser, John J (जनवरी ५, २०१६), "Pro wrestling great Kurt Angle says matches at Sands Bethlehem Event Center, will be among his last and best", The Morning Call, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१६ 
  7. Hines, Martin (अक्टोबर २०, २०१७), "Kurt Angle is wrestling for WWE on Sunday night for the first time in 11 years", Metro (British newspaper, अन्तिम पहुँच नोभेम्बर ८, २०१७ 
  8. "WrestleMania Orlando", WWE 24, जनवरी २८, २०१८, 8 minutes in, WWE Network।  |network= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. Schaefer, A. R. (२००२), Olympic Hero: Pro Wrestler Kurt Angle, Capstone Press, आइएसबिएन 978-0736813105 
  10. "Kurt Angle Bio at Washington Post.com", WashingtonPost.com, अन्तिम पहुँच अक्टोबर ११, २००७ 
  11. "LéAnne Angle Obituary - Pittsburgh, PA - Post-Gazette.com", Post-Gazette.com, अन्तिम पहुँच जुलाई १७, २०१५ 
  12. "Kurt Angle Biography (1968–)", Filmreference.com, डिसेम्बर ९, १९६८, अन्तिम पहुँच मार्च २०, २०१४ 
  13. "Heir Sentenced Up to 30 Years For Killing of Olympic Wrestler", The New York Times, मे १४, १९९७, अन्तिम पहुँच अगस्ट २९, २००७ 
  14. "My Mom, My Superhero", जनवरी ७, २०१६, अन्तिम पहुँच जनवरी २२, २०१७ 
  15. "Kurt Angle Games" 
  16. "Karen Angle biography", अन्तिम पहुँच अक्टोबर १२, २००७ 
  17. Angle, Kurt (सेप्टेम्बर १८, २००१), It's true, It's True (Hardcover संस्करण), HarperEntertainment, पृ: १८७, आइएसबिएन 978-0-06-039327-4 
  18. Meltzer, Dave (सेप्टेम्बर १७, २००८), "Wed. update; Lesnar-Couture tickets; wrestling couple splitting; Foley TNA news, ratings notes", Wrestling Observer Newsletter, अन्तिम पहुँच अगस्ट १६, २०१२ 
  19. Magee, Bob (अक्टोबर ८, २००७), "As I See It 10/8: Tick, tick...boom", WrestleView, अन्तिम पहुँच अगस्ट १६, २०१२ 
  20. Caldwell, James (अप्रिल १४, २०१०), "TNA News: Kurt Angle reportedly engaged to young model", Pro Wrestling Torch, अन्तिम पहुँच अप्रिल १८, २०१० 
  21. Meltzer, Dave (सेप्टेम्बर ३०, २०१०), "Thurs. update: Lots of TV tonight, Hall of Famer expects child soon, Ratings good and bad, Scoring", Wrestling Observer Newsletter, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१० 
  22. Meltzer, Dave (जनवरी २२, २०११), "Sat. update: Angle rushed home from European tour, fiance labor induced, Team RKO put back together", Wrestling Observer Newsletter, अन्तिम पहुँच जनवरी २३, २०११ 
  23. "Giovanna Angle's Twitter Account", जनवरी २, २०१३, मूलबाट अप्रिल ७, २०१३-मा सङ्ग्रहित। 
  24. "Kurt Angle welcomes birth of new daughter", Pro Wrestling Insider, अन्तिम पहुँच नोभेम्बर ८, २०१६ 
  25. Mike Chiari, "Kurt Angle Hospitalized: Updates on TNA Star's Recovery from Surgery", Bleacher Report 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]