कवरत्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कवरत्ती
राजधानी
जनसङ्ख्या
 (2001)
 • जम्मा१०११३

कवरत्ती भारतको केन्द्र शासित प्रदेश लक्षद्वीपको राजधानी हो । यो लक्षद्वीप द्वीप-समूहको भाग हो । यो जुन द्वीपमा स्थित छ त्यसको नाम पनि कवरत्ती नै हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

कवरत्ती स्मार्ट सिटी मिसन अन्तर्गत विकासित हुने भारतीय सय स्मार्ट सिटी सहरहरू मध्ये एक हो । [१]

स्थिति[सम्पादन गर्नुहोस्]

यो केरलको शहर कोचीनको पश्चिमी तटदेखि ३९८ किमी दूर 10°-33’ उत्तर 72°-38’ पूर्वमा स्थित छ ।[२] यसको औसत उन्नयन ० मी हो । कवरत्तीको कुल क्षेत्रफल ४.३३ वर्ग किमी हो ।

जलवायु[सम्पादन गर्नुहोस्]

लुआ त्रुटि: expandTemplate: template "सन्दर्भ आवश्यक" does not exist।

जनसङ्ख्या:[सम्पादन गर्नुहोस्]

भारतको २००१ को जनगणनाको अनुसार कवरत्तीको कुल जनसङ्ख्या १०११३ छ, जसमा पुरुष ५५% र महिला ४५ % प्रतिशत छन् । कवरत्तीको साक्षरता दर ७८% छ, जुन राष्ट्रीय औसत ५९.५% देखि धेरै छ । पुरुष साक्षरता ८३% र महिला साक्षरता ७२% छ । कवरत्तीको १२% जनसङ्ख्या ६ वर्षदेखि कम आयुको बच्चा को हो ।

भाषा[सम्पादन गर्नुहोस्]

कवरत्ती अधिकतर मान्छे मलयालम भाषा बोल्छन् ।

मौसम[सम्पादन गर्नुहोस्]

पर्यटन आकर्षण[सम्पादन गर्नुहोस्]

कवरत्तीको सागर तट.

कवरत्ती द्वीपको अनूप क्षेत्र पानीको खेल, तैराकीको लागि आदर्श स्थल हो र वहाँको रेतीला सागर तट घाम ताप्नको लागि आदर्श छ । पर्यटक समुद्री जीवनसग सम्बन्धित विशाल संग्रहको आनन्द यहाको समुद्री सङ्ग्रहालयमा पाइन सकिन्छ । काँचको तले वाला नौकाले अनूपको जलीय जीवनको जीवन्त र रमणीक दृश्यावलोकन पनि धेरै लोकप्रिय छ । कयाक र पाल नौकाय नौकायनको लगि किराएमा उपलब्ध छ ।

अलवणीकरण संयन्त्र[सम्पादन गर्नुहोस्]

भारतको पहिलो कम तापमान अलवणीकरण संयन्त्र (LLTD) कवरतीमा मे २००५ मा खोलिएको थियो । यस अलवणीकरण संयंत्रलाई पाच करोड रुपयेको लागतले स्थापित गरिएको छ र यसबाट समुद्रको पानी सधै १००,००० लीटर पीन योग्य पानीको उत्पादनको आशा छ ।[३][४]

लक्षद्वीप केन्द्र शासित[सम्पादन गर्नुहोस्]

  • जिल्ला संख्या:
  • गाउँको संख्या:२४
  • जनसङ्ख्या घनत्व:१८९५
  • साक्षरता दर(%):८६.७
  • जनसङ्ख्याको पूरा जनसङ्ख्याको प्रतिशत:४४.५
  • लिङ्गानुपात:९४८
  • लिङ्गानुपात(०-६):९५९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]