किम इल-सुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किम इल-सुङ
Kim Il-sung
김일성
आधिकारिक चित्र, १९९४ मा मृत्यु पछि जारी भएको ।
उत्तर कोरियाको राष्ट्रपति
कार्यकाल
२८ डिसेम्बर १९७२ – ८ जुलाई १९९४
प्रमुखकिम इल
पाक साङ चोल
लि जोङ ओके
काङ सोङ सन
ली गुन मो
योन ह्योङ मुक
पूर्वाधिकारीपद स्थापना a
उतराधिकारीकिम जोङ इल 
उत्तर कोरियाका प्रथम नेता
कार्यकाल
९ सेप्टेम्बर १९४८ – २८ डिसेम्बर १९७२
पूर्वाधिकारीपद स्थापना
उतराधिकारीकिम इल
कोरियाका मजदुर दलको केन्द्रीय समितिको महासचिव
कार्यकाल
११ अक्टोबर १९६६ – ८ जुलाई १९९४
पदानुक्रम
members of Presidium

किम इल-सु (अङ्ग्रेजी: Kim Il-sung, अङ्ग्रेजी: /ˈkɪm ˈɪlˈsʌŋ, ˈsʊŋ/;[१] उत्तर कोरियाको स्थापना वर्ष सन् १९४८ देखि उनको मृत्यु वर्ष सन् १९९४ सम्म उत्तर कोरियाका नेता थिए ।[२] उनले सन् १९४८ देखि सन् १९७२ सम्म प्रमुखको पद तथा सन् १९७२ देखि सन् १९९४ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । सन् १९४५ मा जापानको शासन समाप्त भए पश्चात उनी शक्तिमा आएका थिए र उनले सन् १९५० मा दक्षिण कोरिया माथि आक्रमण गर्नको लागि स्वीकृति दिएका थिए । उनी २० औँ शताब्दिको राजवंश नभएको तर सबैभन्दा लामो समय देशको प्रमुखको रूपमा चलाउने व्यक्ति हुन्, उनले ४५ वर्षभन्दा बढी समय कार्यभार सम्हालेका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उत्पत्तिको बारेमा विवाद[सम्पादन गर्नुहोस्]

उत्तर कोरियाका संस्थापक हुनु भन्दा पहिलेदेखि किमको जिन्दगी चारैतिरबाट विवादमा घेरिएको थियो । केही स्रोतहरूले उनलाई एक ढोंगीको लेवल लगाएका थिए । धेरै स्रोतले के सङ्केत गर्दछ भने उनको नाम "किम इल-सुंग" पहिले कोरियाली प्रतिरोधको एक प्रमुख प्रारम्भिक नेताकिम क्युंग-चियोनले प्रयोग गरेको थियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kim Il Sung", American Heritage Dictionary of the English Language (Fifth संस्करण), n.d., अन्तिम पहुँच ६ मार्च २०१७ 
  2. "ko:김일성, 쿠바의 ‘혁명영웅’ 체게바라를 만난 날", DailyNK (Koreanमा), १५ अप्रिल २००८, २९ अप्रिल २०११-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Jasper Becker (१ मे २००५), Rogue Regime : Kim Jong Il and the Looming Threat of North Korea, Oxford University Press, आइएसबिएन 978-0-19-803810-8, १८ मे २०१६-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)