केसेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केसेल
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
आइएसआइएनKZ1C59150017 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित३०, सेप्टेम्बर १९९८
केन्द्रीय कार्यालय
अल्माटि
,
मुख्य व्यक्ति
कसपार्स कुकेलिज (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूदूरसञ्चारका उत्पादनहरू
▼ १६,६८४ मिलियन तेङ्गे (सन् २०१६)[१]
मालिककजाखटेलिकम
कर्मचारी सङ्ख्या
१८२५ (सन् २०१६)
वेबसाइटwww.kcell.kz,activ.kz

केसेल विश्वव्यापी मोबाइल सञ्चार प्रणाली (९००/ १८००), विश्वव्यापी मोबाइल दूरसञ्चार प्रणाली (२१०० मेगाहर्ज), दीर्घकालीन सञ्जाल (चौँथो पुस्ता), दीर्घकालीन उन्नत सञ्जाल (७००/८०० र १७०० / १८०० मेगाहर्ज मानकमा सेवा सञ्चालन गर्ने कजाखस्तानको एक प्रमुख दूरसञ्चार कम्पनी हो जसले यसको सेवा एक्टिभ र केसेल ब्राण्ड अन्तर्गत सञ्चालन गर्दछ। कम्पनी स्विडेनको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तेलिया सोनेरा (५१%) र कजाख दूरसञ्चार (४९%) को नियन्त्रणमा रहेको थियो। कम्पनीको प्रधान कार्यालय कजाख्स्तानको प्रमुख व्यापारिक केन्द्र अल्मातिमा रहेको छ भने यसले सन् २०१६ सम्म, १८२५ कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको थियो। यो कजाखस्तानको सेयर बजारमा पनि सूचीकृत छ।[२]

कम्पनी सन् १९९८ मा स्थापना भएको थियो। यसले केसेल ब्राण्ड अन्तर्गत मोबाइल सेवाहरूको प्रदान गर्दछ जुन मुख्य रूपमा संयुक्त क्षेत्रमा केन्द्रित छ र यसको अर्को ब्रान्ड एक्टिभ, व्यवसाय देखि उपभोक्त खण्डमा केन्द्रित छ। केसेलको ग्राहकहरूको सङ्ख्या ३१ डिसेम्बर २०१६ मा १ करोड रहेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

केसेलको स्थापना ३० सेप्टेम्बर १९९८ मा भएको थियो। यसले ७ फेब्रुअरी १९९९ मा केसेल ब्राण्डको प्रक्षेपण गरेको थियो भने ९ सेप्टेम्बर १९९९ मा यसले एक्टिभ ब्राण्डको प्रक्षेपण गरेको थियो। सन् २००४ मा, कम्पनीमा ग्राहकहरूको सङ्ख्याले १० लाख नाघेको थियो। डिसेम्बर २००७ मा ग्राहकहरूको सङ्ख्या ६० लाख पुगेको थियो। सोही वर्षमा देशको प्रमुख क्षेत्र तथा स्थानहरूमा यसले सञ्चार प्रदान गरेको थियो। सन् २००९ मा, केसेलको संयुक्त ब्राण्ड शैलीकृत भएको थियो। सन् २०१० मा, केसेल ओएससीइ शिखर सम्मेलनमा र सन् २०११ को ७अौँ शीतकालिन खेलको लागि आधिकारिक मोबाइल सञ्जाल सञ्चालन कम्पनी बनेको थियो। सन् २०११ मा, केसेलले आफ्नो तेस्रो पुस्ता सञ्जाललाई कजाखस्तानको ३१ सहरहरूमा तैनाथ गरेको थियो जसमा ९४% बढी जनघनत्व भएको कजाख्स्तानको क्षेत्रमा यसले सेवा पूर्ण रूपमा पुर्‍याएको थियो। डिसेम्बर २०१२ मा, केसेल सफलतापूर्वक कजाखस्तान सेयर बजार र लण्डन सेयर बजारमा सूचीकृत भएको थियो। सन् २०१३ मा इएमइए वित्तीय पत्रिकाको अनुसार, केसेल प्रारम्भिक सार्वजनिक प्रस्ताव अन्तर्गत केन्द्रिय र पूर्व युरोपको विजेता बनेको थियो। सन् २०१४ मा केसेल गैर उर्जा उद्योगको प्रतिनिधित्व गर्दै देशको प्रमुख कर दाता बनेको थियो।

मे २०१४ को अन्त्यमा केसेल आइफोन स्मार्टफोनका लागि कजाखस्तानको प्रमुख तथा आधिकारिक वितरक बनेको थियो। सन् २०१५ मा केसेलले आफ्नो ब्राण्डका लागि पहिलो भण्डार अल्माटिमा खोल्ने घोषणको बारेमा जानकारी दिएको थियो। भण्डारको नयाँ ढाँचाले ग्राहकहरूलाई केसेल परामर्शदाताहरूबाट विभिन्न मोबाइल उपकरणहरू र अनुप्रयोगहरूको बारेमा जानकारी प्राप्त गर्न अनुमति दिन्छ, साथ साथै खरीद गर्नु अघि साइटमा स्मार्टफोनहरूको क्षमताहरूको परीक्षण गर्न ।पनि यसले मद्दत गर्दछ। सन् २०१६ मा केसेलले कजाखस्तानमा चौथो पुस्ता/दीर्घकालीन सञ्जाल सेवाहरूलाई संयुक्त सुरुवातका गर्नका लागि सञ्जालको आपसी प्रयोगको लागि बिलाइन कजाखस्तान (भिम्पेलकम समूह) सँग सम्झौता गरेको थियो। यो रणनीतिक साझेदारीले केसेल कम्पनीलाई दुई सञ्चालकहरूको सञ्जालको संयोजन गर्दै देशका सबै प्रमुख क्षेत्रहरूमा चौथो पुस्ता / दीर्घकालीन सञ्जाल सेवाहरूको परिचालन सुरूवात गर्न अनुमति दिएको थियो। सन् २०१६ मा, केसेलले कजाखस्तान सेयर बजारबाट उच्च स्तरको पारदर्शिता र जानकारीको खुलासाको लागि नामाङ्कन प्राप्त गरेको थियो। सन् २०१७ को मध्य सम्ममा, यसले कजाखस्तानका २० प्रमुख सहरहरूमा ६५ लाख मानिसहरूलाई केसेलको चौथो पुस्ता सञ्जाल अन्तर्गत सेवा प्रदान गरेको थियो[३]

टेलिया कम्पनीले केसेलको सेयर जनवरी २०१९ मा कजाखटेललाई बिक्रि गरेको थियो, तर टेलिया कम्पनीले प्रयोग गरेको अघिल्लो बैजनी गोलाकार लोगोलाई भने कम्पनीले परिवर्तन गरेको छ‌न। तथापि, अजर्सेल, जियोसेल र टेसेल जस्तै अन्य देशहरूमा पूर्व टेलिया कम्पनीका सञ्जालहरूले भने बैजनी रङ्ग कायमै राख्दै सन् २०१९ मा उनीहरूको लोगोहरू परिवर्तन गरेका थिए।[४]

मालिक तथा व्यवस्थापकहरू [५][सम्पादन गर्नुहोस्]

केसेल जेएससी विश्वको प्रख्यात तथा अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिया सोनेराको सहायक कम्पनीको रूपमा सन् २०१८ सम्म रहेको थियो। सन् २०१८ को डिसेम्बरमा, केसेललाई कजाखस्तानको सबैभन्दा ठूलो र सरकारी दूरसञ्चार कम्पनी कजाख टेलिकमले खरिद गरेको थियो र यसले सन् २०१९ टेलि२ को पनि अधिग्रहण गरेको थियो। आर्ती ओट्स कम्पनीमा सन् २०१४ देखि प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा गरेका छन्।[६]

गतिविधि[सम्पादन गर्नुहोस्]

यसको प्रमुख गतिविधि मोबाइल सञ्चार सेवा र मोबाइल इन्टरनेटको प्रावधान हो। कम्पनीले बजारमा १९ वर्ष देखि सेवा सञ्चालन गरेको छ र हाल पनि कम्पनीले सेवालाई विस्तार गरिरहेको छ।[७] सन् २०१६ मा, केसेलले वाणिज्यिक रूपमा चौथो पुस्ता / दीर्घकालीन सञ्जालको तैनाथीको सुरू गरेको थियो जुन बिलाइन कजाखस्तानसँग चौथो पुस्ता / दीर्घकालीन सञ्जालको संयुक्त निर्माणमा सम्झौतामा हस्ताक्षर भएकोले उल्लेखनीय गतिमा वृद्धि भएको थियो। यस सम्झौताले आवश्यक पूँजी लागतको साथ सञ्जाल तैनाती प्रक्रिया द्रुत गतिमा सेवाहरूको उच्च गुणस्तरमा प्रदान गर्न अनुमति दिएको छ। डिसेम्बर २०१६ को अन्त्यसम्म, केसेलले चौथो पुस्ता/ दीर्घकालीन सञ्जाल अन्तर्गत सेवा क्षेत्र कजाकिस्तानको ३५% जनसङ्ख्यामा पुर्‍याएको थियो।[८] सन् २०१७ को मध्यमा, रिडर, टाराज, टर्कीष्टन, किजिलोर्डा, पेट्रोपाभलोभस्क, शेमोनाइखा र इकीबास्तुज लगायतका सहरहरूका मानिसहरूले उच्च गतिको मोबाइल चौथो पुस्ता/ दीर्घकालीन सञ्जाल इन्टरनेटमा पहुँच प्राप्त गरेका थिए। १२ मे २०१७ देखि कम्पनीले चौथो पुस्ता+ (दीर्घकालीन उन्नत) सञ्जाल विकास गर्न सुरु गरेको थियो।[८]

संयुक्त तथा सामाजिक दायित्वहरू[सम्पादन गर्नुहोस्]

केसेल जेएससीले १७ वर्षदेखि सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै आइरहेको छ। कम्पनी संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टको एक सदस्य हो। यसले निम्न दिशा निर्देशनहरूमा सामाजिक परियोजनाहरूको लागू गर्दछ:

१) अङ्कीय उद्यमशीलता र नवीनताहरूको समर्थन

२) सबैको शिक्षाको सम्भावनाको प्रावधान

३) स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सहयोग प्रदान [९]

१० वर्ष भित्र, कम्पनीले परोपकारी एसएमएस परियोजनाहरू कार्यान्वयन गरेको थियो जसमा कम्पनीका कुनै पनि सदस्यले भाग लिन सक्नेछन्। कजाखस्तानका अस्पताल र जन्म केन्द्रहरूमा बालबालिकाको गहन चिकित्सा इकाइहरूको लागि चिकित्सा उपकरण खरीद गर्न यसले आयला निजी कल्याणकारी कोष "ब्रेथ लाइफ" परियोजनालाई कोष जुटाउन निर्देशन दिएको थियो। [१०] शुग्याला सार्वजनिक कोषको परियोजना (अनुवादत नाम सहयोगी हात) ले आय कम भएका परिवार, अभिभावकहरूको हेरविचारविना छोडिएका अनाथ बालबालिका, एक्लो वृद्ध व्यक्ति र सम्पूर्ण काजाखस्तानका अशक्त व्यक्तिहरूलाई सामाजिक सहयोगका लागि आयोजना गरिएको एक कोष हो जून जसमा यसको पनि प्रमुख भूमिका रहेको छ। स्वयंसेवी समाजको अन्तर्गतको सार्वजनिक कोष (अनुवादित नाम बच्चाहरूलाई जीवन दिनुहोस्) नामक परियोजनाले काजाखस्तानका चिकित्सकहरूको सहयोग लिन असमर्थ बालबालिकाहरूलाई कजाखस्तान बाहिर सल्यक्रियाका सञ्चालनको लागि कोष जुटाएको थियो।[११] यस बाहेक, गणतन्त्र कजाखस्तानको रेड क्रस समाजले प्रकोप सम्भावित क्षेत्रहरूमा प्राकृतिक र मानव निर्मित प्रकोप र अन्य आपतकालबाट प्रभावित कम आय भएका परिवार र नागरिकहरूलाई परोपकारी सहायता प्रदान गर्ने उद्देश्य राखेको थियो। १० वर्ष भन्दा बढी समयदेखि केसेल ओलम्पिक कजाखस्तानको सार्वजनिक सङ्घको सामान्य साझेदार रहँदै आएको छ र बौद्धिक अशक्तता भएका बालबालिकाहरूका लागि वार्षिक शिविर, खेलकुद र स्वास्थ्य शिविरको पनि यसले आयोजना गर्दै आइरहेको छ जसमा सन् १०१७ को गृष्ममा, ७० बालबालिकाहरूले उक्त शिविरमा भाग जनाएका थिए। सबैका लागि शिक्षा, एक संयुक्त सामाजिक उत्तरदायित्व रणनीति कार्यान्वयनको समयमा प्रमुख प्राथमिकता रहेको थियो।[१२] यो लक्ष्य हासिल गर्न कम्पनीले कजाखस्तानमा पहिलो खुला व्यापक अनलाइन पाठ्यक्रमलाई नि:शुल्कको प्रदान गरेको थियो जसमा सूचना प्रविधि, व्यापार र दूरसञ्चार सम्बन्धित जानकारीहरू समावेश थिए। यसले कजाखस्तानको अग्रणी विश्वविद्यालयहरू जस्तै काजाकिस्तानको बेलायती प्राविधिक विश्वविद्यालय, अल्मायू, एसडियु, सातपेइभ काजएनआरटियु र गणितिय संस्थानसँग साझेदारी गरेको थियो। केसेलले तीन वर्षको लागि अङ्कीय मोबाइल साक्षरता "अङ्कीय जीवन" परियोजना लागू गरेको थियो।[१३] यसले २३० नि: शुल्क विशेष कक्षाहरू जस्तै मोबाइल सञ्जाल, मोबाइल सुरक्षा, मोबाइल शिक्षा, मोबाइल व्यवसायको सञ्चालन गरेको थियो। अङ्कीय सञ्चारमा आटस्की, अपास्की र स्मार्टफोनमा वृद्ध जनसङ्ख्याको संलग्नताको पाठ्यक्रम यस परियोजना भित्र सञ्चालन गरिएको थियो। कम्पनीको समर्थनमा कजाख भाषा सिक्न चाहने सबैको लागि निःशुल्क मोबाइल अनुप्रयोग सिचुएसनल कजाखको सुरु गरिएको थियो।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Годовой отчет 2015
  2. Годовой отчет Кселл 2016
  3. "История успеха", Kcell - GSM Kazakhstan, अन्तिम पहुँच २०१७-१०-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति
  4. "केसेल", लोगोपिडिया, अन्तिम पहुँच ६ जनवरी २०२० 
  5. "Акционеры", Kcell - GSM Kazakhstan, मूलबाट २०१७-१०-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति
  6. "Обзор корпоративного управления", Kcell - GSM Kazakhstan, अन्तिम पहुँच २०१७-१०-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति
  7. "Годовой отчет Кселл за 2016 год" 
  8. ८.० ८.१ "6.5 млн. населения в 20 городах Казахстана покрыты связью 4G/LTE от АО «Кселл»", Kcell - GSM Kazakhstan, अन्तिम पहुँच २०१७-१०-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति
  9. "Kcell Annual Report 2016" 
  10. "Бесплатное мобильное приложение-ситуационный казахский язык, выпущенное при поддержке компании Kcell", Kcell – GSM Kazakhstan (रुसीमा), अन्तिम पहुँच २०१७-१०-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति
  11. "Открытый университет Казахстана запускает первые курсы", Kcell – GSM Kazakhstan (रुसीमा), अन्तिम पहुँच २०१७-१०-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति
  12. "Более 6 тысяч казахстанцев приняли участие в мастер-классах по мобильному образованию от компании Kcell", Kcell – GSM Kazakhstan (रुसीमा), अन्तिम पहुँच २०१७-१०-३१ [dead link]
  13. "The Great Silk Road – a new application for smartphones", Kcell – GSM Kazakhstan (ru-RUमा), अन्तिम पहुँच २०१७-१०-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति
  14. "Free mobile application — Situational Kazakh, was released with support of the Kcell Company", Kcell – GSM Kazakhstan (ru-RUमा), अन्तिम पहुँच २०१७-१०-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]