चन्द्रकला लाम्गादे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रकला लाम्गादे
व्यक्तिगत जानकारी
जन्म नामचन्द्रकला
पुरा नामचन्द्रकला लाम्गादे
राष्ट्रियतानेपाली
खेल
राष्ट्रनेपाल
खेलएथलेटिक्स
प्रतिस्पर्धा(हरू)सटपुट, ज्याभलिन, डिसकस थ्रो तथा अन्य
क्लबनेपाल पुलिस क्लब
टोली नेपाल
प्रशिक्षितचन्द्रबहादुर गुरुङ (पुलिस)
पदक कीर्तिमान
नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्दै
नेपाल राष्ट्रिय खेलकुद
सवर्ण पदक – पहिलो स्थान सटपुट २०७३
सवर्ण पदक – पहिलो स्थान ज्याभलिन थ्रो २०७३
सवर्ण पदक – पहिलो स्थान सटपुट २०७५-७६
सवर्ण पदक – पहिलो स्थान ज्याभलिन थ्रो २०७५-७६

चन्द्रकला लाम्गादे एक नेपाली महिला एथलेटिक्स खेलाडी हुन्। उनी नेपाल तथा नेपाल प्रहरीका लागि एथलेटिक्सका विभिन्न स्पर्धाहरूमा सहभागीता जनाउने गर्दछिन्। उनले मुख्य गरी उनले एथलेटिक्सका सटपुट, ज्याभलिन र डिसकस थ्रो जस्ता स्पर्धाहरूमा सहभागीता जनाउने गर्दछिन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

नेपाल पुलिस क्लब[सम्पादन गर्नुहोस्]

चन्द्रकला लाम्गादे २०७० सालदेखि नेपाल प्रहरीमा आबद्ध भएकि थिइन्। नेपाल पुलिसमा आबद्ध भएसँगै उनी सटपुट, ज्याभलिन र डिसकस थ्रोमा अन्य खेलाडीका लागि ठूलो चुनौती बन्दै आएकी छिन्। उनले चालीसौं एथ्लेटिक्स प्रतियोगितामा यसै स्पर्धाहरूमा नेपाल पुलिस क्लबका तर्फबाट स्वर्ण पदक जित्न सफल भएकी थिइन्।

सातौँ राष्ट्रिय खेलकुद २०७३[सम्पादन गर्नुहोस्]

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै प्रतियोगितामा नयाँ कीर्तिमान कायम गरेकी थिइने। प्रतियोगितामा उनले ११.५६ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन्। उनले यो भन्दा पहिले भारतमा भएको साग गेम्समा ११.०३ मिटरमा कीर्तिमान बनाएकी थिइन्। यस्तै लामगादेले ज्याभलिन थ्रोमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले ज्याभलिन थ्रोमा ४३.९४ मिटर थ्रो गरेकि थिइन्। यसअघि उनले २०७२ साल फागुनमा साग खेलकुदको छनोट प्रतियोगितामा ४३.९० मिटर थ्रो गरेकी थिइन्[१]। सटपुट र ज्याभ्लिन दुवैमा कीर्तिमानी स्वर्ण जितेकि चन्द्रकलाले सातौँ राष्ट्रिय खेलकुद २०७३ मा सर्वोत्कृष्ट महिला खेलाडी समेत हुन सफल भएकि थिइन्[२]

राष्ट्रिय किर्तिमानहरू[सम्पादन गर्नुहोस्]

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]