चौकीडाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौकीडाँडा
देश नेपाल
अञ्चलकोशी प्रदेश
जिल्लाभोजपुर
जनसङ्ख्या
 (२०७८)
 • जम्मा१९३१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


चौकीडाँडा, भोजपुर जिल्लाको उत्तरी भागमा पर्दछ। नयाँ बनेको स्थानिय निकायको निर्माण पछि यो भोजपुर जिल्लाका ९ स्थानिय निकायमध्ये साल्पासिलिछो गाउँपालिकाको वार्ड नं-३ अन्तर्गत पर्छ।

चौकीडाँडा सिंगो साल्पासिलिछो गाउँपालिकाको प्रशाशकिय केन्द्र पनि हो। पूर्वमा कुलुङ्, पश्चिममा खाटाम्मा, दक्षिणमा नेपालेडाँडा अनि कुदाककाउले र उत्तरमा छिमेकी जिल्ला संखुवा-सभा सँग यसको सिमाना जोडिएको छ। प्राकृतिक सुन्दर छटाले सिंगारिएको यो वडाले खासगरि शैक्षिक क्षेत्रमा भने ठूलो प्रगति गरेको छ। मध्यम क्षेत्रफलमा फैलिएको यो वार्डमा चारवटा प्राईमरी, दुईवटा लोवर सेकेण्डरी र एउटा उच्च मा०बि० संचालनमा छन्। केही वर्ष अघिसम्म यातायातको सुबिधाबाट पूर्ण बन्चित यो ठाउँमा अहिले भने यातायातका साधन मज्जैले गुड्न थालेका छन। अरुण नदी माथि पक्की पूल निर्माण भएपछी भने यहाँँ बार्है महिना यातायातका साधन गुड्ने कुराको सुनिश्चतता हुनेछ। हालै निर्माण सम्पन्न भएको सहित हाल यहाँँ ३ वटा लघु जलबुद्धुत पावरहाउस संचालनमा रहेका छन। सबै गरेर अनुमानित ४५ किलोवाट बिद्युत शक्तीको माध्यमबाट गबिसका ६० प्रतिशत घरमा बत्तीको सुबिधा उपलब्ध भईसकेको छ। त्यस्तै वडाका प्राय: सबै घरमा केन्द्रीय बिद्दुत प्रशारण पुगिसकेको छ।

क्लव र पुस्तकालय मार्फत समग्र वार्ड र वरिपरिका छिमेकी वार्डमा समेतमा शैक्षिक र सामाजिक जागरण थप्न वार्डको गोपिनीचौरस्थित जनता क्लवले धेरैनै ठूलो भूमिका खेलेको छ। जिल्लाकै पुरानो मध्येको एक यो सामाजिक संस्था 'जनता क्लब'को स्थापना बिक्रम सम्बत् २०३०मा तत्कालीन युवा जोश र जाँगरले भरिएका स्थानिय युवाहरूले गरेका थिए। पञ्चायती शासनमा यो संस्थाले "खेलकुद घर"को नाम प्रयोग गर्न बाध्य हुनुपरेको थियो। वर्षमा एकपटक विजया दशमीको राती सम्पन्न गर्ने विविध साँस्क्रितिक कार्यक्रम यो क्लबले गर्ने त्यतिखेरको समयको जिल्लाकै उत्तरी भेगमा सम्पन्न हुने एक भब्य कार्यक्रम हुन्थ्यो।

पछि क्लबले बालबालिकाहरूमा अतिरिक्त क्रियाकलाप मार्फत ब्यक्तित्व विकासका कार्यक्रमहरूमा बढि ध्यान दिन थाल्यो। साथै प्रौढ शिक्षामा निकै परिश्रम गर्‍यो। यो क्लब अहिले पनि गाउँलेहरूको विभिन्न नयाँ बिषयमा छलफल चलाउने चौतारी हो। त्यस्तै वार्डको तिन्तामास्थित अर्को सामाजिक संस्था- ईन्द्रावती क्लब निकै सक्रिय छ। यो क्लबले पनि त्यो स्थानिय क्षेत्रमा सामाजिक कुरिती हटाउन, समाज सुधार गर्न अग्रणी भूमिका खेलिरहेको छ। समय समयमा खेलकुदका विभिन्न प्रतियोगिता गरेर युवालाई स्रिजनात्मक कार्यमा संलग्न गराई असल नागरिक बनाउने कार्यमा लागिरहेको छ।