जमशेदपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमशेदपुर
टाटानगर
जमशेदपुरको गोलचक्कर
जमशेदपुरको गोलचक्कर
उपनाम: 
स्टिल सिटी
देशभारत
राज्यझारखण्ड
जिल्लापूर्वी सिंहभूम जिल्ला
संस्थापकजमशेदजी नौसरवानजी टाटा
नामकरणफलाम र स्टिल, सिमेन्ट उद्योग
क्षेत्रफल
 • महानगर२०९ किमी (८१ वर्ग माइल)
उन्नतांश
१५९ मिटर (५२२ फिट)
जनसङ्ख्या
 (२०११)[२]
 • महानगर१,३३७,१३१
 • घनत्व६४००/किमी (१७०००/वर्ग माइल)
 • महानगर
६३१,३६४
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
८३१००१ देखि ८३१xxx
टेलिफोन कोड०६५७
साक्षरता८५.९४%
भाषाहिन्दी, अङ्ग्रेजीबङ्गाली
वेबसाइटwww.jamshedpur.nic.in

जमशेदपुर (/ˈɑːmʃɛdpɔːr/, उच्चारण) भारतको झारखण्ड राज्यको एउटा सहर हो । यो भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३६औँ क्रममा र झारखण्डमा पहिलो स्थानमा रहेको छ । जमशेदपुरलाई टाटानगर पनि भनिने गरिन्छ । यो झारखण्ड राज्यको दक्षिणी भागमा अवस्थित पूर्वी सिंहभूम जिल्लाको भाग हो । जमशेदपुरको स्थापना पारसी व्यवसायी जमशेदजी नौशरवानजी टाटाले गरेको हो । सन् १९०७ मा टाटाले आइरन एण्ड स्टिल कम्पनी (टिस्को) को स्थापना गरेपछि यस सहरको जग बसाल्न सकिएको हो । यसभन्दा पूर्व यहाँ साक्ची नामक एउटा आदिवासी गाउँ हुने गर्थ्यो । यहाँको माटो कालो हुनेभएको कारणले यहाँको पहिलो रेलवे-स्टेशन कालीमाटीको नामले बन्यो जसलाई पछि परिवर्तन गरेर टाटानगर गरियो । खनिज पदार्थहरूको प्रचुर मात्रामा उपलब्धता र खडकई तथा सुवर्णरेखा नदीको सजिलै उपलब्ध पानी, तथा कोलकातासँगको नजिकीको कारण आजको यो आधुनिक सहरलाई बसाल्न सकिएको हो ।

जमशेदपुर आज भारतको सबैभन्दा प्रगतिशील उद्योगिक नगरहरू मध्येमा एक हो । टाटा परिवारको कयौं कम्पनीहरूको उत्पादन एकाई जस्तै टिस्को, टाटा मोटर्स, टिस्कन, टिन्पलेट, टिमकन, ट्यूब डिभिजन, इत्यादि यहाँ कार्यरत छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

उत्पति[सम्पादन गर्नुहोस्]

पर्यटन[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

यातायात[सम्पादन गर्नुहोस्]

जमशेदपुर सडक र रेल-मार्गद्वारा पुरै भारत सँग जोडिएको छ । हावडा मुम्बई रेल मार्गमा अवस्थित हुनुका कारण टाटानगर दक्षिणपूर्व रेलवेको अत्यन्त व्यस्त रेल्वे स्टेसनहरू मध्ये गनिन्छ । राष्ट्रिय राजमार्ग ३३ यो शहर भएर गएको छ । नगरको उत्तर पूर्वी भागमा एउटा सोनारी विमानस्थल छ जुन वायु विमान सेवाहरूसँग यस सहरलाई जोडेको छ । सहरको प्रमुख सडकहरू रेखदेख टाटा परिवारद्वारा हुने भएको कारणले यहाँको सडक झारखण्डमा अन्य सहरहरूको अपेक्षामा धेरै राम्रो छ ।

हवाई सेवा[सम्पादन गर्नुहोस्]

जमशेदपुर एयर डेकनद्वारा कोलकाताको विमानस्थलद्वारा जोडिएको छ । यस वाहेक यहाँ एउटा निजी एयरलाइन्स हप्तामा दुई दिन यहाँबाट राष्ट्रिय राजधानी दिल्लीको लागि उडान भर्ने गर्दछ । यो विमानस्थलको प्रायजसो उपयोग उद्योगिक जहाजहरूको आगमन-प्रस्थानको लागि गर्ने गरिएको छ । यस वाहेक यहाँ उडान प्रशिक्षणको लेल स्थापित जमशेदपुर को-आपरेटिभ फ्लाइङ क्लब तथा टाटानगर एभियेसनद्वारा यसको प्रयोग गर्ने गरिन्छ । कोलकाता अतिरिक्त यहाँबाट सबैभन्दा नजिकको विमानस्थल राँचीको बिरसा मुण्डा विमानस्थल हो जुन यहाँबाट लगभग १२० किलोमिटरको दूरीमा रहेको छ ।

रेल-मार्ग[सम्पादन गर्नुहोस्]

टाटानगर (जमशेदपुर) दक्षिणपूर्व रेलवेको सबैभन्दा प्रमुख रेलवे स्टेसनहरू मध्ये एक हो ए यसले सोझै यो सहरलाई भारतका अन्य प्रमुख शहरहरू जस्तै कोलकाता, मुम्बई, दिल्ली, चेन्नई, पटना, रायपुर, भुवनेश्वर आदी सँग जोडेको छ । यस रेलवे स्टेसनलाई टाटानगरको नामले चिनिन्छ ।

सडक मार्ग[सम्पादन गर्नुहोस्]

जमशेदपुर सडक मार्गद्वारा भारतका सबै ठुला सहरहरूसँग जोडिएको छ । सहरबाट राष्ट्रिय राजमार्ग ३३ (बहरागोडा देखि बरही) गएको छ जुन राष्ट्रिय राजमार्ग सङ्ख्या २ सँग जोडिएको छ जो सोझै कोलकातादिल्लीसँग जोडिएको छ । राँची (१३१ किलोमिटर), पटना, गया, कोलकाता (२५० किलोमिटर) सहित कयौं बिहार, बङ्गालउडिसाका अन्य प्रमुख सहरहरू सँग जमशेदपुरको लागि सोझो बस सेवा उपलब्ध रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Jamshedpur city total area" 
  2. "Census 2011", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २१ मे २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]