जोन डेभिड वासिङ्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोन डेभिड वासिङ्टन
John David Washington
सन् २०१८ मा वासिङ्टन
जन्म (1984-07-28) २८ जुलाई १९८४ (उमेर ३९)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानमोरहाउस कलेज
पेशा
  • अभिनेता
कार्यकालसन् १९९२–वर्तमान
मातापिताडेन्जल वासिङ्टन
पौलेटा पियर्सन वासिङ्टन

जोन डेभिड वासिङ्टन (जन्म जुलाई २८, १९८४) एक अमेरिकी अभिनेता र भूतपूर्व फुटबल रनिङ ब्याक हुन्। उनले मोरहाउस कलेजमा कलेज फुटबल खेलेका थिए र सेन्ट लुइस रम्सको साथ सन् २००६ मा एक अविकृत मुक्त एजेन्टको रूपमा हस्ताक्षर गरेका थिए। व्यावसायिक रूपमा, वासिङ्टनले चार वर्षसम्म युनाइटेड फुटबल लिगको स्याक्रमेन्टो माउन्टेन लायन्सको लागि रनिङ ब्याकको रूपमा भाग लिएका थिए।

वासिङ्टन आफ्ना बुबा डेन्जल वासिङ्टन र आमा पौलेटा वासिङ्टन जस्तै अभिनय करियरमा सरेका थिए। उनी एचबीओ हास्य शृङ्खला 'ब्यालर्स' (सन् २०१५–२०१९) को मुख्य कलाकारको हिस्सा थिए। उनले स्पाइक लीको अपराध चलचित्र 'ब्ल्याकक्लान्सम्यान' (सन् २०१८) मा रोन स्टालवर्थको रूपमा पनि अभिनय गरेका थिए, जसका लागि उनले दुबै गोल्डन ग्लोब र स्क्रिन एक्टर्स गिल्ड अवार्ड नामाङ्कन लिएका थिए, र क्रिस्टोफर नोलनको जासुसी चलचित्र 'टेनेट' (सन् २०२०) मा अभिनय गरेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

वासिङ्टन, अभिनेता डेन्जल वासिङ्टन र अभिनेत्री र गायिका पौलेटा वासिङ्टनको छोरा लस एन्जलस, क्यालिफोर्नियाको नजिकैको टोलुका तालमा हुर्केका थिए; उनी तिनीहरूका चार जना बच्चामध्ये जेठो हुन्।[१] सात वर्षको उमेरमा उनी स्पाइक लीको सन् १९९२ फिचर चलचित्र 'माल्कम एक्स'मा हार्लेम कक्षामा विद्यार्थीको रूपमा देखा परेका थिए, जसमा उनका बुबा डेन्जेल मुख्य भूमिकामा थिए।[२]

वासिङ्टनले लस एन्जलसको क्याम्पबेल हल स्कूलमा अध्ययन गरेका थिए, जहाँ उनी फुटबल, बास्केटबल र ट्र्याकका लेटरम्यान थिए। उनले सन् २००२ मा हाईस्कूल र सन् २००६ मा मोरहाउस कलेजबाट स्नातक गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Smith, Krista (अप्रिल ११, २०१८), "John David Washington on His Path from Pro Football to Ballers", Vanity Fair, अन्तिम पहुँच अप्रिल १६, २०१८ 
  2. Respers, Lisa (अगस्ट १, २०१८), "Don't tell 'BlacKkKlansman's' John David Washington he's code-switching", CNN, अन्तिम पहुँच जनवरी ४, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]