नोभाक जोकोभिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नोभाक जोकोभिच
सन् २०१८ मा, जोकोभिच
राष्ट्रसर्बिया र मोन्टेनेग्रो सर्बिया र मोन्टेनेग्रो (सन् २००३–२००६)
 सर्बिया (सन् २००६–हाल)
निवासमोँते कार्लो, मोनाको
जन्म दिन (1987-05-22) २२ मे १९८७ (उमेर ३६)
जन्म स्थानबेओगर्द, सर्बिया, युगोस्लाभिया
उचाई१.८८ मी (६ फिट २ इन्च)[१][२]
व्यावसायिक खेलाडीको रूपमासन् २००३
खेलहरूदायाँ-हाते
खेल जीवनको पुरस्कार राशी$१४,३६,३१,५६०
  • सर्वाधिक कमाई
आधिकारीक वेबसाइटआधिकारिक वेबसाइट
एकल
खेल जीवनको रेकर्ड911–187 (82.97% व्यावसायिक टेनिस, प्रमुख प्रतियोगिता र डेभिस कप समावेश; खुला प्रतियोगितामा दोस्रो)
खेल जीवनको उपाधि७९ (खुला प्रतियोगितामा पाँचौँ)
उच्च क्रमप्रथम (४ जुलाई २०११)
हालको क्रमप्रथम (२०२०-२-३)[३]
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपनविजेता (सन् २००८, सन् २०११, सन् २०१२, सन् २०१३, सन् २०१५, सन् २०१६, सन् २०१९, सन् २०२०)
फ्रेन्च ओपनविजेता (सन् २०१६)
विमबल्डनविजेता (सन् २०११, सन् २०१४, सन् २०१५, सन् २०१८, सन् २०१९)
युएस ओपनविजेता (सन् २०११, सन् २०१५, सन् २०१८)
अन्य प्रतियोगिता
टूर फाइनलविजेता (सन् २००८, सन् २०१२, सन् २०१३, सन् २०१४, सन् २०१५)
ओलम्पिक खेल (सन् २००८)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड55–72 (43.31% व्यावसायिक टेनिस, प्रमुख प्रतियोगिता र डेभिस कप समावेश)
खेल जीवनको उपाधि
उच्च क्रम१४०औँ (२०२०-०३-१६)[४]
प्रमुखमा दोहोरो नतिजा
अस्ट्रेलियन ओपनपहिलो चरण (सन् २००६, सन् २००७)
फ्रेन्च ओपनपहिलो चरण (सन् २००६)
विमबल्डनदोस्रो चरण (सन् २००६)
युएस ओपनपहिलो चरण (सन् २००६)
अन्तिम पटक अद्यावधिक: २०२०-३-१६.
नोभाक जोकोभिच
व्यावसायिक टेनिस सङ्घको खेलाडी परिषद्
पद बहाली
३० अगस्ट २०१६
उपराष्ट्रपतिकेभिन एन्डरसन
पूर्वाधिकारीएरिक बुटोरक
उतराधिकारीबहालवाला

नोभाक जोकोभिच सर्बियाली: Новак Ђоковић, (जन्म: बेओग्रद, २२ मे १९८७) एक सर्बियाली व्यावसायिक टेनिस खेलाडी हुन्। उनले व्यावसायिक टेलिस सङ्घको सूचीको शीर्ष स्थानमा २८० हप्ता भन्दा बढी समय बिताउन सफल भएका छन्। धेरै टेनिस समालोचक, पूर्व खेलाडी र टोलीका साथीहरूले जोकोभिचलाई इतिहासको सर्वश्रेष्ठ टेनिस खेलाडी मध्ये एक मान्दछन्।

उनी सन् २००३ देखि व्यावसायिक रूपमा खेल्दै आएका छन्। अहिलेसम्म उनले आफ्नो कार्यकाल भरिमा १७ वटा प्रमुख उपाधिहरू जिति सकेका छन् जसमा आठ पटक अस्ट्रेलियन ओपन, पाँच पटक विम्बल्डन, तीन पटक युएस ओपन र एक पटक रोलाँ गार्रोस समावेश छ। सन् २०१६ मा, रोलाँ गार्रोस जित्दै उनी सन् १९६९ मा रड लाभेर पछि, लगातार चारैवटा प्रमुख प्रतियोगिता जित्ने पहिलो खेलाडी हुन् र तीन भिन्न सतहहरूमा उक्त सफलता हासिल गर्ने एक मात्र खेलाडी हुन्। जोकोभिच सर्बियाको डेभिस कप विजेता टोलीका पनि सदस्य हुन् जसले सन् २०२० को प्रतियोगिता हात पारेको थियो। जोकोभिच पहिलो सर्बियाली खेलाडी हुन् व्यावसायिक टेलिस सङ्घको शीर्ष स्थानमा पर्ने उनी पहिलो सर्बियाली खेलाडी हुन् भने सर्बियाको प्रतिनिधित्व गर्दै प्रमुख एकल उपाधि जित्ने उनी पहिलो पुरुष खेलाडी हुन्। उनले ६ पटक अन्तर्राष्ट्रिय टेनिस सङ्घको उपाधि जितेका छन् भने व्यावसायिक टेनिस सङ्घले उनलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरेको थियो। धेरै पुरस्कारहरू जितेका छन्, जसमा वर्ष पुरुष खेलाडी अन्तर्गत लोरियस विश्व खेलकुद पुरस्कार (चार पटक) र सन् २०११ बिबिसीको विदेशी खेलकुद व्यक्तित्व पुरस्कार समावेश छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "DJOKOVIC, Novak", ATPWorldTour.com, अन्तिम पहुँच ३० जनवरी २०१२ 
  2. "DJOKOVIC, Novak", novakdjokovic.com, अन्तिम पहुँच १३ जुलाई २०१५ 
  3. "ATP World Tour – Novak Djokovic profile", ATP World Tour, अन्तिम पहुँच १ अप्रिल २०१९ 
  4. "Rankings Doubles", ATP Tour 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]