पद्मिनी कोल्हापुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पद्मिनी कोल्हापुरी
पद्मिनी कोल्हापुरी, अप्रिल २०१४
जन्म (1965-11-01) १ नोभेम्बर १९६५ (उमेर ५८)
बोम्बे, महाराष्ट्र
वासस्थानभारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री

पद्मिनी कोल्हापुरी (मराठी: पद्मिनी कोल्हापुरे; जन्म १ नोभेम्बर १९६५) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी सन् १९८० को दशकमा बलिउड चलचित्र उद्योगमा अभिनय गरेकी हुन् । उनले हाल आएर टेलिभिजनमा समेत अभिनय गर्न सुरू गरेकी छन् । उनले नई पहचान नामक टेली चलचित्रमा अभिनय गरिरहेकी छन् ।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

पद्मिनी कोल्हापुरीको जन्म पन्धारीनाथ कोल्हापुरी र अनुपमा कोल्हापुरीको घरमा दोस्रो सन्तान'को रूपमा भएको थियो । उनको बुवा एक सङ्गीतकार थिए । उनको ठुली दिदी शिवांगी कपूर, अभिनेता शक्ति कपूरकी श्रीमती र अभिनेता सिद्धान्त कपूर र अभिनेत्री श्रद्धा कपूरकी आमा हुन् । उनकी कान्छी बहिनी पनि अभिनेत्री हुन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. If I had my way, I would have worked with Raj Kapoor all my life: Padmini Kolhapure Times of India 13 September 2013
  2. Starkid on the block: Priyank Sharma वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-३० मिति Hindustan Times 28 January 2013
  3. Ashok Kumar (Expressindia.com) (१३ अगस्ट २००८), "Working for TV serial was frustrating: Tejaswini", Express India, अन्तिम पहुँच १२ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण १४ अक्टोबर २०१२ मिति

वाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]