पश्चिमी युरोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पश्चिम युरोपबाट अनुप्रेषित)

पश्चिमी युरोप क्षेत्रमा युरोप महाद्वीपका पश्चिमी राष्ट्रहरू समावेश छन्। सन् १९४५ देखि १९९१ सम्म शीतयुद्धको समयमा प्रचलित अर्को परिभाषा अनुसार पश्चिमाहरूले युरोपेली सङ्घमा आबद्ध राष्ट्रहरूको भूभागलाई पश्चिम युरोप भन्ने गर्दथे, जुन अहिले युरोपेली सङ्घको भाग हो। पश्चिमी युरोपेली सङ्गठन सन् १९४८ को समयमा गैर-साम्यवादी युरोपेली राष्ट्रहरूद्वारा आयोजित एक सुरक्षात्मक सङ्गठन थियो जुन वार्सा सम्झौताको बिरूद्ध सङ्गठित गरिएको थियो।[१]

वर्तमान विभाजन[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र भू-योजना वर्गीकरण[सम्पादन गर्नुहोस्]

युरोपका उपक्षेत्र, संयुक्त राष्ट्र सङ्घको भू-योजना
  पश्चिमी युरोप


संयुक्त राष्ट्र सङ्घको भू-योजना संयुक्त राष्ट्र साङ्ख्यिकी प्रभागद्वारा विकसित एक प्रणाली हो जसले एम ४९ कोडिङ वर्गीकरणको आधारमा विश्वका देशहरूलाई क्षेत्रीय र उपक्षेत्रीय समूहहरूमा विभाजित गर्दछ।[२] विभाजन साङ्ख्यिकीय सुविधाको लागि हो र यसले देश वा क्षेत्रहरूको राजनीतिक वा अन्य सम्बद्धताको बारेमा कुनै धारणालाई सङ्केत गर्दैन।

संयुक्त राष्ट्र सङ्घको भू-योजनाअनुसार, निम्न देशहरूलाई पश्चिमी युरोपको रूपमा वर्गीकृत गरिएको छ:[२]

वर्ल्ड फ्याक्टबुक वर्गीकरण[सम्पादन गर्नुहोस्]

द वर्ल्ड फ्याक्टबुकको आधारमा युरोपको क्षेत्र:
  उत्तरी युरोप
  पश्चिमी युरोप

केन्द्रीय गुप्तचर संस्थाद्वारा प्रकाशित द वर्ल्ड फ्याक्टबुकले "पश्चिम युरोप"मा सात देश उल्लेख गरेको छ:[३]

"दक्षिणपश्चिम युरोप"मा रहेका तीन देश:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sushytska, Julia (२०१२), "What Is Eastern Europe? A Philosophical Approach", in Bradatan, Costica, Angelaki (रुटलेज): 39–51। 
  2. २.० २.१ "UNSD — Methodology", unstats.un.org, अन्तिम पहुँच २०१९-०६-१७ 
  3. "Field listing: Location", CIA World Factbook, मूलबाट २४ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]