पातालगंगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पातालगङ्गा झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अवस्थित मन्दिर हो । मेचीनगर नगरपालिका क्षेत्रमा पर्ने पातालगंगा पवित्र धार्मिक, ऐतिहासिक र दर्शनीय स्थलको रूपमा लिइन्छ। झापा जिल्लाको पवित्र तीर्थस्थल अर्जुनधारासँग सम्बन्ध जोडिएको छ भन्ने धामिृक जनश्रुती पाइन्छ। १९९० सालको भूकम्प जाँदा हलको पातालगंगा रहेको स्थानमा एकाएक दुध जस्तो सतो फोहरा फुटेपछि स्थानीय मानिसहरूले गङ्गाजल प्रकट भएको विश्वास गरेका हुनाले यहाँ दर्शनार्थीहरू आउन थालेको हो। वि सं. २०४२ सालमा निजी सहयोगमा मन्दिर निर्माण भएको पाइन्छ। पातालगंगाको दर्शन गरेमा मनमा चिताएको कुरा पुग्छ भन्ने विश्वास रहेको समेत पाइन्छ। मेचीनगर नगरपालिकामा रहेको टोक्ला चिया बगानको उत्तरमा अवस्थित पातालगंगा वातावरीण दृष्टिकोणले समेत स्वच्छ र रमणीय छ। पातालगंगा जनिकै अर्को धार्मिक महत्त्वको नन्दनेश्वर मन्दिर पनि रहेको छ। २०१४ सालमा निर्मित यो मन्दिर १ विगाहा १२ कठ्ठा क्षेत्रमा पैmलिएको छ। शिवरात्री गढिको रूपमा अचल सम्पत्ती रहेको यस मन्दिर क्षेत्रमा प्रत्येक वर्ष शिवरात्रीको अवसरमा मेला लाग्ने गरेको पाइन्छ। यसवाहेक यस क्षेत्रमा अन्य स–साना मन्दिर र देवी देवतका मूर्ति र धामहरू समेत रहेको पाइन्छ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "पातालगंगा", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति