पिक्साबे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिक्साबे जिएमबिएच
साइटको प्रकार
तस्वीर भण्डारण, भण्डार श्रव्य दृश्य
उपलब्ध भाषाबहुभाषिक (२६)
मालिकहान्स ब्राक्समियर र साइमन स्टिनबर्गर
सर्जक
  • हान्स ब्राक्समियर,
  • साइमन स्टिनबर्गर
युआरएलpixabay.com
अलेक्सा क्रमवृद्धि २०३ (२०१९ सेप्टेम्बर १६)[१]
प्रयोगकर्ताहरू१ बिलियन+
चालु भएको मिति२४ नोभेम्बर २०१०; १३ वर्ष पहिले (२०१०-११-24)
वर्तमान स्थितिसक्रिय

पिक्साबे डटकम (जर्मनेली: Pixabay) तस्वीर, चित्रण, भेक्टर रेखाचित्र र चलचित्र दृश्य साझा गर्नको लागि सृजना गरिएको एक अन्तर्राष्ट्रिय, प्रतिलिपी अधिकार मुक्त तथा न:शुल्क वेबसाइट हो।[२] नोभेम्बर २०१७ सम्ममा, पिक्साबेले ११,८८,४५४ भन्दा बढि नि: शुल्क तस्वीर, चित्रण, भेक्टर र श्रव्य दृश्यहरूको प्रस्ताव गर्दछ।

मञ्चमा उपलब्ध सबै श्रव्य दृश्य तथा तस्वीर फाईलहरू विशेषताको आवश्यकता बिना र व्यावसायिक उद्देश्यको लागि पनि प्रयोग गर्न सकिन्छ।[३]

मे २०१९ मा, क्यान्भाले पिक्साबेसँगै पिक्सल्सको  पनि अधिग्रहण गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

यो उद्यमलाई नोभेम्बर २०१० मा हन्स ब्राक्समीयर र साइमन ष्टेनबर्गरले संयुक्त रूपमा जर्मनीको उल्ममा स्थापना गरेका थिए। मार्च २०१२ मा, पिक्साबेलाई पुनर्गठन गरिएको थियो जसले व्यक्तिगत तस्वीर सङ्ग्रहहरूबाट अन्तरक्रियात्मक अनलाइन समुदायमा परिवर्तन गर्दै २० भाषाहरूको समर्थन गरेको थियो। सोही वर्षको मेमा, एक सार्वजनिक अनुप्रयोग अन्तरमुखी कार्यक्रम (एपिआई)को सुरूवात गरिएको थियो जसले त्रि-पक्षीय प्रयोगकर्ता र वेबसाइट विकासकर्ताहरूलाई पिक्सबेको तस्वीर भण्डारबाट खोजी गर्न अनुमति दिएको थियो। हाल, उक्त एपिआईलाई जिमडोको गृहपृष्ठ सम्पादक भित्र फ्लिकरको युट्युब र विकिमिडिया कमन्सको साथ बनावटकर्ता समुदाय  साइकोपेण्टद्वारा प्रयोग गरिएको छ।[४] जुन २०१२ मा, पिक्सबेलाई क्रिएटिभ कमन्सको आधिकारिक सीसी खोजी साइटमा समावेश गरिएको थियो।[५][६][७][८][९][१०] नियमित आधारमा, पिक्सबेले अन्तर्राष्ट्रिय छापा र अनलाइन पत्रिकाहरूको ध्यान आकर्षित गरेको छ। सन् २०१४ मा, ६ वटा अतिरिक्त अन्तरमुखी भाषाहरू लागू गरियो जसमा थाई भियतनामी, ग्रीसेली, स्लोभाकी, बल्गेरियाली डेनमार्की लगायतका भाषाहरू समावेश छन् र सन् २०१५ मा, पिक्सबेले आधिकारिक रूपमा तस्वीरका साथसाथै चलचित्रको दृश्यहरूको प्रस्ताव दिन सुरु गरेको थियो। ९ जनवरी २०१९ मा पिक्सबेले आधिकारिक रूपमा आफ्नो अनुमति पत्र सिसिओबाट पिक्सबे अनुमति पत्रमा सरेको थियो जुन कुनै खुला स्रोत अनुमति पत्रसँग उपयुक्त छैन।

विवरण[सम्पादन गर्नुहोस्]

पिक्साबेमा, प्रयोगकर्ताहरूले र गुणस्तरीय तस्वीर तथा चलचित्रका दृश्यलाई उर्ध्वभरण र खोज्न सक्दछन्।  फाइलहरू उर्ध्वभरण गर्न र पूर्ण आकारका तस्वीरहरू डाउनलोड गर्न, नि: शुल्क पञ्जीकरणको आवश्यक पर्दछ। फाइलहरू उर्ध्वभरण गरेर, योगदानकर्ताहरूले उनीहरूको प्रतिलिपि अधिकार र तस्वीरसँग सम्बन्धित अधिकारहरू छोड्न सक्दछन्।[११]

चित्रित सामग्रीहरू व्यवसायीक चिन्ह, प्रचार वा गोपनीयता अधिकारद्वारा सुरक्षित हुन सक्छ।  उच्च गुणस्तरीय मानक सुनिश्चित गर्न र कानुनी मुद्दाहरूबाट जोगिन, सबै उर्धवभरण गरिएका तस्वीरहरू पिक्सबेका नियामक सदस्यहरूद्वारा जाँच गरिन्छ।

योगदानकर्ताहरूका लागि गुणस्तर[सम्पादन गर्नुहोस्]

तस्वीर योगदानकर्ताहरूले पिक्सबेको गुणस्तरलाई मान्नुपर्दछ। तस्वीर फाइलकन ढाँचाहरू जेपिइजी, पिएनजी, पिएस, पिएसडि, एल वा एसभिजीमा हुनु पर्दछ र फाइलको आकार ४० मेगाबाइट भन्दा बढि हुनुहुँदैन। यसबाहेक, सबै नयाँ पेश गरिएका तस्वीरहरू कम्तिमा एक ३००० पिएसको आकारको हुनु पर्दछ र उर्ध्वभरणकर्ताहरूले उर्ध्वभरण गरिएको तस्वीरमा स्पष्ट प्राविधिक त्रुटिहरू नभएको भनी केहि उपयोगीताहरू देखाउनु आवश्यक पर्दछ। [१२][१३]

श्रव्य दृश्यहरू एमपिइजी, एमओभी र एभिआई ढाँचामा उर्ध्वभरण गर्न सकिन्छ र फाइल आकार ३०० मेगाबाइट भन्दा बढी हुनुहुँदैन जसका लागि न्यूनतम १२८०×८०० पिक्सेल आवश्यक पर्दछ, र अति छोटा श्रव्य दृश्यहरू ६० सेकेण्ड भन्दा बढीको हुनुहुँदैन।[१४]

चित्रणकर्ताहरू[सम्पादन गर्नुहोस्]

जनवरी २०१६ मा, यसमा करीव, ३३,२०० सक्रिय तस्वीर सङ्ग्रहकर्ता थिए। सह-संस्थापक हन्स ब्राक्समीयर आफैले २०,००० भन्दा बढी तस्वीरहरू योगदान गरेका थिए जसलाई २० लाख पटक डाउनलोड गरिएको थियो। दोस्रो सबैभन्दा सक्रिय योगदानकर्ता जेराल्ट हुन्, जसले १०,००० तस्वीरहरू उर्ध्वभरण गरेका थिए जसलाई ४० लाख पचास हजार भन्दा बढी पटक डाउनलोड गरिएको थियो।[१५]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलिय वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ८५७ अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम १५७८ रहेको छ जसमा यसको उछाल दर ३७.४१% रहेको छ।[१६]

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २१४अौँ स्थानमा रहेको छ भने भारतमा यसको क्रम ८६ रहेको छ।[१७]

आगन्तुक तथा प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]

लगभग २७% पिक्साबे आगन्तुकहरूले अङ्ग्रेजी, २०% स्पेनी, ११% पोर्चुगाली, ७% जर्मनेली र ५% फ्रान्सेली भाषा बोल्छन्। प्रयोगकर्ताहरू मुख्यतया ब्लगर, रेखाचित्र बनावटकर्ता, लेखक, पत्रकार र विज्ञापनदाताहरू हुन्। [१८]

प्रविधि[सम्पादन गर्नुहोस्]

पिक्सबेको सामग्रीहरू पाइथनमा आधारित वेब खाका जाङ्गोमा लेखिएको छ जुन एनजिन्क्स सेवकको प्रोष्टग्रि एसक्युएफ डाटाबेस प्रणालीको रूपमा रहेको छ। आन्तरिक खोजी लुसेनमा आधारित इलाष्टिक खोज सेवकमा काम गर्दछ।[१९][२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पिक्साबे डटकम वेबसाइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१७-०९-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-११ मिति
  2. "पिक्साबे", पिक्साबे डटकम, अन्तिम पहुँच २०१८-१०-०१ 
  3. "पिक्साबेको गृह पृष्ठ", पिक्साबे डटकम, अन्तिम पहुँच २०१६-१०-०३ 
  4. "CC Search" 
  5. "Pixabay: More Than 40,000 Completely Free Photos And Illustrations", Noupe, २०१२-११-०५, अन्तिम पहुँच २०१४-०५-३० 
  6. "商用・非商用を問わず完全フリーで使えるハイクオリティな画像検索サイト「Pixabay」", Gigazine, अन्तिम पहुँच २०१४-०५-३० 
  7. "HVG - 65 ezer ingyenes, korlátozás nélkül letölthető fantasztikus kép", Hvg.hu, अन्तिम पहुँच २०१४-०५-३० 
  8. "Das sind die besten kostenlosen Fotodatenbanken", Welt.de, २०११-११-२३, अन्तिम पहुँच २०१४-०५-३० 
  9. Von Rainer Schuldt, 14.06.2012, 19:00 Uhr (२०१२-०६-२०), "Tolle Bilder zum Nulltarif", Computerbild.de, अन्तिम पहुँच २०१४-०५-३० 
  10. "Yahoo Nachrichten - 6 Datenbanken mit Gratis-Bildern", De.nachrichten.yahoo.com, २०११-०४-२०, अन्तिम पहुँच २०१४-०५-३० 
  11. "Public Domain Images - What is allowed and what is not?" 
  12. https://pixabay.com/blog/posts/image-quality-guidelines-22/
  13. "Autentificare" 
  14. "Video Quality Guidelines" 
  15. "Top 100 photographers" 
  16. "पिक्साबे डटकमको उछाल दर र सिमिलर वेब क्रम", सिमिलर वेब डटकम 
  17. "pixabay.com Site Overview"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१५ मिति
  18. "Alexa / Unpublished data based on Google Analytics", Alexa.com, अन्तिम पहुँच २०१४-०५-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१५ मिति
  19. "Pixabay powered by new server" (जर्मनेलीमा), Pixabay.com, अन्तिम पहुँच २०१४-०५-३० 
  20. "Pixabay.com Technology Profile", WebTechster, अन्तिम पहुँच २०१४-०३-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-३१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]