मेटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फेसबुक निगमबाट अनुप्रेषित)
मेटा निगम
पूर्व नाम
फेसबुक निगम (२००४–२०२१)
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
आइएसआइएनUS30303M1027 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योग
स्थापितफेब्रुअरी ४, २००४; २० वर्ष पहिले (२००४-०२-04) क्याम्ब्रिज, म्यासेचुसेट्स
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी (निषेधित राष्ट्रहरू बाहेक)
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्ववृद्धि अमेरिकी$५५.८३८ अर्ब (सन् २०१८)
परिचालन आय
वृद्धि अमेरिकी$२४.९१३ अर्ब (सन् २०१८)
वृद्धि अमेरिकी$२२.१११ अर्ब (सन् २०१८)
कुल सम्पत्तिवृद्धि अमेरिकी$९७.३३४ अर्ब (सन् २०१८)
कुल इक्विटीवृद्धि अमेरिकी$८४.१२७ अर्ब (सन् २०१८)
कर्मचारी सङ्ख्या
४३,०३०[१] (सेप्टेम्बर ३०, २०१९)
वेबसाइटएबाउट.फेसबुक.कम
पद टिप्पणी / स्रोतहरू
[२][३][४][५][६]

मेटा एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ। यो कम्पनीको स्थापना मार्क जुकरबर्गद्वारा हार्वर्ड कलेजमा अध्ययन गर्ने आफ्ना समकालीन साथीहरू एडुआर्डो स्याभरिन, एन्ड्रयु म्याककोलम, डस्टिन मोस्कोभिजक्रिस ह्युज्ससँग मिलेर मूल रूपले द फेसबुक डटकम- वर्तमान फेसबुक, लोकप्रिय विश्वव्यापी सामाजिक सञ्जाल वेबसाइटको रूपमा स्थापित गरेका थिए। यसलाई अमेजन, एप्पलगुगलसँगै ठूला पाँच प्राविधिक कम्पनीहरूमध्ये एकको रूपमा मान्ने गरिएको छ। फेसबुक संसारकै सबैभन्दा धनी कम्पनीहरूमध्ये एक हो। जनवरी २०१९ मा कम्पनीको बजार मूल्य ५८२ अर्ब अमेरिकी डलर पुगेको थियो।[७]

फेसबुकले अन्य उत्पादन र सेवाहरू समेत प्रदान गर्ने गर्दछ। फेसबुक निगमले इन्स्टाग्राम, ह्वाट्सएपओकुलसलाई अधिग्रहण गरेको छ भने यसले स्वतन्त्र रूपमा म्यासेञ्जर, दृश्यपोर्टलको निर्माण गरेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

फेसबुकले सन् २०१२ फेब्रुअरी १ मा प्रथम सार्वजनिक निष्कासन[८](आइपिओ) गर्ने आवेदन दायर गरेको थियो।[९] प्रारम्भिक वक्तव्यमा कम्पनीले ५० करोड अमेरिकी डलर सङ्कलन गर्ने प्रयास गरिरहेको जनाइएको थियो। ८४.५ करोड सक्रिय मासिक प्रयोगकर्ता र फेसबुक वेबसाइटमा २७ करोड दैनिक मन पराइइने र टिप्पणी हुने गरेको दस्तावेजमा उल्लेख गरिएको थियो।[१०] प्रथम सार्वजनिक निष्कासन पछि जुकरबर्गसँग फेसबुक निगममा २२% स्वामित्व भाग र ५७% मतदान सेयर रहनेछ।[११]

बिमालेखकहरूले फेसबुकको प्रतिकित्ता सेयर मूल्य ३८ अमेरिकी डलर तोकेको थियो तर कम्पनीले प्रतिकित्ता सेयरको मूल्य १०४ अमेरिकी डलर पाएको थियो जुन त्यससमयको कुनैपनि नयाँ सार्वजनिक कम्पनीको लागि सबैभन्दा बढी प्रतिकित्ता सेयर मूल्याङ्कन थियो।[१२] प्रथम सार्वजनिक निष्कासन भन्दा ठीक एक दिन अगावै २०१२ मे १६ को दिन बजारमा उच्च मागको कारण प्रारम्भमा नियोजित गरिएको भन्दा २५% धेरै सेयर बेच्ने फेसबुक निगमले घोषणा गरेको थियो।[१३] प्रथम सार्वजनिक निष्कासनबाट फेसबुक निगमले $१६० करोड उठाउन सफल भएको थियो जुन अमेरिकी इतिहासको तेस्रो ठुलो लगानी (एटिएन्डटी वायरलेसभन्दा थोरै अगाडि र जनरल मोटर्सभिजा कम्पनीभन्दा पछाडी) बन्न पुगेको थियो।[१४][१५] धितोपत्रको मूल्यले कम्पनीलाई अमेरिकी बजारमा केही ठूला कम्पनीहरू बाहेक अमेजन, म्याकडोनाल्ड्स, वाल्ट डिज्नीक्राफ्ट हाउस जस्ता दिग्गज कम्पनीहरूलाई पछाडी धकेल्दै उच्च बजार पुँजीकरण कायम गर्न सफल भएको थियो जसको फलस्वरूप जुकरबर्गको स्वामित्वमा रहेको सेयरको मूल्य $१९० करोड पुगेको थियो।[१४][१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://s21.q4cdn.com/399680738/files/doc_financials/2019/q3/FB-Q3-2019-Earnings-Release.pdf
  2. "Our History", फेसबुक, अन्तिम पहुँच नोभेम्बर ७, २०१८ 
  3. Shaban, Hamza (फेब्रुअरी २०, २०१९), "Digital advertising to surpass print and TV for the first time, report says", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच जुन २, २०१९ 
  4. "FB Income Statement", NASDAQ.com 
  5. "FB Balance Sheet", NASDAQ.com 
  6. "Stats", Facebook, जुन ३०, २०१९, अन्तिम पहुँच जुलाई २५, २०१९ 
  7. "Facebook Aktie", finanzen.net, अन्तिम पहुँच २०१८-०५-१० 
  8. Exchange, Nepal Stock, "Nepal Stock Exchange » धितोपत्र निष्कासन" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१७ मिति
  9. "Form S-1 Registration Statement Under The Securities Act of 1933", फेब्रुअरी १, २०१२, अन्तिम पहुँच मे १८, २०१२ 
  10. Erickson, Christine (फेब्रुअरी ३, २०१२), "Facebook IPO: The Complete Guide", Mashable business, अन्तिम पहुँच मार्च २३, २०१२ 
  11. Helft, Miguel; Hempel, Jessi (मार्च १९, २०१२), "Inside Facebook", Fortune 165 (4): १२२, मूलबाट मार्च ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ३, २०१२ 
  12. Andrew Tangel; Walter Hamilton (मे १७, २०१२), "Stakes are high on Facebook's first day of trading", The Los Angeles Times, मूलबाट मे १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १७, २०१२  वेब्याक मेसिन अभिलेखिकरण मे १८, २०१२ मिति
  13. "Facebook boosts number of shares on offer by 25%", BBC News, मे १६, २०१२, अन्तिम पहुँच मे १७, २०१२ 
  14. १४.० १४.१ Evelyn M. Rusli; Peter Eavis (मे १७, २०१२), "Facebook Raises $16 Billion in I.P.O.", The New York Times, अन्तिम पहुँच मे १७, २०१२ 
  15. १५.० १५.१ Bernard Condon (मे १७, २०१२), "Questions and answers on blockbuster Facebook IPO", U.S. News, Associated Press, अन्तिम पहुँच मे १७, २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]