बुएनोस आइरेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुयेनोस आइरेस सहर
Ciudad Autónoma de Buenos Aires (सिउदाद अतोनोमा दे बुयेनोस आइरेस)[१] [२][३][४] [५]
राजधानी सहर र स्वशासित सहर
माथिबाट, बायाँ देखि दायाँसम्म: व्यापारीक सहरको दृश्य, अर्जेन्टिनी काङ्ग्रेसको भवन, पुएन्ता दे ला मुयेर, काबिल्दो दे बुयेनोस आइरेस र कासा रोसादा, ला बोकामा पोर्तो मादेरो र कामिनितो गल्लीको दृश्य, ९ दे जुलिओको प्रतिच्छेदनमा बुयेनोस आइरेसको स्तम्भ र एभिनिदा कोरियेन्ते नाका र बुयेनोस आइरेसको प्रमुख गिर्जाघर
माथिबाट, बायाँ देखि दायाँसम्म: व्यापारीक सहरको दृश्य, अर्जेन्टिनी काङ्ग्रेसको भवन, पुएन्ता दे ला मुयेर, काबिल्दो दे बुयेनोस आइरेस र कासा रोसादा, ला बोकामा पोर्तो मादेरो र कामिनितो गल्लीको दृश्य, ९ दे जुलिओको प्रतिच्छेदनमा बुयेनोस आइरेसको स्तम्भ र एभिनिदा कोरियेन्ते नाका र बुयेनोस आइरेसको प्रमुख गिर्जाघर
बुयेनोस आइरेस सहरको झण्डा
बुयेनोस आइरेस सहरको प्रतीक चिह्न
उपनाम: 
La reina del Plata[६][७]
बुयेनोस आइरेस सहर is located in अर्जेन्टिना
बुयेनोस आइरेस सहर
बुयेनोस आइरेस सहर
अर्जेन्टिनामा बुएनोस आइरेसको अवस्थिति
निर्देशाङ्क: ३४°३६′१२″द॰ ५८°२२′५४″प॰ / ३४.६०३३३°S ५८.३८१६७°W / -34.60333; -58.38167निर्देशाङ्कहरू: ३४°३६′१२″द॰ ५८°२२′५४″प॰ / ३४.६०३३३°S ५८.३८१६७°W / -34.60333; -58.38167
देशअर्जेन्टिना
स्थापित२ फेब्रुअरी १५३६ (पेद्रो दे मेन्दोजाद्वारा)
११ जुन १५८० (जुआन दे गरे)
सरकार
 • प्रकारस्वशासित सहर
 • अङ्गसहरी व्यवस्थापिका
 • प्रमुखरोदरेजेग लारेता
 • Senatorsमार्तिन लुइसत्यु, मारिआनो रिकाल्दे, ग्वार्दालुपे तागरियाफेरी
क्षेत्रफल
 • राजधानी सहर र स्वशासित सहर१०३ किमी (४० वर्ग माइल)
 • जमीन२०२ किमी (७८.५ वर्ग माइल)
 • महानगर
४७५८ किमी (१८३७ वर्ग माइल)
उन्नतांश
२५ मिटर (८२ फिट)
जनसङ्ख्या
 (सन् २०१० को जनगणना)[८]
 • क्रमप्रथम
 • सहरी
२८९१०८२
 • महानगर
१५५९४४२८
वासिन्दाहरूporteño (पुरुष), porteña (महिला)
समय क्षेत्रयुटिसी−३ (अर्जेन्टिनामा समय)
क्षेत्रीय सङ्केत०११
मानव विकास सूचकाङ्क (सन् २०१६)०.८८५ अति उच्च (दोस्रो)[९]
वेबसाइटwww.buenosaires.gob.ar (स्पेनीमा)

बुयेनोस आइरेस (स्पेनी: Buenos Aires), दक्षिण अमेरिकी देश अर्जेन्टिनाको राजधानी तथा सबैभन्दा ठूलो सहर हो।[१०] यो सहर दक्षिण अमेरिका महादेशको पम्पा क्षेत्रमा, दक्षिण पूर्वी तटमा, रिओ दे ला प्लाता नदी मुहानको पश्चिमी किनारमा अवस्थित छ।[११][१२][१३] विशाल बुयेनोस आइरेस क्षेत्रले, धेरै बुयेनोस आइरेस प्रदेशका जिल्लाहरू पनि समावेश गर्दछ। यो दक्षिण र उत्तर अमेरिकाको चौथो धेरै जनसङ्ख्याको भएको महानगरीय क्षेत्र हो। यसमा लगभग १ करोड ५६ लाख मानिसहरूको बसोबास रहेको छ।[१४] यो महानगर एक स्वशासित सहर हो। यसको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायिक शक्ति रहेको छ।

बुयेनोस आइरेस सहर, बुयेनोस आइरेस प्रदेशको अंश र राजधानी दुबै होइन।[१५] यो एक स्वशासित जिल्ला हो। सन् १८८० दशक सम्मको राजनैतिक लडाई पछि, बुयेनोस आइरेसलाई सङ्घीय बनाइँदै बोयेनोस आइरेस प्रदेशबाट अलग गरिएको थियो। यसलाई बेल्ग्रानो र फ्लोरेस जस्ता सहरहरू समावेश गर्ने गरी सहरी सीमा विस्तार गरिएको थियो।[१६][१७] दुबै हाल सहरका छिमेकी सहरहरू हन्। सन् १९९४ को संवैधानिक संशोधनले सहरलाई स्वायत्तता प्रदान गरेको थियो। यसैले यसको औपचारिक नाम "सियुदाद आतोनोमा दे बुयेनोस आइरेस" भएको थियो।[१८][१९] यसका नागरिकहरूले पहिलो पटक सन् १९९६ मा सरकारको एक मुख्य (अर्थात् प्रमुख)लाई चयन गरेका थिए।[२०] यस अघि प्रमुखलाई गणतन्त्रका राष्ट्रपतिले सिधा नियुक्त गरेका थिए।[२१]

सन् २०१८ मा, बुयेनोस आइरेसको "जीवनको गुणस्तर" विश्वमा ९१औँ स्थानमा परेको थियो जुन दक्षिण अमेरिकी देशहरूको सर्वाधिक उच्च मध्येको एक हो।[२२][२३] सन् २०१२ मा, यो दक्षिण अमेरिकाको सर्वाधिक भ्रमण गरिएको सहर थियो र यो लातिन अमेरिकामा मेखिको सहर पछिको सर्वाधिक धेरै भ्रमण गरिएको सहर पनि हो। [२४]

सहर यसको संरक्षित युरोपेली वास्तुकला तथा समृद्ध सांस्कृतिक जीवनको लागि परिचित छ।[२५][२६] बुयेनोस आइरेस एक महानगरीय सहर तथा एक महत्त्वपूर्ण पर्यटन गन्तव्य हो। यसका जटिल संरचनाले यसलाई अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण महानगर बनाएको छ र यो विश्वव्यापी रूपमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा पनि परिचित छ।[२७] यसले वाणिज्य, वित्त, फेसन, कला, शिक्षा, मनोरन्जन लगायतका क्षेत्रहरूमा मुख्यतया यसको प्रभावलाई देखाउँदछ।[८] सहरले सन् १९५१ मा पहिलो पान अमेरिकी खेलको आयोजना गरेको थियो र साथै यसले यसका रङ्गशालामा सन् १९७८ फिफा विश्वकपका दुईवटा खेलहरूको आयोजना गरेको थियो। यसले सन् २०१८ मा, ग्रीष्मकालिन युवा ओलम्पिक र सन् २०१८ मै जि२० शिखर सम्मेलनको आयोजन गरेको थियो।[२८]

बुयेनोस आइरेस एक बहुसांस्कृतिक सहर हो वा यो बहु जातीय र धार्मिक समूहहरूको धरोहर पनि हो।[२९][३०] सहरमा स्पेनी बाहेक थुप्रै भाषाहरू बोलिन्छ जसले यसको संस्कृति, सहर र देशको अन्य केही भाषाहरूमा योगदान गर्दछ।[३१] विगतका १५१ वर्षहरू यो सामान्य रूपमा देश विदेशका लाखौँ आप्रवासीहरूको प्रमुख प्रापक बनेको छ।[३२]

भूगोल[सम्पादन गर्नुहोस्]

बुयेनोस आइरेसको नक्सा
विशाल बुयेनोस आइरेसको उपग्रहबाट लिइएको तस्वीर

अवस्थिति[सम्पादन गर्नुहोस्]

बुयेनोस आइरेस सहर दक्षिण अमेरिकी दृश अर्जेन्टिनामा अवस्थित छ। यो ३४° ३६' दक्षिण अक्षांश र ५८° २६' पश्चिम अक्षांशमा, रिओ दे ला प्लाताको किनारमा अवस्थित छ। यसको किनारमा कोलोनिया देल साक्रेमान्तो र यसै पछाडि उरुवाईको राजधानी मोन्तेभिदिओ २२० किलोमिटर टाढा रहेको छ, जहाँ विमानबाट २५ मिनेट वा डुङ्गाबाट २ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ।[३३] १०६५ किलोमिटरमा (विमानबाट डेढ घण्टा) पारावाईको राजधानी अवस्थित छ भने यसबाट १७१९ किलोमिटरमा (विमानबाट २ घण्टा) चिलेको राजधानी सान्तियागो अवस्थित छ। यसबाट १७१९ किलोमिटर टाढा ब्राजिउको प्रमुख सहर साओ पाउलो अवस्थित छ।[३४]

सिमाना[सम्पादन गर्नुहोस्]

रिओ दे ला प्लाताको उपग्रहबाट लिइएको तस्वीर

रिओ दे ला प्लाता (पूर्व र उत्तरमा) र मातान्जा-रियाचुएलो नदी (दक्षिणमा) बुयेनोस आइरेसक सहरको प्राकृतिक सीमाना हो।[३५] यसको बाँकी परिधि देशको एक २४ किलोमिटर लम्बाई भएको राजमार्गद्वारा घेरिएको छ जसले सहरलाई उत्तरदेखि पश्चिमसम्म घेर्दछ र यो दक्षिणमा मातान्जा-रियाचुएलो नदीको किनारमा अन्त्य हुन्छ।[३६] यसको पूर्वी सीमामा नदीहरू अवस्थित छन्। रिओ दे लन प्लाटा विश्वको सबैभन्दा चौडा नदी हो। बुयेनोस आइरेस सहर पाम्पा क्षेत्रमा अवस्थित छ। [३७]यसको पूर्वी सीमा ला प्लाताको नदी बाहेक, सहरका अन्य सबै सङ्केत गरिएका सीमाहरूले यसको क्षेत्राधिकार बुयेनोस आइरेसको प्रदेशसँग मिल्दछ।[३८][३९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. La fama que perdió la Reina del Plata artículo en La Nación(22/02/1998). Consultado el 27 de diciembre de 2018
  2. El parnaso argentino: antología de poetas del Plata desde los tiempos coloniales hasta nuestros días Editor Maucci Hermanos, 1845 página 28
  3. Ciudad de Buenos Aires, sitio oficial del gobierno de la CABA. Consultado el 27 de diciembre de 2018
  4. 20 ciudades con apodos increíbles (I) en Destino Infinito. Consultado el 27 de diciembre de 2018
  5. 5 cosas que tienes que ver en Buenos Aires en el sitio Cooperating Volunteers. Consultado 27/
  6. कोरोसालिनि, क्लाउदिओ (४ फेब्रुअरी २०१७)। "En la 'Reina del Plata', sólo el 3% de las calles tiene nombre de mujer"परफिल (स्पेनी भाषा)। सङ्ग्रह मिति १५ नोभेम्बर १०१७ 
  7. अर्जेन्टिना: एक छोटो इतिहास कोलिन एम लुइ, वनवर्ल्ड प्रकाशन, अक्सफोर्ड, सन् २००२ आइएसबिएन १-८५१६८-३००-३
  8. ८.० ८.१ "Censo 2010. Resultados provisionales: cuadros y grá" (स्पेनी भाषा)। सङ्ग्रह मिति १५ फेब्रुअरी २०११ 
  9. "Información para el desarrollo sostenible: Argentina y la Agenda 2030" (PDF) (स्पेनी भाषा)। संयुक्त राष्ट्र विकास कार्यक्रम। सङ्ग्रह मिति २५ अगस्ट २०१७ 
  10. "Jurisdicción de primer orden" en Argentina
  11. Constitución Nacional Argentina
  12. "Elecciones 2017 - Capital Federal: mirá los resultados de las PASO en tu distrito"La Nación। १४ अगस्ट २०१७। 
  13. "Código Nacional Electoral"Infoleg 
  14. CONSTITUCIÓN DE LA CIUDAD DE BUENOS AIRES. वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०८ मिति
  15. Constitución Argentina actual.
  16. "Población total y variación intercensal absoluta y relativa por comuna. Años 2001-2010" (PDF)। INDEC। सङ्ग्रह मिति ३ मे २०१२ 
  17. INDEC। "Provincia de Buenos Aires, 24 partidos del Gran Buenos Aires. Población total por sexo e índice de masculinidad, según edad en años simples y grupos quinquenales de edad. Año 2010" (PDF)। सङ्ग्रह मिति ३ मे २०१२  Para el cálculo de la población del gran Buenos Aires se sumaron la población de la ciudad y la de los 24 partidos.
  18. "Para el cálculo de la población del gran Buenos Aires" 
  19. Ciudad de México, Buenos-Aires y San Pablo los destinos turísticos favoritos वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१५ मिति
  20. Niebieskikwiat, Natasha। "Argentina fue elegida sede del G-20 para 2018"clarin.com। सङ्ग्रह मिति १९ जुन २०१६ 
  21. "The World According to GaWC 2010" (स्पेनी भाषा)। सङ्ग्रह मिति १५ अप्रिल २०१२ 
  22. "Página en www.infobae.com" 
  23. "Página en infogourmet.infonews.com" 
  24. "Western European Cities Top Quality Of Living Ranking - Mercer" (अङ्ग्रेजी भाषा)। 
  25. "Indicadores de TRABAJO Y DESARROLLO ECONÓMICO" 
  26. ukmediacentre.pwc.com, सम्पादक (१ नोभेम्बर २००९)। "Ciudades más ricas del mundo en 2008" 
  27. "¿Son realmente los argentinos de Buenos Aires los parisinos de Sudamérica?" 
  28. Ruiz Moreno, Isidro (१९८६)। "La federalización de Buenos Aires: debates y documentos"। Buenos Aires: Buenos Aires: Hyspamerica। 
  29. "Viena encabeza el 20º ranking de Calidad de Vida de Mercer"। मेसेर। सङ्ग्रह मिति १५ अप्रिल २०१८ 
  30. "Calidad de vida 2018 Clasificaciones de la ciudad"। मेसेर। सङ्ग्रह मिति १५ अप्रिल २०१८ 
  31. "Introducción a la arquitectura en Buenos Aires"। Lonely Planet। १४ जुन २०११। सङ्ग्रह मिति १८ जनवरी २०१५ 
  32. "Historia y cultura de Buenos Aires"। Adventure Life। सङ्ग्रह मिति २८ मे २०१२ 
  33. Distancias. Sitio de turismo de la ciudad de Buenos Aires. Consultado el 11 de junio de 2011.
  34. "Ciudad de Buenos Aires"। Dirección General Centro Documental de Información y Archivo Legislativo। सङ्ग्रह मिति १९ डिसेम्बर २०१८ 
  35. "Ubicación"। सङ्ग्रह मिति ११ डिसेम्बर २०१० 
  36. Mapa Oficial de la Ciudad Autónoma de Buenos Aires वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
  37. "Servicios y trámites"। Gobierno de la Ciudad de Buenos Aires। सङ्ग्रह मिति २९ नोभेम्बर २०११ 
  38. ANEXO de la LEY Nº 1.777 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१५ मिति
  39. Catastro oficial de la Ciudad de Buenos Aires

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

३४°३६′१२″द॰ ५८°२२′५४″प॰ / ३४.६०३३३°S ५८.३८१६७°W / -34.60333; -58.38167