भुक्लिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुक्लिप
व्यवसायको प्रकारनिजी
संस्थापितजुलाई २००८
मुख्यालयहरू
क्यालिफोर्निया
,
संयुक्त राज्य
स्थानहरूको सङ्ख्याअमेरिका, सिङ्गापुर, क्वालालम्पुर, मुम्बई, दिल्ली, पुणे, दुबई, जाकार्ता
सेवा क्षेत्रएसिया
मालिकपिसिसिडब्ल्यु
उद्योगमनोरञ्जन
कर्मचारीहरू५००+
युआरएलvuclip.com

भुक्लिप उदाउँदो बजारहरूका लागि माग भएका श्रव्य दृश्यहरू आपूर्तिका लागि सृजना गरिएको एक मोबाइल श्रव्य दृश्य साझेदारी मञ्च हो। भारत, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, मिश्र र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा गरी यसमा लगभग ७० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। दक्षिण एसियाली र अफ्रिकी बजारहरूमा सेवा सञ्चालन गर्नका लागि योजनाहरू अघि सारेको छ। भुक्लिपमा हाल ५०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। [१]

भुक्लिपले १० लाख भन्दा बढी शीर्षकहरूका साथ सामग्रीहरू प्रस्तुत गरेको छ जसमा बलिउड र हलिउड चलचित्र, दूरदर्शन कार्यक्रम, खेलकुद, समाचार र साङ्गीतिक श्रव्य दृश्य आदि समावेश छन्। यसका उक्त सामग्रीहरू विभिन्न २५ वटा भाषाहरूमा उपलब्ध छन् जसमा, हिन्दी, तमिल, तेलुगु, इन्डोनेसियाली, बहासा, थाई, अरबी लगायतका अन्य भाषाहरू पनि समावेश छ।[१] सन् २००८ मा सुरुवात भएको एक वर्ष पश्चात् कम्पनीले १० लाख मासिक सक्रिय प्रयोगकर्तालाई आकर्षक गर्न सफल भएको थियो।

भुक्लिपका प्रमुख कार्यालयहरू क्यालिफोर्निया, दुबई, क्वालालम्पुर, मुम्बई, दिल्ली, जाकार्ता, बेङ्कक र सिङ्गापुरमा रहेका छन्। यसका सामग्रीहरू यसको आधिकारिक वेबसाइट र एन्ड्रोइड अनुप्रयोग मार्फत उपलब्ध छन्।[२]

भुक्लिप दूरसञ्चार कम्पनीहरूसँगको साझेदारीमा सामूहिक बजार उत्पादनको साथ प्रत्यक्ष प्रसारणको रूपमा अघि सरेको छ। कम्पनीले सिङ्गापुरमा पहिलो कार्यालय पनि स्थापना गरेको थियो। सन् २०१९ मा म्यानमारमा सफल प्रक्षेपणको गरेको थियो। कम्पनीले हाल ५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको छ।[३]

अवलोकन[सम्पादन गर्नुहोस्]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

गुगल जस्तै, भुक्लिपले वेबमा श्रव्य दृश्य अनुक्रमणिकाको सुरु गरेको थियो। त्यसपछि उपभोक्ताहरूले भुक्लिपलाई फेला पारेका थिए र यसका श्रव्य दृश्यहरू सन्देशहरू मार्फत आफ्ना साथीहरूलाई पठाउन सुरू गरेका थिए। प्रारम्भिक प्रयोगकर्ताहरूले श्रव्य दृश्य हेर्न र साझेदारी गर्न सुरु गरेका थिए जसले चर्चित प्रसारको लागि अग्रसर गराएको थियो।

भारतमा भोडाफोनभारती एयरटेल जस्ता दूरसञ्चार कम्पनीहरूले उनीहरूको सामग्रीमा भुक्लिप खोज्दै, यसलाई बढावा दिन थालेका थिए जसले गर्दा डाटाको अधिक खपत भएको थियो। मोबाइल निर्माताहरूले उपभोक्ताहरूलाई अझ बढी आकर्षक बनाउनका लागि तिनीहरूका उपकरणहरूमा भुक्लिपलाई पुनर्निधारित गर्न थालेका थिए।

संस्थापक र लगानीकर्ताहरू[सम्पादन गर्नुहोस्]

जुलाई २००८ मा निकहिल जकातदार (भुक्लिपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत) र सिन्हुइ निउद्वारा भ्लिपलाई मिलपिटसमा आधारित मोबाइल श्रव्य दृश्य खोज कम्पनीको रूपमा स्थापना गरिएको थियो।

कम्पनीले कोष सङ्कलनको चौथो चरणमा १ करोड ३० लाख अमेरिकी डलर जम्मा गरेको थियो, जसमा उक्त कोष सङ्कलन सिङ्गटेलको इनोभ८ को नेतृत्वमा रहेको छ जसको उद्देश नयाँ भूगोलमा अझ विस्तार गर्न र यसको मञ्चमा नयापन ल्याउनु थियो। सन् २००८ मा स्थापना भएदेखि भुक्लिपले अमेरिकी उद्यम पूँजी कम्पनीहरू जस्तै न्यू इन्टरप्राइज एसोसिएट्स र जाफको भेञ्चर्स र सिङ्गापुरको सिङ्गटेल इनोभ८ लगायतका सङ्गठनहरूबाट ४ करोड अमेरिकी डलर भन्दा बढी लगानी आकर्षित गर्न सफल भएको थियो।

मार्च २०१५ मा, हङकङको सञ्चार र मनोरञ्जन समूह, पिसिसिडब्ल्यू मिडियाले एसिया प्रशान्त क्षेत्रमा विशेष श्रव्य दृश्य सेवाहरूको सञ्चालनलाई द्रुत बनाउनका लागि कम्पनीको स्वामित्व प्राप्त गरेको थियो।

व्यापार विकास[सम्पादन गर्नुहोस्]

भुक्लिपले फेब्रुअरी २०१५ मा भारतको पुणेमा एक अनुसन्धान र विकास केन्द्र खोलेको थियो। यो भारतमा भुक्लिपको पहिलो अनुसन्धान र विकास केन्द्र थियो। सिलिकन उपत्यका र बेइजिङमा यसले अन्य दुई विकास केन्द्र पहिलेनै खोलेको थियो। पुणेको १५,००० वर्ग फिट केन्द्रले २०० भन्दा बढी निर्माणकर्ताहरूबाट ८,५०० विभिन्न मोबाइल उपकरणहरू समर्थन गर्ने एक मोबाइल प्रयोगशाला समावेश गर्दछ।

उत्पादनहरू[सम्पादन गर्नुहोस्]

भुक्लिपका अनुप्रयोगहरू एन्ड्रोइड, जाभा र विण्डोजमा उपलब्ध छन् भने यसका सामग्रीहरू यसको आधिकारिक वेबसाइट भुक्लिप डटकम मार्फच पनि पहुँच योग्य छ। मोबाइल साइटले कुनै पनि सञ्जालमा र उपकरणहरूमा कत्ति पनि समय नलिगि श्रव्य दृश्यहरू प्रदान गर्दछ। ब्राउजरमा आधारित दृष्टिकोण उदीयमान बजारमा उपभोक्ताहरूको पहुँचलाई सुनिश्चित गर्दछ जहाँ स्मार्ट फोनको प्रवेश दर सीमित गरिएको छ।

भुक्लिपको लागि विश्वव्यापी मोबाइल श्रव्य दृश्य अन्तरदृष्टिहरू[सम्पादन गर्नुहोस्]

भारत, मध्य पूर्व, दक्षिण पूर्वी एसिया र अफ्रिकाको उदीयमान बजारमा फैलिएका ८,५०० भन्दा बढी प्रयोगकर्ताहरूमा गरिएको सर्वेक्षणले मोबाइल श्रव्य दृश्य उपभोक्ताहरूले उनीहरूको मातृभाषामा सामग्री अवलोकन गर्न र पथ प्रदर्शन बढेको देखाएको थियो।

यद्यपि चलचित्र र दूरदर्शन कार्यक्रमहरूले भुक्लिपको मञ्चमा खपत हुने अन्तर्राष्ट्रिय सामग्रीहरूको ८० प्रतिशत भाग ओगटेका छन् भने भारतमा ७८ प्रतिशतको साथ भुक्लिपका दर्शकहरूले आफ्नो मातृभाषामा सामग्री हेर्नका लागि प्राथमिकता देखाएका थिए।

थाइल्याण्डमा ८८% र इन्डोनेसिया ८७% ले स्थानीयकृत मोबाइल श्रव्य दृश्य सामग्रीको उच्चतम प्रतिशतको दर्ता गरेको थियो, जबकि मलेसियामा ६४% को साथ सर्वेक्षण गरिएको बजारहरूमध्ये सबैभन्दा कम दर्ता भएको थियो। मातृभाषामा पथ प्रदर्शनलाई इन्डोनेसिया (८९%), मिश्र (८७%) र थाइल्याण्ड (८६%) जस्ता देशहरूमा महत्त्वपूर्ण मानिन्छ।

अधिग्रहणहरू[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१३ मा, भुक्लिपले यसको पहिलो अधिग्रहण मोबाइल श्रव्य दृश्य कम्पनी जिग्सीलाई गरेको थियो जसको उद्देश भारतमा यसको आफ्नै भुक्तान सामग्री सूची र अनुप्रयोगको क्षमता विस्तार गर्नु थियो[४] जुन चाहीँ भुक्लिपको सबैभन्दा ठूलो बजार मानिएको छ।[५]

पुरस्कार तथा मान्यताहरू[सम्पादन गर्नुहोस्]

१) सन् २०१३ को उत्कृष्ट नयाँ मोबाइल अनुप्रयोगका लागि मोबि पुरस्कार

२) स्मार्टिज इण्डिया अवार्ड

३) भारतको अङ्कीय पारस्परिक प्रणाली पुरस्कार

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ९३३६ अौँ स्थानमा रहेको छ भने थाइल्याण्डमा यसको क्रम २१७ रहेको छ जसमा यसको उछाल दर ४३.०१% रहेको छ।

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ९अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ४ रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "PCCW embarks on strategic expansion of OTT video business", कासबा, मूलबाट २०१५-०३-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-११  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१६ मिति
  2. "MBC and Vuclip Expand Strategic Partnership to Bring Exclusive Premium Content on Mobile for Audiences Across the Middle East", अन्तिम पहुँच २०१५-०४-२२ 
  3. "Vuclip releases Android app update", इटि टेलिकम, अन्तिम पहुँच २०१४-०३-१९ 
  4. लुण्डेन, इनग्रिड, "Mobile Video Startup Vuclip Buys Jigsee To Target Emerging Markets With Apps - TechCrunch" 
  5. "Vuclip Wins Mobbys Awards 2013 For Innovation In The Mobile Industry", मूलबाट २०१४-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-११-१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट