मनामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनामा
المنامة
मनामा क्षितिज
मनामा क्षितिज
देशबहराइन
प्रशासनिक क्षेत्रराजधानी
सरकार
 • शासकहिशाम बिन अब्दुलरहमान बिन मोहम्मद अल खलीफा
क्षेत्रफल
 • नगर३० किमी (१० वर्ग माइल)
जनसङ्ख्या
 • लगत 
(२०१०)
१५७,४७४
 • सहरी
 (२०१५)[१]
४११,०००
 • क्यापिटल गभर्नर (२०१०)
३२९,५१०
समय क्षेत्रयुटिसी+३ (बहराइन)
वेबसाइटआधिकारिक वेबसाइट

मनामा (अरबी: المنامة Al Manāma IPA: [ˈmanaːma]) बहराइनको राजधानी र सबैभन्दा ठूलो शहर हो, जसको जनसङ्ख्या १,५७,००० छ । लामो पर्सियन खाडीको महत्त्वपूर्ण व्यापारिक केन्द्र, मनामा, धेरै विविध जनसङ्ख्याको घर हो । सउदी अरबओमानको सत्तारूढ राजवंशलाई पोर्चुगलपर्सिया नियन्त्रण र आक्रमणको अवधि पछि, बहराइन ले १९ औँ शताब्दीको ब्रिटिश आजादी संगसंगै आफुलाई एक स्वतन्त्र राष्ट्रको रूपमा स्थापित गर्यो ।

यद्यपि मनामा र मुहर्राक दुबै जोडी शहरहरू १८०० मा एकैचोटि स्थापना भएको देखिन्छ ।[२] मुहर्राक, यसको रक्षात्मक स्थानको कारणले ठूलो प्रभाव पारेको थियो त्यसैले १९२१ सम्म बहराइनको राजधानी थियो । मनामा व्यापारीक राजधानी र बहराइन द्वीपको (आइल्याण्ड) मुख्य प्रवेश द्वार बन्यो ।[३] २० औँ शताब्दीमा, बहराइनका तेलको खपतले छिटो विकास भयो र १९९० को दशकमा एक समृद्ध विविधीकरणले अन्य उद्योगहरूमा विस्तार गर्न थाल्यो र मध्यपूर्वमा मनामालाई महत्त्वपूर्ण वित्तीय केन्द्रमा परिवर्तन गर्न मद्दत गर्यो । मनामालाई अरब संस्कृति द्वारा अरब संस्कृतिको वर्ष २०१२ को सम्मानले सम्मानित गरियो ।[४][५]

नामाकरण[सम्पादन गर्नुहोस्]

मनामा नाम अरबी शब्द المنامة (अनुवादित:al-manãma)बाट व्युत्पन्न गरिएको हो जसको अर्थ "विश्राम स्थाल" वा "सपनाहरूको स्थान" हुन्छ ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

बहराइनको उत्तरी समुद्री तटमा कास्य युगमा भेटिने मानव बस्तीको प्रमाण छ । दिलमुन सभ्यता ईसा पूर्व ३,००० को समयमा बसे, मेसोपोटामिया, मगनसिन्धुघाँटीको सभ्यता बीच एक महत्त्वपूर्ण क्षेत्रीय व्यापारको रूपमा सेवा गर्दै आएको छ ।[७][८]

सरकार[सम्पादन गर्नुहोस्]

ऐतिहासिक रूपमा, मनामालाई अहिले मनामा सूक र मनामा फोर्ट (अहिले गृहमन्त्रालय) को रूपमा चिनिन्छ, जुन दक्षिणपट्टि मात्र सीमित छ । यद्यपि यो शहर अहिलेको नयाँ उपनगरीय विकासका साथै पुराना छिमेकी गाँउहरूलाई शामिल गरी शहरी विकास भएको छ । आज मनामाका इलाकाहरू यस प्रकार तल समावेश छन्:

मनामा बहराइनको पाँच राज्यपालहरू मध्येको एक, राजधानी राज्यपालको भाग हो । २००२ सम्म यो अल-मनामाको नगरपालिकाको अंश थियो । परिषदहरू राज्यपालहरूमा अवस्थित छन् । २००६ मा आठ निर्वाचन क्षेत्रहरूमा क्यापिटल गवर्नेट भित्र मतदान गरिएको थियो ।[९]

अर्थव्यवस्था[सम्पादन गर्नुहोस्]

मनामा बहराइन अर्थव्यवस्थाको केन्द्र बिन्दु हो । जबकि हालका वर्षहरूमा पेट्रोलियम कमजोर हुँदै गएको छ र अन्य उद्योगहरूको वृद्धि को कारण, यो अझै पनि अर्थव्यवस्था को मुख्य आधार हो ।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विश्वव्यापीकरणको सम्भावना, संशोधन २०१४]", १९ नोभेम्बर २०१७, अन्तिम पहुँच १९ नोभेम्बर २०१७ 
  2. Ben Hamouche 2008, पृष्ठ 185.
  3. Ben Hamouche 2008, पृष्ठ 186.
  4. Manama Capital of Arab Culture 2012
  5. Ministry of Culture: Manama as the Bahraini Capital of Arab Culture वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-११ मिति
  6. Room 1997, पृष्ठ 223.
  7. Al-Nabi 2012, पृष्ठ 17.
  8. Dumper & Stanley 2007, पृष्ठ 243.
  9. "बहराइन न्यूज एजेन्सी –निर्वाचन, २००६", २८ अगस्ट २००६, अन्तिम पहुँच १९ नोभेम्बर २०१७ 
  10. CIA World Factbook – Bahrain (retrieved 2 December 2006) वेब्याक मेसिन अभिलेखिकरण २९ डिसेम्बर २०१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]